Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»रुपन्देही–२ मा उम्मेदवार विश्वदीपलाई मतदाताको हौसला
    breaking news

    रुपन्देही–२ मा उम्मेदवार विश्वदीपलाई मतदाताको हौसला

    मिलापत्रमिलापत्र३ महिना अगाडि29 Views

    बुटवल, ६ फागुन । प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले सुशासन कायम राख्ने र भ्रष्टाचार निवारण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । बुधबार बुटवलमा घरदैलो अभियानको क्रममा उहाँले जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
    घरदैलो अभियानका क्रममा वालकदेखि वृद्ध मतदाताको हौसला मिलेको पनि उहाँले बताउनुभयो । बुधबार मतदातासँग प्रत्यक्ष संवाद गर्दै पाण्डेले भन्नुभयोे, ‘वर्षौंदेखि रोकिएका विकास र नीतिगत मुद्दाहरुको समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं, तपाईहरुको साथ र सहयोगले हाम्रो चाहना पुरा हुुनेछ ।’
    उम्मेदवार पाण्डे सैनामैना, बुटवल र तिलोत्तका वडाहरूमा घरदैलो अभियानमा ब्यस्त रहनुभएको छ । जनतासँग भेट्दा माया, विश्वास र स्नेह पाएको भन्दै जनताको समस्यालाई बुझ्नु, सुन्नु र समाधानका उपाय खोज्न आफू प्रयासरत रहेको बताउनुभयो ।
    सैनामैना–१ बनकट्टा निवासी युवा उम्मेदवार पाण्डेले जेन्जी आन्दोलनको माग अनुसार आफूले काम गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमता राख्दछु तर तपाईहरुको साथ आवश्यक छ ।’
    नयाँ प्रविधि र नवीन सोच लिएर यस क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै पाण्डेले खानेपानी, बसोबास, शिक्षा, स्वास्थ्य, उच्च शिक्षा र सामाजिक विकासमा सधैं सक्रिय रहने बताउनुभयो । अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर रुपन्देही–२ को विकास अघि बढाउने योजना रहेको उहाँको भनाई छ ।
    पाण्डेले धार्मिक, सांस्कृतिक र सामाजिक सन्तुलन कायम गर्दै जनताका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । हार जीत जेसुकै भएपनि चुनावपछि पनि जनताको साथमा रहेर काम गर्ने उहाँले उल्लेख गर्नुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.