Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»रुकुमपूर्वमा प्रचण्डकाे लामाे चुनावी यात्रा
    breaking news

    रुकुमपूर्वमा प्रचण्डकाे लामाे चुनावी यात्रा

    मिलापत्रमिलापत्र३ महिना अगाडि17 Views

    रुकुमपूर्व, ४ फागुन।हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्नुभयो, त्यहाँ हिउँको सेतो थुप्रोले उहाँलाई स्वागत गर्‍यो। २९ फागुनमा रुकुम पूर्व प्रवेश गर्नुभएका प्रचण्डले हिउँमा खेल्दै गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जाल तत्यो। यो हिउँ खेल्नका लागि गरिएको भ्रमण थिएन, यो आफु पहिलो पटक प्रधानमन्त्री हुँदा अगाडि सारेको मध्यपहाडि लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधार क्षेत्रमा एउटा नयाँ सपना बोकेर फर्किएको भावुक पल थियो।
    सात दिने मतदाता भेटघाट कार्यक्रमका लागि आउँनु भएकाका प्रचण्डका यी चार दिन (८४ घण्टा) औपचारिकभन्दा अनौपचारिक तर भावनात्मक रुपमा गहिरो देखिन्छ। जनयुद्धका ऐतिहासिक स्थलहरूमा पुराना पदचाप स्मरण, सहिद परिवारसँगको भेट, घाइते योद्धाहरूको सम्मान र स्थानीयका गुनासा सुन्दै विकासका प्रतिबद्धता व्यक्त गर्नु उहाँको दैनिकी रह्यो। रुकुम पूर्वका मतदाता र कार्यकर्तामा प्रचण्डको उम्मेदवारीले नयाँ उत्साह जगाएको छ।गाउँका चुल्हो, हिउँका थुप्रा, तातोपानीका कुण्डमा गरिएका संवाद र सहिद गेटमै उभिएर क्रान्तिका दिनको स्मरण गर्दै गाएका गितले चुनावी अभियानलाई जिवन्त बनाएको छ।

    पहिलो दिन हिउँदेखि भूमेमा न्यानो स्वागत
    बागलुङ–रुकुम सिमाना पातीहाल्नामा नेता–कार्यकर्ताको उत्साहपूर्ण स्वागत छ। हिउँले सेताम्य डाँडामा प्रचण्डको पाइला टेकिन्छ। स्वागतपछि उहाँ हिउँमा केहीबेर रमाउनुहुन्छ। सामाजिक सञ्जालमा हिउँ खेल्दै गरेको तस्बिर र भिडियो छिट्टै चर्चामा आउँछन्। त्यहाँबाट संयोजक प्रचण्ड भुमे १ लुकुम पग्नुभयो । मध्यपहाडी राजमार्गसँग जोडिएको यो बाक्लो बस्तीमा प्रचण्डको स्थानीयले खाम मगर संस्कृति अनुसार फेटा गुंथाएर भव्य स्वागत भयो। उहाँले एमालेका जिल्ला सदस्य ताराप्रसाद पुनलाई पार्टीमा भित्र्याउनुभयो र लुगुमलाई नमूना गाउँ बनाउने घोषणा गर्नुभयो। टेलिफोन समस्याको तत्काल समाधानका लागि पहल गर्न स्वकीय सचिवलाई निर्देशन दिँदै उहाँ भूमे गाउँपालिकाको खाबाङबगर पुग्नुभयो। त्यहाँ कार्यकर्ता र स्थानीयको माया र आगो ताप्दै गफ गर्दै जनताको घरमा साँझको बास रमाइलो बन्यो।

    जनयुद्ध दिवसको स्मृति : लाबाङ–महत गाउँमा इतिहाससँग पुनर्मिलन
    १ फागुन, ३०औं जनयुद्ध दिवस। प्रचण्ड लाबाङ पुग्नुभयो । त्यो गाउँ जहाँ २०६१ मा पोलिटब्यूरो बैठक बसेर डा.बाबुराम भट्टराईलाई कारबाही गरिएको थियो। स्थानीयले भुटेको मकैसँगै विभिन्न स्थानीय परिकार खाजा र दूध खुवाए। पुराना घर र बैठक स्थल हेर्दै प्रचण्डले पहिले र अहिलेको परिवर्तनमा खुसी व्यक्त गर्नुभयो।धेरै गर्न बाँकी रहेको त्यो काम अब गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    त्यसपछि महतमा उहाँले जनयुद्धको पहिलो युद्धबन्दी साटफेरको स्मृति झल्काउने संरचना अवलोकन गर्नुभयो।महत गाउँलाई पृष्ठभुमी पारेर बनाइएको युद्ध स्मृति पार्कमा पुगेर छापामार आक्रमण र पहिलो युद्धबन्दी साटफेरको स्मृतिसँग जोडिएको संरचना अवलोकन। डीएसपी ठूले राई पक्राउ र देव गुरुङसँगको साटफेरजनयुद्धको महत्त्वपूर्ण अध्यायको जिवन्त स्मरण एउटा कथा जस्तै गरी यथार्थमा झल्कियो ।

    महत गाउँमा महतबासीले गाजाबाजासहित स्वागत गरे, समस्या सुनाए। खाबाङबगरमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले सहिद, बेपत्ता परिवार र घाइते योद्धाहरूलाई सम्मान गर्नुभयो। साँझ चुनबाङको गैरिगाउँमा पैसेरु नाच र झाँकीसहित रातो अबिर लगाएर स्वागत भयो।जनयुद्ध दिवस भावनात्मक र राजनीतिक दुवै रूपमा स्मरणीय बन्यो ।

    चुनबाङको शान्ति ढोका र तकसेराको सौन्दर्य
    २ फागुन बिहान ७ः४५ चुनबाङको भेरीडाँडामा प्रचण्डले युद्ध संग्रहालय र ऐतिहासिक बैठक स्थल अवलोकन गर्नुभयो। त्यही बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरी शान्तिको ढोका खोलेको थियो।सो निर्णय १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रिया र संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो बन्यो ।

    बैठकस्थल, तयारी कक्ष, आफू र पत्नी सिता बसेको कोठा, छोरा प्रकाश र अन्य नेताहरू बसेका घर–कोठा अवलोकन गर्दै उहाँले इतिहाससँग साक्षात्कार गर्नुभयो। निर्माणाधीन युद्धसंग्रहालयको संरचना पनि हेर्नुभयो।

    गैरिगाउँको सहिद गेटमा पुग्दा जनवादी कलाकारसँगै संयोजक प्रचण्डले गाएको ‘सहिदहरू हाँसिरहेका छन्’ भन्ने गीतको बिम्ब सम्झिन्छ। स्थानीय अन्तरक्रियामा उहाँले रुकुमपूर्वले आफूलाई नयाँ ऊर्जा दिएको बताउँदै पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभयो।
    साँझ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुग्दा स्थानीयले ऐतिहासिक स्थानमा भव्य स्वागत गर्नुभयो। पर्यटकिय क्षेत्र तकसेराको सडक पूर्वाधार, भाषा र संस्कृतिको संरक्षणका लागि प्रतिबद्धता जनाउँदै उहाँ त्यहाँ बास बस्नुभयो।

    चौथो दिनः मर्निङ वाक, चुल्होको आगोदेखि मैकोटको समाजवाद सपना
    ३ फागुन बिहान तकसेरामा मर्निङ वाक गर्दै प्रचण्डले दलित समुदायको घरमा आगो ताप्नुभयो। दलित युवाले भने, “अब जातीय छुवाछूत हट्यो, प्रचण्डले गर्दा।” बाछीगाउँ, बिर्गुङ, पदमी, ओम्खा, डिम्बुरगैरा तातोपानी, मयाङ र हुकामका हरेक बस्तिमा लालीगुराँसको माला, मकै–चिया, सामूहिक फोटो, हरेक बस्तिमा आफ्नै शैलीका स्वागतका रमाउँदै उहाँले स्थानीयको समस्या सुन्नुभयो, मत माग्नुभयो र विभिन्न पार्टी परित्याग गर्नेहरूलाई स्वागत गर्नुभयो।

    उहाँले सिस्ने हिमालको दृश्यावलोकनसँगै तामाखानी–फलामखानीको सम्भावनाबारे स्थानीयसँग छलफल गर्नुभयो ।सानीभेरी किनारको डिम्बुरगैरा तातोपानीमा पलेटी कसेर स्थानीयसँगै ढिँडो र हिमाली चामलको भात खानाका खादै उहाँले भन्नुभयो “यहाँको संस्कृति र जीवन साचिकै भिन्न छ । यहाँ सबै नेपाली आउनुहोस्,”

    साँझ मैकोट पुग्दा भव्य स्वागत भयो। प्रधानमन्त्री छँदा हेलिकप्टरबाट आएका प्रचण्ड यसपटक कठिन बाटो हिंडेर आइपुग्नुभएको थियो। मैकोटबासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “क्रान्तिको किल्ला रुकुम पूर्व अब विकासको नयाँ मोडेल बन्नेछ। समुदायमा आधारित समाजवादको सुरुआत यहीँबाट हुन्छ।” मगर, दलित, ठकुरीको सामूहिक बसोबास र संस्कृतिलाई समाजवादको पूर्वाभ्यास भन्दै उहाँले रुकुमेली जनतामा समाजवादको रगत रहेको बताउनुभयो।“पहिले बन्दुक बोकेर आएको थिएँ, यसपटक विकास र समृद्धिका लागि टिकट बोकेर आएको छु ।” उहाँले भन्नुभयो । साँझको बास मैकोटमै बस्नुभयो ।

    यी ८४ घण्टामा प्रचण्डले र हिउँमा खेल्दै सुरु गरेको मतदाता भेटघाटको यात्रामा सहिद परिवारलाई सम्मान गर्नुभयो, ऐतिहासिक र पर्यटकिय स्थलको अवलोकन गर्दै तिनको विस्तार र विकास गर्ने प्रतिबद्धता जनाउँनुभयो, तातोपानीमा जनतासँगै खाना खानुभयो, भूमे नाच्नुभयो, दलित घरको चुल्होमा आगो ताप्दै गन्थन गर्नुभयो ।

    प्रचण्डसँगको यात्रामा समानुपातिक उम्मेदवारहरू उपेन्द्रलाल कामी, सुनिता बुढा र नेताहरू पूर्णबहादुर घर्ती, गणेशमान पुनलगायत नेताहरु हुनुहुन्छ। चार दिनको यो यात्रा चुनावी अभियान मात्र बनेन, यो क्रान्तिको स्मृति बोकेको जिल्लामा फर्किएको भावनात्मक मिलन बन्न पुग्यो, वृद्ध युवा बालबालिका सबै खुसी भए प्रचण्डसँगै नाचे भव्य स्वागत गरे मिठो मसिनो जे घरमा छ त्यो खाना दिए आफ्नै छोरालाई जस्तै आश्रय दिए।

    रुकुमपूर्वमा प्रचण्डका बाँकी तीन दिनको कार्यक्रम अझै छ। तर चार दिनको ८४ घण्टाले यो केवल मत माग्ने अभियान मात्र नभई, इतिहासको पुनर्स्मरण र विकासको वाचा जोडिएको राजनीतिक पुनर्संवाद बन्न पुगेको छ ।क्रान्तिको स्मृति बोकेको रुकुमपूर्व अब प्रचण्डले भने जस्तै विकास र सामुदायिक समाजवादको प्रयोगशाला बन्छ कि बन्दैन हेर्न बाँकी नै छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.