Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»कुनैपनि स्वार्थबिना मतदान गर्न उम्मेदवार विश्वदिपको आग्रह
    breaking news

    कुनैपनि स्वार्थबिना मतदान गर्न उम्मेदवार विश्वदिपको आग्रह

    मिलापत्रमिलापत्र३ महिना अगाडि15 Views

    बुटवल ८ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’को घरदैलो शुक्रवार पनि तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा जारी रहेको छ ।
    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले तिलोत्तमाको वडा नं ५ का प्रेमनगर, टिकानगर, शान्ति मा वि चोक , नयाँमिल लगायतका क्षेत्रमा मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन ।
    उनीहरुले झण्डा, माईक,व्यानर र प्रतिवद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर स्थानीय मतदातासंग भोट मागेका हुन् ।
    मतदातासंगको भेटघाटमा उम्मेदवार पाण्डेले जनताको पक्षमा काम गर्न नसक्नेले निर्वाचनका बेलामा अनेक लोभलालच देखाँउदै घरदैलोमा आउने गरेकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले आफ्नो अमूल्य भोटले पाँच वर्षको लागि भाग्य र भविश्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पुर्याएर मतदान गर्न मतदाताहरुलाई आग्रह गनुएभयो ।
    रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विश्वदीपले अहिेले हुँदै गरेको निर्वाचन नियमित नभएर जेन्जी आन्दोलनले निम्त्याएको विशिष्ट परिस्थतिको निर्वाचन भएकाले उक्त आन्दोलनको मर्म बुझेर मतदानमा सहभागी हुन सबैमा अपिल गर्नुभयो । प्रचारप्रसारमा सहभागी भएका उम्मेदवार र नेता कार्यकर्तालाई मतदाताले विभिन्न जिज्ञासा राख्दै निर्वाचनमा विजयी पश्चात जनताका पीरमर्का नभुल्न अनुरोध गरेका थिए ।
    सो क्रममा जनताका जिज्ञासा मेटाउदै उम्मेदवार पाण्डेले आफू जीत हारको जुनसुकै परिणाम आएपनि आगामी दिनमा जनताका समस्या सुल्झाउन सधै लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयोे ।
    घरदैलोका क्रममा जनताको उत्साह, सल्लाह र सुझावले आफ्नो विजयी यात्रा सुनिश्चित हुँदै गएको भन्दै उहाँले कुनै ऐजेण्डा बिना र आश्वासनका पोका बोकेर आएका उम्मेदवारलाई चिनेर आफ्नो अमूल्य मत प्रयोग गर्न मतदातासंग आग्रह गर्नुभयो । मतदातासंगको भेटमा उम्मेदवार पाण्डेले निर्वाचन सम्पन्न भएपछिका दिनमा जनपक्षीय काम गर्ने सवालमा कुनै शंका नर्गन आग्रह गर्दै त्यसको परिणाम निर्वाचनपछि देखिने बताउनुभएको थियो ।
    निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’का अनुसार निर्वाचन आयोगको आचारसंहिता भित्र रहेर उम्मेदवारसहितको घरदैलो नियमित हुनेछ ।
    उम्मेदवार पाण्डेले रुपन्देही क्षेत्र नं २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडामा समय मिलाएर नियमित घरदैलो गर्दै आएका छन ।
    परिचालन समितिका संयोजक जीसीका अनुसार प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहने छ । त्यस क्रममा स्थानीयसंग अन्र्तक्रिया, छलफल गर्दै आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने कारणबारे जानकारी गराईने संयोजक जीसीले जानकारी दिनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.