Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»उम्मेदवार विश्वदीपको नेतृत्वमा बोलबममा सरसफाई
    breaking news

    उम्मेदवार विश्वदीपको नेतृत्वमा बोलबममा सरसफाई

    मिलापत्रमिलापत्र३ महिना अगाडिUpdated:३ महिना अगाडि51 Views

    बुटवल, ३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुवास पाण्डे (विश्वदीप) को अगुवाईमा महाशिवरात्री पर्वको अवसर पारेर आईतबार सैनामैनामाको बोलबम मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ । चुनावी घरदैलोको अभियानको क्रममा पाण्डेको नेतृत्वमा सरसफाई गरिएको हो ।
    रुपन्देही जिल्लाको प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित उक्त मन्दिरमा महाशिवरात्रीका अवसरमा टाढा–टाढाबाट हजारौं भक्तजन आएका थिए । बढ्दो भीडका कारण फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सरसफाइ अभियान सञ्चालन गरिएको नेकपाका नेताहरुले बताए ।
    सरसफाइका क्रममा संकलन गरिएको फोहोर व्यवस्थापन टिमलाई जिम्मा लगाइएर जनाइएको छ । कार्यक्रममार्फत धार्मिक स्थलको स्वच्छता कायम राख्न तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको उम्मेदवार पाण्डेले बताउनुभयो । उम्मेदवार पाण्डेले मन्दिरमा पुजा–अर्चना समेत गर्नुभयो ।
    उक्त अवसरमा उहाँले सैनामैनालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै यहाँ रहेको प्राकृतिक चिकित्सालयलाई पनि विश्वस्तरमा परिचित गराउन आवश्यक पहल गर्ने उहाँको भनाई थियो ।
    त्यसैगरी, यस क्षेत्रको समग्र विकास र देखिएका समस्याको समाधानका लागि निरन्तर प्रयास गर्ने उहाँ को भनाइ छ । उहाँले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का सम्पूर्ण बासिन्दालाई महाशिवरात्री पर्वको शुभकामना व्यक्त गर्नुभयो ।
    महाशिवरात्री पर्वको अवसरमा भक्तजनहरूको बाक्लो भीड लागेको छ । उक्त मन्दिर रुपन्देही जिल्लाकै प्रसिद्ध धार्मिक स्थलमध्ये एक मानिन्छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.