Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»जेन्जी आन्दोलनको अपनत्व हामी लिन्छौं, रास्वपालाई जिताउँनुहोस् : रमेश प्रसाई
    breaking news

    जेन्जी आन्दोलनको अपनत्व हामी लिन्छौं, रास्वपालाई जिताउँनुहोस् : रमेश प्रसाई

    मिलापत्रमिलापत्र३ महिना अगाडिUpdated:३ महिना अगाडि15 Views

    बुटवल, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईले रास्वपाले यसपटक चुनाव हार्यो भने देश अझै पचास बर्ष पछि धकेलिने बताउनुभएको छ । रास्वपाले चुनाव हार्दा पार्टीले मात्र नभएर देशले हार्ने उहाँको भनाई थियो ।
    बुटवलमा शुक्रबार बेलुका पार्टीको तर्फबाट पाल्पा क्षेत्र नंं १ र २ का प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुसंग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सह–प्रवक्ता प्रसाईले भन्नुभयो, ‘हामीले चुनाव हारे आफ्नै पेशा र कर्ममा फर्किउँला तर देशले पनि हार्नेछ । रास्वपाले चुनाव हारे अबको पचास वर्ष यो देशमा रवि र बालेन जस्ता नेता जन्मने छैनन् । अबको पुस्ता राजनीतिमा हाम फाल्नेवाला छैनन् ।’ देशलाई हार्न नदिन यसपटक रास्वपाका उम्मेदवारले देशैभरि चुनाव जित्नुपर्ने उहाँको तर्क थियो ।
    जेन्जी आन्दोलनका सहिदको सपनालाई सार्थक पार्न पनि रास्वपाले जित्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । जेन्जी आन्दोलनको अपनत्व आफ्नो पार्टीले लिने भन्दै नेता प्रसाईले जेन्जीले उठाएका ऐजेन्डा रास्वपाका एजेण्डा भएको दाबी गर्नुभयो । भ्रष्टाचारको अन्त्य, सुशासन र प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका जेन्जी आन्दोलनका एजेण्डालाई रास्वपाले पनि उठाउँदै आएको उहाँको भनाई थियो ।
    देशको समृद्धि र विकासका लागि रास्वपालाई भोट हाल्न आग्रह गर्दै प्रसाईले भन्नुभयो, ‘नेकपा एमालेलाई भोट हाल्नु भनेको जन्जीले उठाएका एजेन्डलाई दबाउन खोज्नु हो, काँग्रेसलाई भोट हाल्नु भनेको शेरबहादुर देउवाको घरमा जलेका पैसाको साक्षी बस्नु हो ।’ रास्वपाका नेतालाई विदेशी एजेन्ट भनेर नामकरण गर्ने एमाले काँग्रेस नै एमसीसी पास गर्ने मतियार भएको उहाँले आरोप लगाउनुभयो ।
    कार्यक्रममा पाल्पा क्षेत्र नंं २ का प्रत्यक्ष उम्मेदवार डा. माधव थापाले पाल्पाको पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गर्न चाहेको उल्लेख गर्नुभयो । पर्यटन र कृषि क्षेत्रको बहुुआयामिक विकास गरेर जनताको आयअर्जनमा टेवा पुर्याउने र जीवनस्तर उकास्ने योजनाका साथ आफूले काम गर्न चाहेको उहाँको भनाई थियो । क्षेत्रगत रुपमा जनताका आधारभूत आवश्यकता के छन् त्यसको पहिचान गरी सोही अनुरुप प्राथमिकता निर्धारण गरिने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
    पाल्पा क्षेत्र नंं १ का प्रत्यक्ष उम्मेदवार बिमल पन्तले राज्यका धेरै निकाय निरिह हुँदा जनताले चाहे अनुसार विकास नभएको भन्दै सामाजिक क्षेत्रका ब्यथिति हटाएर काम गर्न राजनीतिमा आएको उल्लेख गर्नुभयो । समानुपातिक उम्मेदवारहरु सन्दीप ढकाल र जनक न्यौपानेले पनि देशलाई नयाँ विकासको उचाईमा पुर्याउन राजनीतिमा प्रवेश गरेको बताउनुभयो ।
    कार्यक्रममा रास्वपा नेताहरु सुमन गैरे, विष्णु भण्डारी, नारायण न्यौपाने लगायतले बोल्दै अबको चुनावमा घण्टी चिन्हमा मतदान गरेर रास्वपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.