Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ वटा कायम गर्ने गरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरवलोकन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा हाल १२ वटा मन्त्रालय रहेका छन् । प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण…
काठमाडौँ, जेठ १ गते । मुलुकमा बहुदलीय व्यवस्था बहाली भएसँगै सार्वजनिक पदमा आसीन बहालवाला र पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन आयोगले कार्यारम्भ गरेसँगै विभिन्न पदमा रहेका ३० हजार जनामाथि छानबिन हुने भएको छ । आयोगले बिहीबार सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका तथा सेवानिवृत्त भएका उच्च पदस्थ व्यक्तिलाई आफ्नो तथा परिवारको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ । आयोगले आर्थिक वर्ष २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका वा सो अवधिपछि सेवानिवृत्त भएका व्यक्तिलाई तोकिएको ढाँचामा सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । आयोगका प्रवक्ता पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसीले सबै सरोकारवाला तथा राजनीतिक तथा सार्वजनिक पद धारण…
काठमाडौँ , ३१ बैशाख । सरकारले वास्तविक सुकुमबासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। समिति सभापति हरि ढकालका अनुसार सहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुमबासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी दिएका छन्। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको छ। यो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्रयाक’ बाट लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको छ। सहरी विकास…
काठमाडौँ, वैशाख ३० गते । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरक–फरक मुलुक पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौँको टोखा बस्ने ३७ वर्षीय सागर गौतम हुनुहुन्छ । उहाँले युएई पठाउने भन्दै पीडितबाट चार लाख ५८ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ । त्यसैगरी, न्युजिल्यान्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ ठगी गर्ने दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम र क्यानडा पठाउने प्रलोभनमा २४ लाख…
काठमाडौँ, वैशाख ३० गते । निर्वाचन आयोगले २०८४ सालमा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ । आयोगका अनुसार २०८४ वैशाख ३० गते स्थानीय तह र सोही वर्ष मङ्सिर ४ गते प्रदेश सभाको पदावधि समाप्त हुने भएकाले यी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको करिब ४ अर्ब रुपियाँभन्दा बढी खर्च बचत हुने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । निर्वाचनलाई मितव्ययी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले राजनीतिक दलहरूसँग मङ्गलबार विशेष छलफल गरिएको उहाँले बताउनुभयो । आयोगको कार्यालयमा आयोजित छलफलमा निर्वाचन सुधारका विविध पक्षबारे परामर्श भएको पनि उहाँले जानकारी दिनुभयो । छलफलका क्रममा…
काठमाडौँ, वैशाख ३० गते । सीमानाका हुँदै एक सय रुपियाँभन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ । सरकारले हाल कायम एक सय रुपियाँको सीमा बढाउने तयारी गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो नियम यसअघि नै आर्थिक ऐनमा व्यवस्था भएकाले आगामी बजेटमार्फत सीमा बढाउने उल्लेख गर्नुभएको हो । मङ्गलबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले सिमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने मुख्यतः तराई मधेशका नेपाली नागरिकलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने सरकारको नीति रहेको बताउनुभयो । नागरिकका लागि भन्सारको सीमा सुविधा बढाए पनि तस्करीको समस्या, राजस्वको चुहावट नियन्त्रण गर्न भने सरकार निर्मम बन्ने उहाँको धारणा थियो । त्यसका लागि…
काठमाडौँ, वैशाख २९ गते । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्य सुरु गरेको छ। समितिका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्यका अनुसार बचतकर्तालाई आवश्यक माग दाबी तथा विवरण बुझाउन आग्रह गरिएको छ । समितिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बचत फिर्ता तथा सरकारी वा सार्वजनिक निकायसँग सम्बन्धित काम सञ्चालन गर्ने जनाएको छ । साथै बचतकर्ताको चाप र प्रक्रिया व्यवस्थापनलाई प्रभावकारी बनाउन समय तालिका तोकी सोही अनुसारको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। त्यस्तै, सेवाग्राहीको गुनासो व्यवस्थापन, स्टेटमेन्ट उपलब्ध गराउने लगायतका सेवा भने दिउँसो ३ बजेपछि मात्रै सञ्चालन गरिने जानकारी समितिले दिइएको…
काठमाडौँ, वैशाख २७ गते । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न…
काठमाडौँ, वैशाख २७ गते । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले आमनागरिकको दैनिक जीवनसँग जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसेढुङ्गा सावित हुने विश्वास लिइएको बताउनुभयो । प्रेसविज्ञ दाहालले सबै सरोकार भएका निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई यस अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी…
अर्घाखाँची, वैशाख २६ गते । जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले अनुमतिबिना जिपको छतमा राखिएका संरचना (छत) हटाउने अभियान सुरु गरेको छ । मनलाग्दी रूपमा जिपको छतमा सामान राख्ने तथा यात्रुसमेत ओसार्ने प्रवृत्ति बढ्दै गएपछि ट्राफिक प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक लीलबहादुर कुँवरका अनुसार पछिल्लो समय सवारी नियमको उल्लङ्घन गर्दै छतमा अत्यधिक सामान राख्ने र यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउने घटना बढ्दै गएको थियो । यसले सडक दुर्घटनाको सम्भावना उच्च बनाउने भएकाले नियन्त्रणका लागि कडाइ गर्न‘ परेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानबाट करिब ४० वटा जिपका छत हटाइएको छ । अभियान अझै…
