Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साेमबारदेखि बजेट अधिवेशन शुरु हुँदै

    २२ घण्टा अगाडि

    उपभोक्ता ठगी नियन्त्रण गर्न साेमबारदेखि बिशेश अभियान

    १ दिन अगाडि

    दुर्घटना जाेखिम घटाउन गाडीका छत हटाईदै

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»साेमबारदेखि बजेट अधिवेशन शुरु हुँदै
    breaking news

    साेमबारदेखि बजेट अधिवेशन शुरु हुँदै

    मिलापत्रमिलापत्र२२ घण्टा अगाडिUpdated:२२ घण्टा अगाडि12 Views

    काठमाडौँ, वैशाख २७ गते । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिनुभयो ।

    नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान  छ ।

    राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ :४५  बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ ।

    त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक हुने छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको  बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रीपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

    त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।

    यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुने छन् ।

    पाल्पाको नुवाकोटकामा रहेकाे अाेखलढ्गा कटेज ग्रहााककाे राेजाईजमा । बिज्ञापन समग्री ।

    Related Posts

    उपभोक्ता ठगी नियन्त्रण गर्न साेमबारदेखि बिशेश अभियान

    १ दिन अगाडि

    दुर्घटना जाेखिम घटाउन गाडीका छत हटाईदै

    २ दिन अगाडि

    पुल नहुंदा डुङ्गामा यात्रा

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    १ महिना अगाडि744 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि496 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि242 Views
    Don't Miss

    साेमबारदेखि बजेट अधिवेशन शुरु हुँदै

    breaking news २२ घण्टा अगाडि

    काठमाडौँ, वैशाख २७ गते । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै…

    उपभोक्ता ठगी नियन्त्रण गर्न साेमबारदेखि बिशेश अभियान

    १ दिन अगाडि

    दुर्घटना जाेखिम घटाउन गाडीका छत हटाईदै

    २ दिन अगाडि

    पुल नहुंदा डुङ्गामा यात्रा

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.