Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ६ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १७ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»जेन्जी आन्दोलनका एजेण्डा नेकपाकै हुन् : विश्वदीप
    breaking news

    जेन्जी आन्दोलनका एजेण्डा नेकपाकै हुन् : विश्वदीप

    मिलापत्रमिलापत्र३ महिना अगाडि34 Views

    बुटवल, २८ माघ । रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले जेन्जी आन्दोलनको भावना र मर्म अनुसार आफूले काम गर्ने बताउनुभएको छ ।
    पार्टीले बुटवल वडा नं. १० मा स्थापना गरेको प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै उम्मेदवार पाण्डेले बदलिंदो राजनीतिक परिस्थितिमा जेन्जी आन्दोनलले उठाएका जायज प्रमुुख एजेण्डाहरु आफूले आत्मसाथ गर्ने बताउनुभयो । यी एजेण्डा नेकपाले उठाउँदै आएका मागहरु नै भएको उहाँले उल्लेख गर्नुभयो ।
    उम्मेदवार पाण्डेले बुधबार बुटवलका वडा नंं १०, ११ र १२ का मतदातासंग भेटघाट तथा घरदैलो गर्नुभएको छ । भेटघाटका क्रममा उहाँले आम जनताले जीवनमा महसुस हुनेगरी विकास चाहेकाले भन्दै ब्यवहारमा देखिने गरी काम गर्ने संकल्प गर्नुभयो ।
    आफ्ना निर्वाचन क्षेत्रका जनतासंगको भेटघाट र अन्र्तक्रियाका क्रममा उहाँले जनताका विभिन्न जिज्ञासा मेटाउदै परिवर्तन कागजमा नभई व्यवहारमा देखिने गरी ल्याउन आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
    दैनिक जनताका गुनासा सुन्दै घरदैलोमा हिडेका उम्मेदवार विश्वदीपले अबका दिनमा ढाटेर आफ्नो दुनो सोझाउनेहरु बिगतमा सांसद र मन्त्री बने पनि अब बेलैमा चिनेर यसपटकको चुनावमा किनारा लगाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
    ‘यो जिम्मेवारी मतदाताको काँधमा आएको छ’, उहाँले भन्नुभयो, ‘मतदान गर्दा हजार चोटी सोच्नुहोला । पछि पछुताएर कुनै अर्थ हुनेछैन । जनताका असल प्रतिनिधि चुन्ने अवसर सधै प्राप्त हुँदैन ।’
    जनताको आवश्यकता र चाहना आफूले राम्रोसंग बुझेको बताउँदै रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार पाण्डेले नेपालमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्न सक्नेगरी काम गनुपर्ने चुनौती देशमा विद्यमान रहेको बताउनुभयो । ‘ अब चुनौती देखेर भाग्ने छुट छैन, उहाँले भन्नुभयो, ‘चुनौतीको सामना गरेर नै अवसरको सिर्जना गर्न सकिन्छ । त्यसका लागि हाम्रो पार्टी तयार छ । जनताको प्रतिनिधिका रुपमा म तयार छु । सकिन्छ , संभव छ ।’
    उम्मेदवार पाण्डे जनताका पीरमर्का बुझ्दै दैनिक आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्तासंग खटिने गरेका छन । उहाँले जेनजी आन्दोलनको मर्म र भावना अनुसार आफ्नो उम्मेदवारी रहेकोले कुनै संकोच नमानी तारा चिन्हमा मतदान गरेर विजयी बनाउन मतदातासमक्ष अपिल समेत गर्ने गनुभएको छ ।
    घरदैलोका क्रममा उनले आफू कुनै छलकपट नगरी युवा पुस्ताको ऊर्जा, नयाँ सोच र स्पष्ट विचारका साथ परिणाममुखी राजनीति गर्न दृढतापूर्वक लाग्ने विश्वास मतदातालाई दिलाउनुभएको छ । उम्मेदवार पाण्डेले भावी पुस्ताको भविश्य हेरेर देशको समृद्धि र परिवारको खुसी सुनिश्चित गर्ने महत्वपूर्ण अवसरको रुपमा फागु २१ गतेको चुनावलाई लिनुपर्ने समेत बताउनुभयो ।
    रुपन्देही क्षेत्र नं २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नं सम्मका वडा, तिलोत्तमाका १ देखि ६ नं सम्मका वडा र सैनामैनाका १ देखि ४ नं सम्मका वडामा नेकपाका नेता कार्यकर्ता र उम्मेदवार सहभागी भएर घरदैलो अभियान जारी राखेका छन ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ६ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १७ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ६ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १७ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.