Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    चार अर्बकाे विद्युतीय सवारीसाधन आयात

    १० घण्टा अगाडि

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    २ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»चार अर्बकाे विद्युतीय सवारीसाधन आयात
    breaking news

    चार अर्बकाे विद्युतीय सवारीसाधन आयात

    मिलापत्रमिलापत्र१० घण्टा अगाडिUpdated:१० घण्टा अगाडि2 Views

    वीरगञ्ज (पर्सा), जेठ  १८ गते ।  चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका  विद्युती सवारीसाधन आयात भएका छन् ।

    गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

    गत आवको १० महिनामा यो नाका हुँदै रु एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात गरिएका थिए । त्यसवापत रु ८१ करोड ४७ लाख राजस्व सङ्कलन भएको थियो ।

    चालु आवको १० महिनामा रु एक अर्ब ८७ करोड मूल्य पर्ने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । त्यसवापत रु एक अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको १० महिनामा भने रु दुई करोड छ लाख मूल्य पर्ने छ वटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो ।

    यस्तै, चालु आवको १० महिनामा रु एक अर्ब १७ करोड मूल्य पर्ने आठ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात हुँदा रु ३८ करोड ५५ लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु करोड ९६ लाख मूल्य पर्ने चार हजार ८३४ वटा विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएका थिए । ती सवारीसाधनको आयातबाट मात्रै रु २० करोड १५ लाख राजस्व सङ्कलन भएको थियो ।

    यो नाका हुँदै चालु आवको १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्य पर्ने इन्धन र विद्युत्बाट चल्ने सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।

    गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु नौ अर्ब ६५ करोडअर्थात् ४४ दशमलव ५८ प्रतिशतले बढेको छ । चालु आवको १० महिनामा वीरगञ्ज हुँदै रु एक अर्ब २५ करोड मूल्य पर्ने छ सय २८ वटा जीप, कार र भ्यानको आयात भएको छ । त्यसवापत कार्यालयले रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा  रु एक अर्ब ८१ करोड मूल्य पर्ने आठ सय ५५ वटा जीप, कार र भ्यानको आयात भएका थिए ।

    यस्तै, चालु आवको १० महिनामा रु सात अर्ब ३२ करोड मूल्य पर्ने ५१ हजार ४२३ वटा मोटरसाइकल (अन एसेम्बल्ड) आयात भएका छन् । त्यसवापत रु सात अर्ब नौ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु पाँच अर्ब २१ करोड मूल्यका यस्ता मोटरसाइकल आयात भएका थिए ।

    Related Posts

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    २ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    ३ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ४ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १ वर्ष अगाडि394 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    चार अर्बकाे विद्युतीय सवारीसाधन आयात

    breaking news १० घण्टा अगाडि

    वीरगञ्ज (पर्सा), जेठ  १८ गते ।  चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार…

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    २ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    ३ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.