Author: मिलापत्र

बुटवल ८ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’को घरदैलो शुक्रवार पनि तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा जारी रहेको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले तिलोत्तमाको वडा नं ५ का प्रेमनगर, टिकानगर, शान्ति मा वि चोक , नयाँमिल लगायतका क्षेत्रमा मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन । उनीहरुले झण्डा, माईक,व्यानर र प्रतिवद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर स्थानीय मतदातासंग भोट मागेका हुन् । मतदातासंगको भेटघाटमा उम्मेदवार पाण्डेले जनताको पक्षमा काम गर्न नसक्नेले निर्वाचनका बेलामा अनेक लोभलालच देखाँउदै घरदैलोमा आउने गरेकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले आफ्नो अमूल्य भोटले पाँच वर्षको लागि…

Read More

रुपन्देही, ८ फागुन । नेपाल मगर संघ तिलोत्तमा नगरपालिका वडा नं. १ ले विविध कार्यक्रम गरी ४४ औं स्थापना दिवस मनाएको छ । शुभकामना आदान–प्रदान तथा विविध अतिरिक्त कार्यक्रम गरी संघले शुक्रबार स्थापना दिवस मनाएको हो । नेपाल मगर संघ वडा इकाई समिति वडा नंं १ तिलोत्तमाको आयोजनामा तिलोत्तको १ चपरहट्टीमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न विधाका प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रममा कुर्ची रेस, घोडा रेस, श्रीमती बोकेर दौड्ने रेस लगायतका कार्यक्रम गरिएको थियो । यी खेलमा दर्शकहरुको उत्साहजनक सहभागिता थियो । यी खेलमा उत्कृष्ट हुने सहभागीलाई नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको  नेपाल मगर युवा संघ तिलोत्तमाका अध्यक्ष प्रेम जीएले…

Read More

रुपन्देही , फागुन ७  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर १ को युवा भेला बिहीबार सम्पन्न भएको छ । बिहीबार तिलोत्तमा करैया वन समितिको सभाहलमा रास्वपा महामन्त्री एवंम रुपन्देही १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनील लम्सालको प्रमुख आतिथ्यता आयोजना गरिएको भेलामा ५ सय १७ जना युवा सहभागी भएका थिए । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर भेलाको आयोजना गरिएको र्याट संयोजक रोहित वाग्लेले बताउनुभयो । भेलामा रुपन्देही १ का तिलोत्तमा, देवदह, रोहिणी र ओमसतियाका युवाको सहभागीता थियो । महामन्त्री एवंम उम्मेदवार लम्सालले युवाहरु भविष्यको कर्णधारमात्र नभएर वर्तमानका साझेदार रहेको उल्लेख गर्दै अब परिवर्तनको पक्षमा…

Read More

बुटवल, ७ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग भेटघाट एवं घरदैलो गर्नुभएकाे छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट माग्नुभएकाे छ । त्यस क्रममा मतदाताले उहालाई उत्साहित भएर निर्वाचनमा लाग्न आग्रह गरेका छन । उम्मेदवारसहित नेता कार्यकर्ताहरु झण्डा व्यानर बोकेर गीत संगीत गुञ्ज्याउँदै टोल टोलमा पुग्दा मतदाताले चासोपूर्वक विश्वदीपको उम्मेदवारीबारे जिज्ञासा राखेका थिए । मतदातासंगको भेटमा उम्मेदवार पाण्डेले कुनै शंशय र धक नमानी आफूलाई मतदान गर्न आग्रह गर्दै जेनजीको भावना र पाको पुस्ताको अनुभव र सुझावलाई ग्रहण गरेर रुपन्देहीको…

Read More

रुपन्देही, ७ फागुन । बुटवलका बुद्धिजीवी नागरिक अगुवाहरुले जनताले निर्धक्क भएर मत हाल्ने गरी चुनावी वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । विहीबार बुटवल जीतगढीमा राष्ट्रिय स्वाधिनताको लागि नागरिक मंचले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आसन्न निर्वाचनलाई जनताले उत्सवको रुपमा लिन सक्नुपर्ने उल्लेख गरे । आसन्न निर्वाचन र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्नै नागरिक मंचका अध्यक्ष पदमबहादुर कार्कीले निर्वाचनलाई उत्सवको रुपमा लिनुपर्ने भएपनि अझै त्यस्तो अवस्था नबनेको दाबी गर्नुभयो । निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन हुनेमा अझै शंका रहेको भन्दै सरकार र सरोकारवाला निकायले उपयुक्त वातावरण मिलाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा रुपन्देही क्षेत्र नं.…

Read More

रुपन्देही, ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा आउँदो शनिबार वृहत सभा गर्ने भएको छ । ‘परिवर्तन उद्घोष सभा’ नाम दिएर रास्वपाले वृहत सभा गर्न लागेको हो । कार्यक्रमबारे जानकारी दिन विहीबार रुपन्देहीको मणिग्राममा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा रास्वपाका केन्द्रीय सदस्य तथा निर्वाचन परिचलान समितिका सदस्य सन्तोष गिरीले शनिबार भैरहवामा साविकको लुम्बिनी अञ्चलका छ जिल्ला र दाङको राप्ती उपत्यकाका जनता उतारेर सभा गर्ने जानकारी दिनुभयो । भैरहवाको उद्घोष सभामा एक लाख जतना उतारेर कार्यक्रम गर्न लागिएको गिरीले बताउनुभयो । भैरहवाको कार्यक्रममा पार्टी सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह…

Read More

(प्रोफाइल) भुवन कार्की बुटवल, ७ फागुन । आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदकालागि रुपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार हुनुहुँन्छ सुनील लम्साल । स्याङ्जाको विरुवामा वि.सं. २०४७ सालमा जन्मनुभएका लम्साल हाल रुपन्देहीको भलवारी निवासी हुनुहुन्छ । पार्टीको महामन्त्री  समेत रहनुभका लम्सााल ईन्जिनीयर पनि हुनुहुन्छ । लुम्बिनी ईन्जिनियरिङ कलेज तिलोत्तमामा स्ववियु सभापति समेत बन्नुभएका लम्सालले सिभिल इन्जिनियरिङ (स्नातक), स्ट्रक्चरल इन्जिनियरिङ (स्नातकोत्तर) तहसम्मको अध्ययन गर्नुभएको छ । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पूर्वाधार सल्लाहकार समेत रहेर काम गर्नुभएका ३५ बर्षीय सुनीलले रुपन्देही क्षेत्र नं. १ मा चुनावी गतिविधिहरु संचालन गरिरहनुभएको छ ।…

Read More

बुटवल, ६ फागुन । प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले सुशासन कायम राख्ने र भ्रष्टाचार निवारण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । बुधबार बुटवलमा घरदैलो अभियानको क्रममा उहाँले जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । घरदैलो अभियानका क्रममा वालकदेखि वृद्ध मतदाताको हौसला मिलेको पनि उहाँले बताउनुभयो । बुधबार मतदातासँग प्रत्यक्ष संवाद गर्दै पाण्डेले भन्नुभयोे, ‘वर्षौंदेखि रोकिएका विकास र नीतिगत मुद्दाहरुको समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं, तपाईहरुको साथ र सहयोगले हाम्रो चाहना पुरा हुुनेछ ।’…

Read More

भुवन कार्की पाल्पाको पश्चिम क्षेत्र, खासगरी बल्ढेङगढी, सत्यवती र जुठा किन विकासमा पछि परे ? आसन्न निर्वाचन २०८२ का गतिविधि बढिरहँदा एकपटक आफ्नो जन्म गाउँठाउँको बारेमा बिचारमग्न हुन मन लाग्यो । हुन त म पनि राजनीतिमा चासो राख्ने मान्छु हँु । देशमा संघीयता आएसंगै पहिलो स्थानीय तहको निर्वाचनमा मर्लाइ पनि राजनीति गर्ने रहर लाग्यो । तत्कालिन माओवादी केन्द्रकोतर्फबाट वडा सदस्य उठेर पार्टीमा सबैभन्दा धेरै मत प्राप्त गरेको थिएं । त्यसयता राजनीति गर्ने रहर हट्यो र आफ्नै पेशा पत्रकारितमा सक्रिय छु । आस्था त कुनै न कुनै पार्टीमा राख्नु जो कसैको पनि अधिकारको कुरा भयो । लेखनी भने सबै दल र…

Read More

रुपन्देही, ६ फागुन । रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घनश्याम यादवले चुनाव प्रचार अभियानलाई तिब्रता दिनुभएको छ । उहाँले क्षेत्र नं. १ मा पर्ने देवदह नगरपालिका, तिलोत्तमा, रोहिणी र ओमसतियाका ३३ वटा वडाहरुमा घरदैलो तथा चुनावी प्रचारका कार्यक्रम गरिहनुभएको छ । रुपन्देही–१ मा देवदह नगरपालिकाका १२, तिलोत्तमाका ९, रोहिणी गाउँपालिकाका ७ र ओमसतियाका ५ गरी ३३ वटा वडाहरु पर्दछन् । चुनाव प्रचार–प्रसारका लागि तिलोत्तमाका ९ वडाहरुको मुख्य प्रचार कार्यालय तिलोत्तमाको भलवारीमा स्थापना गरिएको छ । तिलोत्तमामा ५ सय ५१ सदस्यीय प्रचार–प्रसार समिति समेत गठन गरिएको छ । प्रचार समितिको…

Read More