Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ६ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १७ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»सांडेकाे जुधाई बाच्छाकाे मिचाई नहाेस् : प्रचण्ड
    breaking news

    सांडेकाे जुधाई बाच्छाकाे मिचाई नहाेस् : प्रचण्ड

    मिलापत्रमिलापत्र३ महिना अगाडि4 Views

     

    बागलुङ, बुर्तिबाङ , २९ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ।

    बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उहाँले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताउनुभयो। उहाँले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको बताउनुभयो।

    “२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,” उहाँले भन्नुभयो। यो घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उहाँको भनाइ थियो।

    संयोजक प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको लडाइँ भएको बताउनुभयो। “२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ। यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,” उहाँले भन्नुभयो।

    उहाँले विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सानो देश पनि ठूला शक्तिको प्रतिस्पर्धाका लागि दुरुपयोग हुन नहुने बताउनुभयो। “नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ भन्ने खतरा देखिएको छ,” उहाँले भन्नुभयो।

    युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गर्नुभयो। “साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् भन्ने चिन्ता हामीमा छ,” उहाँले भन्नुभयो।

    निर्वाचनलाई राष्ट्र र स्वाधीनताको रक्षा गर्ने अवसरका रूपमा लिन आह्वान गर्दै उहाँले जनतालाई एकजुट भएर देशविरुद्धका जालझेल र षड्यन्त्र रोक्न सक्रिय हुन आग्रह गर्नुभयो।

    सो अवसरमा बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाको विकासलाई जोड्न आफूले विभिन्न योजना बनाउँदै गरेको उल्लेख गर्नुभयो। उहाँले बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेजस्ता युवा नेतालाई टिकट दिँदा आफूलाई गर्व महसुस भएको बताउँदै निर्वाचनमा मत दिएर जिताएर पठाए पार्टीले बागलुङ–२ का जनताको हितमा उहाँलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुभयो ।

    उक्त कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पफ्फा भुसाल तथा बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेललगायत नेताहरूले पनि सम्बोधन गर्नुभयो। उहाँहरूले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा राष्ट्रवादी शक्तिहरू एकजुट भएर देशको स्वाधीनता र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ६ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १७ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ६ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १७ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.