Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नदी किनारका बस्ती ब्यवस्थित गर्न विश्वदीपले पहल गर्ने

    ११ घण्टा अगाडि

    जेन्जी आन्दोलनको अपनत्व हामी लिन्छौं, रास्वपालाई जिताउँनुहोस् : रमेश प्रसाई

    १८ घण्टा अगाडि

    नेकपाले बुटवलमा मनायो जनयुद्ध दिवस

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रयास भएको छ : मुख्यमन्त्री आचार्य
    breaking news

    अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रयास भएको छ : मुख्यमन्त्री आचार्य

    UsermilaBy Usermila४ दिन अगाडिUpdated:४ दिन अगाडि2 Mins Read

    बुटवल, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बुधवार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा उत्पन्न भएको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो ।
    ‘सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचार अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाएर काम अघि बढाइसकेको छ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश अग्रस्थानमा छ । तर, आज अख्तियारलाई देखाएर हुनैपर्ने काम नहुँदा सरकार मारमा परेको छ’ उहाँले भन्नुभयो–‘सरकारले बजेट छुट्याएको छ । तर, कार्यान्वयन हुन सकेको छैन । यस प्रकारका विषयमा अख्तियार व्यवहारिक हुनुपर्छ भन्ने मेरो बुझाइ छ । गल्ती गर्ने कर्मचारीलाई कठघरामा उभ्याउनुपर्छ । तर, एउटा बेनामे उजुरीको भरमा पटकपटक कर्मचारीले स्पष्टीकरण दिनुपर्दा कर्मचारीको मनोबल घटेको छ । यो कुरालाई हेक्का राख्न जरुरी छ भन्ने ठानेको छु ।’
    मुख्यमन्त्री आचार्यले कतिपय गर्नैपर्ने काम पनि अख्तियारको सिरान हालेर नगर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो ।
    ‘यो कुरा विगत वर्षहरूमा पनि जोड दिएर भनेको थिएँ । विकास निर्माणका कामहरू अघि बढाइरहेका छौं । कतिपय कामहरू ऐलानी तथा सार्वजनिक जग्गामा गर्नुपर्ने हुन्छ । तपाईंहरूले परिपत्र गरिदिनुहुन्छ, राज्यको त्यो ठाउँमा लगानी भइसकेको छ, पुर्जा नभएका ठाउँमा लगानी नगर्नु भनेर पत्र पठाइदिनुहुन्छ’उहाँले भन्नुभयो,‘राज्यको त्यहाँ करोडौं लगानी भइसकेको छ । भवन अधुरा छन् । खेल मैदान बनिरहेका छन् । अहिले आएर पुर्जा खोजिन्छ ।’
    मुख्यमन्त्री आचार्यले सबै अङ्गहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । ‘अख्तियारले हान्ने हो भने फिनि चोर्ने ठाउँमै हान्न सक्नुप¥यो । त्यो भएको छ कि छैन, त्यसको आत्मसमीक्षा गर्न जरुरी छ’ उहाँले भन्नुभयो–‘अर्को कुरा, आज हामी करप्सनका कुरा उठाइरहेका छौं । करप्सन कहाँबाट कसरी भइरहेको छ, कसले गरिरहेको छ, यसको पनि चुरो कुराको खोजबिन हुन जरुरी छ भन्ने मलाई लाग्छ । आज पनि त्यसको गाली राजनीतिक नेतृत्वले खाइरहेको छ । यसको अन्त्य हुन जरुरी छ । होला राजनीतिक नेतृत्वभित्रका दुई चार जना मान्छे बेठिक होलान् । तर, सबै आम रूपमा बेठिक छैनन्, किमार्थ छैनन्, यो म दाबीका साथ भन्छु ।’

    Related Posts

    नदी किनारका बस्ती ब्यवस्थित गर्न विश्वदीपले पहल गर्ने

    ११ घण्टा अगाडि

    जेन्जी आन्दोलनको अपनत्व हामी लिन्छौं, रास्वपालाई जिताउँनुहोस् : रमेश प्रसाई

    १८ घण्टा अगाडि

    नेकपाले बुटवलमा मनायो जनयुद्ध दिवस

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ९ महिना अगाडि388 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ७ महिना अगाडि238 Views

    आफ्नै कार्यकर्ताले साथ छोडेपछि रुपन्देही-२ मा विष्णु पौडेललाई सकस

    २ हप्ता अगाडि222 Views

    पाल्पा–२ मा रास्वपा उम्मेदवार थापालाई मतदाताको हौसला

    ७ दिन अगाडि218 Views
    Don't Miss

    नदी किनारका बस्ती ब्यवस्थित गर्न विश्वदीपले पहल गर्ने

    breaking news ११ घण्टा अगाडि

    नदी किनारका बासिन्दाले बुझाए ज्ञापनपत्र बुटवल, २ फागुन । बुटवलको तिनाउ–दानव नदी वरिपरिका बासिन्दाले रुपन्देही…

    जेन्जी आन्दोलनको अपनत्व हामी लिन्छौं, रास्वपालाई जिताउँनुहोस् : रमेश प्रसाई

    १८ घण्टा अगाडि

    नेकपाले बुटवलमा मनायो जनयुद्ध दिवस

    १ दिन अगाडि

    सांडेकाे जुधाई बाच्छाकाे मिचाई नहाेस् : प्रचण्ड

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.