बुटवल, १४ जेठ ।  बुटपलकाे देविनगरिस्थित नवीन अाैधाेगिक कद्दरबहादुर रिता माध्यमिक बिधालय र न्यु दुर्गानगरस्थित मायादेवि जनजागृति अाधारभुत बिधालयमा अध्यनरत दुई वालक गत साेमबारदेखि सम्पर्कबिहीन भएका छन् ।

    नविनमा कक्षा ७ मा पढ्ने वर्ष  १३ का पवन विक र मायादेवीमा कक्षा ४ मा पढ्ने अभिषेक विक र विगत तीन दिनदेखि सम्पर्कबिहिन भएका हुन् । उनिहरु दुवै बुद्धनगर निवासी हुन् । मायादेवीकी शिक्षिका दिपा विकका अनुसार परिवर्तनका सदस्यहरुले उनिहरुकाे खाेजिकार्य गरिरहेका छन् । पवनका अभिभावक ईन्द्र बिकले वालकहरुकाे खाेजिकार्यमा विद्यालयहरुले पनि सघाउनु पर्ने बताए । विद्यालय पाेशाकमै रहेका उनिहरुकाे खाेजिकार्य जारी राखेकाे भएपनि हालसम्म कुनै उपलब्धि नभएको ईन्द्रले बताए ।

    तिस्वरमा पवन विक 

    Share.
    Leave A Reply