पाल्पा, १५ चैत । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिलोत्तममा माविमा कक्षा ११ मा अध्ययनरत एक छात्राले बच्चा जन्माएकी छन् । विद्यालयकै छात्राबासमा बस्ने गरेकी ती अविवाहित छात्राले बच्चा जन्माएपछि उनलाई बुवाआमाको जिम्मा लगाइएको विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले पुष्टि गरेका छन् । ती छात्रा तिनाउ गाउँपालिका वडा नं. ५ कोलडांडा घर भएकी विद्यार्थी हुन् । छात्राबासमै सुत्केरी ब्यथा लाएपछि उनलाई अस्पताल पठाइएको थियो ।उनको नाम भने यहाँ गोप्य राखिएको छ ।
स्मरण रहोस् तिनाउ गाउँपालिका वालमैत्री कार्यक्रम चलाई रहेको एक पालिका हो ।

