Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पाल्पाको बल्ढेङगढी क्षेत्र किन पछाडि पर्यो ?
    breaking news

    पाल्पाको बल्ढेङगढी क्षेत्र किन पछाडि पर्यो ?

    मिलापत्रमिलापत्र३ महिना अगाडि68 Views

    भुवन कार्की
    पाल्पाको पश्चिम क्षेत्र, खासगरी बल्ढेङगढी, सत्यवती र जुठा किन विकासमा पछि परे ? आसन्न निर्वाचन २०८२ का गतिविधि बढिरहँदा एकपटक आफ्नो जन्म गाउँठाउँको बारेमा बिचारमग्न हुन मन लाग्यो ।
    हुन त म पनि राजनीतिमा चासो राख्ने मान्छु हँु । देशमा संघीयता आएसंगै पहिलो स्थानीय तहको निर्वाचनमा मर्लाइ पनि राजनीति गर्ने रहर लाग्यो । तत्कालिन माओवादी केन्द्रकोतर्फबाट वडा सदस्य उठेर पार्टीमा सबैभन्दा धेरै मत प्राप्त गरेको थिएं । त्यसयता राजनीति गर्ने रहर हट्यो र आफ्नै पेशा पत्रकारितमा सक्रिय छु । आस्था त कुनै न कुनै पार्टीमा राख्नु जो कसैको पनि अधिकारको कुरा भयो । लेखनी भने सबै दल र विषयबस्तुका लागि रहन्छ ।
    यहाँ अहिले मैले उठाउँन खोजेको विषय मेरो जन्मस्थल बल्ढेङगढी र यसको आसपासका क्षेत्र किन बिकासको चरणमा अघि बढ्न सकेनन् भन्ने हो । पाल्पा निर्वाचन क्षेत्र नं. २ अन्तरगत रैनादेवि छहरा गाउँपालिका वडा नंं. ६, ७ र ८ मा पर्ने जुठा, सत्यवती र बल्ढेङगढीमा ठूलो विकास भनेकै बाटोघाटो हो तर त्यही पनि पुरा हुन सकेका छैनन् । गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम जस्ता पहाडी जिल्लामा समेत गाउँ–गाउँमा कालोपत्रे (पिच) सडक पुगेका छन् । तर रुपन्देही जस्तो चलाएमान शहरबाट १५, २० किलोमिटरको दुरीमा रहेको बल्ढेङगढी क्षेत्रको विकास कछुवाको भन्दा पनि सुस्त गतिमा छ ।
    पञ्चायतकालदेखि निर्माण सुरु गरिएको सुँगुरेढुंगा–जुठा–सत्यवती–बल्ढेङगढी–सालझण्डी सडकको निर्माण कार्य अझै सकिएको छैन । हिउँदमा मात्र हल्का सवारी साधन चल्ने यी मोटरवाटोमा बर्षायाममा एक, डेढ महिना त सवारी आवागमान नै बन्द हुने गरेको छ । शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधारको त कुनै नगरौं । स्वाथ्य चौकीहरुमा सिटामोल समेत प्रयाप्त पाइदैन । शिक्षाको कुरा गर्दा विद्यार्थी अभाव भन्दै कैयौं विद्यालय मर्ज भएका छन् भने केही बन्द हुने अवस्थामा छन् ।
    बल्ढेङगढी, सत्यवती र जुठा क्षेत्र भोट बैंक भने हुन् । यहाँका बासिन्दा अलि अशिक्षित भएकाले पनि केही सीमीत राजनीतिक दलकै कब्जामा छन् अहिले पनि । उनीहरु बिचार परिर्वतन गर्न सक्ने अवस्थामा कमै मात्र छन् । जसको फाईदा सीमीत राजनीतिक दलहरुले लिइरहेका छन् । अहिलेका युवा पुस्ताले नयाँ बिचार मान्यता र उन्नत सोंच राख्ने चेष्टा भने गरेका छन् । कतिपय युवाहरु भोट परिवर्तन गर्न सक्ने तर पार्टी परिवर्तन गर्न नसक्ने बताउँछन् । गाउँमा अलि शिक्षित भनिएका र राजनीतिक क्षेत्रमा चासो राख्नेहरु पनि अलि पुरानै सोंचबाट गस्रित देखिन्छन् । गाउँमा भोट माग्न गएका नयाँ राजनीतिक दल र उम्मेदवारलाई उनीहरुले भरसक गाउँमै नपसिदिए हुँन्थ्यो भन्ने अन्धविश्वास राखेको मैले पाएको छु ।
    अबको समाजले त नयाँ–नयाँ विकल्प खोज्नुपर्ने हो, नयाँ प्रविधि र नयाँ युगको चाहना गर्नुपर्ने हो । पुराना दलहरुलाई पनि नयाँ सोंच र उन्नत मार्गचित्र लिएर आउँ भन्नुपर्ने हो । नयाँ दलका नेतालाई तिम्रो नयाँ मार्गचित्र के हो भनेर सोध्नुपर्ने हो । तर नयाँहरु गाउँमै नआए हुन्छ, हामीलाई चाँहिदैन, हामीसंग भोट माग्न आउनै पर्दैन भनेर भनेको समेत मैले रिर्पोटिङको क्रममा गाउँ जाँदा सुने । यो लज्जाको विषय हो । म मेरो राजनीतिक आस्था जहाँभएपनि रिर्पोटिङको लागि जुनसुकै दलले बोलाए पनि गाउँ जान तयार छु । नेपाली काँग्रेस, एमाले वा अन्य कुनै जुनसुकै दलका नेता तथा उम्मेदवारले बोलाएपनि म गाउँमा जानेछु । मिडिया भनेको सबैको साझा हो उनीहरुका बिचार प्रवाह गर्न कुनै पनि मिडियाले रोक्दैन । गाउँको विकास गर्नसके कुनै पनि दल वा नेतालाई हामीले सघाउँनुनै पर्छ । तर ०४७ सालदेखि नियमित बजेट पर्न थालेको यस क्षेत्रका बाटाघाटा अझै उही गतिमा छन् । काम गर्न आएका ठेकेदारहरु नेतालाई कमिशन दिएर कमशल काम गरी हिड्छन् । बनाएको बाटो दुईबर्ष नपुग्दै उस्तै अवस्थामा पुग्छ ।
    यी क्षेत्रमा एमाले र काँग्रेसबाहकेका अन्य दलले अझैसम्म चुनाव जितेको रेकर्ड छैन । पुराना दल भएपनि विकास नयाँ गरिदिए हुन्थ्यो । तर त्यो हुन सकिरहेको छैन । अब कि त पुराना दलहरुले नयाँ सुझबुझका साथ यस क्षेत्रको विकासमा पहलकदमी लिनुपर्छ कि त नयाँ दलहरुलाई परीक्षा लिनुपर्छ । हुनुपर्ने यही होला । तर कुनै पनि दल वा नेतालाई बायस गर्न जरुरी छैन ।
    मुख्य कुरा त यो हो बच्चा नरोइकन आमाले पनि दुध खुवाउन ढिला गर्छिन । त्यसैले हामी यस क्षेत्रका बासिन्दा नेताहरुसंग आफ्ना माग राख्न र उनका काममा खबरदारी गर्न अझै पनि चुक्यौं भने हाम्रो हालत यहि नै हुने हो । हामी भोट बैंक मात्र हुने हो । हाम्रोे मोटरबाटोमा १३ किलोमिटर मोटर गुड्दा २५० रुपैयाँ तिर्नु परिरहेको छ । किसानले उत्पादन गरेको १ हजार रुपैयाँको अदुवा बेच्न जाँदा ५ सय त भाडा नै तिर्नु परिरहेको अवस्था छ यहाँ । वर्षदिन लगाएर पालेको १५ सय पर्ने कुखुराको भाले बेच्न जाँदा ५ सय त भाडा नै तिर्नु परिरहेको छ । विदेश गएर कमाएको धनले गाउँमा केही रोजगारमूलक काम गर्छु भनेर काम थालेका कैयौं युवाले ढुवानी भाडा तिर्न नसकेरै इलम बन्द गरेका छन् ।
    अ‍ेझै पनि हामीमा चेत आएन भने बाँकीका दशक पनि यसैगरी बित्नेछन् । आगामी फागुन २१ मा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन हुँदैछ । हाम्रा गाउँ टोलमा भोट माग्न आउने नयाँ वा पुराना नयाँ दलका उम्मेदवारलाई उनीहरुको मार्गचित्र मागौं । उनीहरुले हालसम्म यो ठाउँको विकासको लागि के के गरे र अब के गर्ने योजना छ, सोधखोज गरौं । सकेसम्म विवेक पुर्याएर मतदान गरौं । उनीहरुले हामीलाई अहिलेसम्म मासुभात खुवाएरै भुलाएका छन् । अब मासुभात खुवाएकै भरमा मत खसाल्ने परिपार्टी रहिरह्यो भने हाम्रो मुख्य कमजोरी यहीँ हुनेछ । हाम्रै कमिकमजोरीका कारण यहाँको विकास हुन नसकेको हो । किनकि हामीले विगतमा उपयुक्त उम्मेदवार पाएनौं र निरन्तर खवरदारी गर्न पनि हामीले सकेनौं । अबदेखि यसक्षेत्रमा बिजयी हुने दल र उम्मेदवारलाई निरन्तर खबरदारी गरौं र विकासको अभियानमा कुनैपनि राजनीतिक पूर्वाग्रह नराखी हातेमालो गरेर अघि बढौं । मेरो कर्मक्षेत्र रुपन्देही भएपनि यहाँको मतदाता भएको नाताले यति बिचार राखें । यो मेरो निजी बिचार हो । तपाई पनि आफ्नो बिचार सभ्य भाषामा कमेन्टमा राख्न सक्नुहुँनेछ ।

     

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.