Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
बुटवल, ५ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज मंलवार बुटवल उपमहानगरपालिका वडा नं ३ मा घरदैलो गर्नुभएकाे छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन । चुनावी घरदैलो अभियानलाई निरन्तरता दिँदै आएका उम्मेदवार विश्वदीपले ३ नं. वडाका विभिन्न स्थानहरूमा पुगेर मतदाताहरूसँग भेटघाट तथा संवाद गर्दै आम मतदाताको भरोसा र विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । स्थानीय निर्वाचनमा बुटवलको वडा नं ३ मा नेकपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेका थिए । निर्वाचन आयोगले निर्वाचन प्रसार प्रचारको लागि तोकेको समयसीमा शुरु भएकोले उम्मेदवारहरु घरदैलोमा…
बुटवल, ४ फागुन । बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि रुपन्देहीमा आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको उद्योगी ब्यवसायीले बताएका छन् । राजधानीका कारण बढी चलायमान यहाँको बजार राजधानी सारिएसंगै सुस्ताउँदै जाँदा आर्थिक गतिबिधि समेत घटेको उनीहरुको तर्क छ । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र न २ मा रहेका निजीक्षेत्रका सरोकारवालासंग गरेको आर्थिक नीति सम्वाद कार्यक्रममा बोल्ने अधिकांश उद्योगी ब्यवसायीले राजधानी सरेपछिको क्षतिले बर्षौंसम्म हानिरहेको समेत उल्लेख गरे । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले कांग्रेसलाइ जिताएर पठाउन आग्रह गर्नुभयाे । आफुले नीजिक्षेत्रमा अर्बाैँ लगानी गरेको उल्लेख गर्दै राज्यबाट सहि नीति र नियम नबन्दा…
रुकुमपूर्व, ४ फागुन।हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्नुभयो, त्यहाँ हिउँको सेतो थुप्रोले उहाँलाई स्वागत गर्यो। २९ फागुनमा रुकुम पूर्व प्रवेश गर्नुभएका प्रचण्डले हिउँमा खेल्दै गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जाल तत्यो। यो हिउँ खेल्नका लागि गरिएको भ्रमण थिएन, यो आफु पहिलो पटक प्रधानमन्त्री हुँदा अगाडि सारेको मध्यपहाडि लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधार क्षेत्रमा एउटा नयाँ सपना बोकेर फर्किएको भावुक पल थियो। सात दिने मतदाता भेटघाट कार्यक्रमका लागि आउँनु भएकाका प्रचण्डका यी चार दिन (८४ घण्टा) औपचारिकभन्दा अनौपचारिक तर भावनात्मक रुपमा गहिरो देखिन्छ। जनयुद्धका ऐतिहासिक स्थलहरूमा पुराना पदचाप स्मरण, सहिद…
बुटवल, ३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुवास पाण्डे (विश्वदीप) को अगुवाईमा महाशिवरात्री पर्वको अवसर पारेर आईतबार सैनामैनामाको बोलबम मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ । चुनावी घरदैलोको अभियानको क्रममा पाण्डेको नेतृत्वमा सरसफाई गरिएको हो । रुपन्देही जिल्लाको प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित उक्त मन्दिरमा महाशिवरात्रीका अवसरमा टाढा–टाढाबाट हजारौं भक्तजन आएका थिए । बढ्दो भीडका कारण फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सरसफाइ अभियान सञ्चालन गरिएको नेकपाका नेताहरुले बताए । सरसफाइका क्रममा संकलन गरिएको फोहोर व्यवस्थापन टिमलाई जिम्मा लगाइएर जनाइएको छ । कार्यक्रममार्फत धार्मिक स्थलको…
नदी किनारका बासिन्दाले बुझाए ज्ञापनपत्र बुटवल, २ फागुन । बुटवलको तिनाउ–दानव नदी वरिपरिका बासिन्दाले रुपन्देही क्षेत्र २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) लाई शनिबार ८ बुँदे ज्ञापनपत्र बुझाएका छन् । तिनाउ–दानव नदी संघर्ष समितिका पदाधिकारीले बस्ती नदीको जोखिममा परेको तथा बस्ती ब्यवस्थापनका विषयमा यसअघिका सरकार तथा जनप्रतिनिधिले वेवास्ता गरेको भन्दै ज्ञपानपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै उम्मेदवार पाण्डेले सुरक्षित बस्ती, तटबन्ध ब्यवस्थापन, क्षति न्यूनीकरण र सम्मानजनक जीवनका लागि आफूले दीर्घकालिन समाधानको पहल गर्ने बताउनुभयो । यहाँका बासिन्दाका समस्या र आवाजलाई निर्णायक तहमा आफूले पुर्याउने आवश्वासन उहाँले दिनुभयो । चुनावी घरदैलोमा रहनुभएका उम्मेदवार पाण्डेलाई स्थानीयबासीले ध्यानाकर्षण…
बुटवल, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईले रास्वपाले यसपटक चुनाव हार्यो भने देश अझै पचास बर्ष पछि धकेलिने बताउनुभएको छ । रास्वपाले चुनाव हार्दा पार्टीले मात्र नभएर देशले हार्ने उहाँको भनाई थियो । बुटवलमा शुक्रबार बेलुका पार्टीको तर्फबाट पाल्पा क्षेत्र नंं १ र २ का प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुसंग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सह–प्रवक्ता प्रसाईले भन्नुभयो, ‘हामीले चुनाव हारे आफ्नै पेशा र कर्ममा फर्किउँला तर देशले पनि हार्नेछ । रास्वपाले चुनाव हारे अबको पचास वर्ष यो देशमा रवि र बालेन जस्ता नेता जन्मने छैनन् । अबको पुस्ता राजनीतिमा हाम फाल्नेवाला छैनन् ।’ देशलाई हार्न नदिन…
बुटवल, १ फागुन। तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनलाई स्मरण गर्दै शुक्रबार जनयुद्ध दिवस मनाईएको छ । जुन जनयुद्धको जगमा भएको जनआन्दोलनले जहाँनिया शाही शासनको अन्त्य भई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । माओवादी घटक मात्र होईन परिवर्तन चाहने अग्रगामी सबैले जनयुद्धलाई एउटा महत्त्वपूर्ण दिनको रुपमा स्मरण गर्छन । निरङकुश शाही शासनको अन्त्य र जनसत्ता स्थापनाको उद्घोष गरेर सशस्त्र जनयुद्ध सुरु गरेको दिन ३१ बर्षमा प्रबेश गरेको छ ।बुटवलमा दीप प्रज्वलन तथा सुभकामना आदानप्रदान गरि ३१ औं जनयुद्ध दिवस मनाइएको छ । नेपाली कम्युनिष्ट पार्टी रुपन्देही क्षेत्र न २ र वडा निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रममा रुपन्देही क्षेत्र…
बागलुङ, बुर्तिबाङ , २९ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उहाँले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताउनुभयो। उहाँले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको बताउनुभयो। “२४ गतेको त्यो घटनाको उद्देश्य…
बुटवल, २८ माघ । रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले जेन्जी आन्दोलनको भावना र मर्म अनुसार आफूले काम गर्ने बताउनुभएको छ । पार्टीले बुटवल वडा नं. १० मा स्थापना गरेको प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै उम्मेदवार पाण्डेले बदलिंदो राजनीतिक परिस्थितिमा जेन्जी आन्दोनलले उठाएका जायज प्रमुुख एजेण्डाहरु आफूले आत्मसाथ गर्ने बताउनुभयो । यी एजेण्डा नेकपाले उठाउँदै आएका मागहरु नै भएको उहाँले उल्लेख गर्नुभयो । उम्मेदवार पाण्डेले बुधबार बुटवलका वडा नंं १०, ११ र १२ का मतदातासंग भेटघाट तथा घरदैलो गर्नुभएको छ । भेटघाटका क्रममा उहाँले आम जनताले जीवनमा…
बुटवल, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बुधवार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा उत्पन्न भएको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो । ‘सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचार अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाएर काम अघि बढाइसकेको छ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश अग्रस्थानमा छ । तर, आज अख्तियारलाई देखाएर हुनैपर्ने काम नहुँदा सरकार मारमा…
