बुटवल, ७ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग भेटघाट एवं घरदैलो गर्नुभएकाे छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट माग्नुभएकाे छ । त्यस क्रममा मतदाताले उहालाई उत्साहित भएर निर्वाचनमा लाग्न आग्रह गरेका छन ।
उम्मेदवारसहित नेता कार्यकर्ताहरु झण्डा व्यानर बोकेर गीत संगीत गुञ्ज्याउँदै टोल टोलमा पुग्दा मतदाताले चासोपूर्वक विश्वदीपको उम्मेदवारीबारे जिज्ञासा राखेका थिए ।
मतदातासंगको भेटमा उम्मेदवार पाण्डेले कुनै शंशय र धक नमानी आफूलाई मतदान गर्न आग्रह गर्दै जेनजीको भावना र पाको पुस्ताको अनुभव र सुझावलाई ग्रहण गरेर रुपन्देहीको विकासको खाका कोर्न आफू तयार रहेको बताउनुभएकाे थियाे।
चुनावी घरदैलो अभियानलाई निरन्तरता दिँदै आएका उहाले आम मतदाताको भरोसा र विश्वास टुट्न नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयाे । घरदैलोमा पुग्दा मतदातालाई चुनावी प्रतिवद्धतापत्र समेत दिने गरिएको छ ।
त्यसो त रुपन्देहीको निर्वाचन प्रचारप्रसारमा दलहरु र तिनका कार्यकर्ताबीच कुनै कटुता देखिएको छैन । बरु प्रचारका क्रममा प्रतिद्धन्द्धी उम्मेदवारको सम्पर्क कार्यालय देखिएमा दोहोरो मत माग्ने गरिएको निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’ले बताउनुभयाे।
निर्वाचन आयोगले निर्वाचन प्रसार प्रचारको लागि तोकेको समयसीमा शुरु भएकोले उम्मेदवारहरु घरदैलो र सभाभेला गरेर भोट माग्ने क्रम व्यापक बन्न थालेको छ ।
निर्वाचन परिचालन समितिका संयोजक जीसीका अनुसार प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको छ । त्यस क्रममा स्थानीयसंग अन्र्तक्रिया, छलफल गर्दै आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने कारणबारे जानकारी गराईएको संयोजक जीसीले बताउनुभयाे ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

