Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
पश्चिम् नवलपरासी, पुस ११ गते । समाजमा जकडिएर रहेको दाइजो प्रथा र यसबाट सिर्जित हिंसा अन्त्यका लागि पश्चिम् नवलपरासीका मुस्लिम धर्मगुरु तथा मदरसाका शिक्षकहरूले संगठित अभियान सुरु गरेका छन्। दाइजोविरुद्ध सामूहिक प्रतिबद्धता समेत जनाएका छन्। मदरसामा शिक्षण गर्ने शिक्षक र धार्मिक सभाहरूमा प्रभाव राख्ने धर्मगुरुहरूले अब पठनपाठन र धार्मिक प्रवचनको क्रममा अनिवार्य रूपमा दाइजोविरुद्ध सचेतना फैलाउने निर्णय गरेका छन्। ओल्मा काउन्सिलका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसेन मन्जरीका अनुसार, यो अभियान मदरसामा मात्र सीमित नभई गाउँ–गाउँमा हुने धार्मिक कार्यक्रमसम्म लगिने बताइएको छ । अध्यक्ष मन्जरीले भन्नुभयो, “दाइजोले महिलामाथि हिंसा मात्र बढाएको छैन, यसले समाजलाई नै विकृत बनाएको छ। मुस्लिम समाजलाई दाइजोमुक्त…
बुटवल, पुस ९ गते । नदीजन्य सामग्रीको अभावले बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम सुस्त हुने अवस्था आएको छ । निर्माण सुरु भएको करिब एक वर्षको बिचमा १७ प्रतिशत काम सम्पन्न भए पनि केही दिनयता भने निर्माणको काम सुस्त हुँदै गएको हो । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले नदीजन्य सामग्री अभावका कारण सडक विस्तारको काम केही दिनयता सुस्त भएको जनाएको छ । अहिलेसम्म सडकका दुवैतर्फ नाली निर्माण, डाइभर्सन, कलभर्ट र बाउन्ड्री वालको काम करिब सम्पन्न भए पनि अबको दिनमा सब बेसको काम गर्दा ढुङ्गा, बालुवा, गिट्टी र मिस्कट आवश्यक पर्ने भएकाले निर्माण सामग्री अभावले समस्या भइरहेको आयोजनाको भनाइ छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलकी प्रमुख…
बुटवल, पुस ६ गते । केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँचीसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुस गरिएको छ । शीतलहरले चिसो बढेपछि बुटवल तथा भैरहवाका सडकमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ । खास गरेर जाडोका कारण बालबालिका, विपन्न, वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले बताउनुभयो । जिल्ला विपत् व्यवस्थापन समिति रुपन्देहीको केही दिनअघि बसेको बैठकले शीतलहर जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ स्वीकृत गरी प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले…
रुपन्देही, ३ पुस । अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचनक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । उहाँले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दललाई आग्रह गर्नुभयो । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उुद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताउनुभयो । ‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छैन, यो…
रुपन्देही, ३ पुस । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८ विहिबार समापन भएको छ । “स्थानीय बजारमा खरिद गरांै, स्थानीय बजारको प्रवद्र्धन गरांै, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं” भन्ने मुल नाराका साथ तिलोत्तमा उद्योग ब्यापार संगठनले सञ्चालन गरेको महोत्सव सकिएको हो । मेला मुल आयोजक समिति संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमका अनुसार महोत्सवको साढे तीन लाख दर्शकले अवलोकन गरेका छन् भने १० करोडको आर्थिक कारोबार भएको छ । समापन समारोहमा नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले स्थानीय बजारको प्रवद्र्धन र…
रुपन्देही, १ पुस । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ पुस ३ गते समापन हुने भएको छ । महोत्सवमा दर्शकको चाप बढेकाले दर्शकको माग अनुसार थप दुई दिन महोत्सव चल्ने आयोजकले जनाएका छन् । मेला मुल आयोजक समिति संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमका अनुसार मेलामा दर्शकको चाप बढेकाले दुई दिन समयावधि बढाइएको हो । महोत्सवमा तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता पनि जारी रहेको खेल संयोजक विवस थापाले जानकारी दिनुभयो । प्रतियोगितमा बिजेताले ५० हजार दोस्रोले ३०, तेस्रोले २० तथा सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार…
बुटवल, २९ मंसिर । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला पक्षले विशेष दिन आग्रह गर्दै आयोजकलाई साथ दिने प्रतिवद्धता जनाएका छन । सोमबार प्रदर्शनी स्थलमा संघले यस क्षेत्रका सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाको नेतृत्व तथा सुरक्षा उपसमितिका सदस्यहरुबीच आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले प्रदर्शनी र महोत्सवहरुमा विभिन्न स्वार्थ राखेर आउनेहरुको विशेष ख्याल गरिने, आयोजकको तर्फबाट राखिने सुरक्षा संयन्त्रलाई विशेष चनाखो राखिने र सुरक्षा निकायहरुबाट आवश्यक सुरक्षा सर्तकता अपनाइने गरी यसलाई सफल बनाउनुपर्ने जनाएका…
रुपन्देही, २६ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ मा जलपरी स्टलमा दर्शकको आकर्षण बढेको छ । खासगरी रसीयन युवतीहरुले माछाको आकृतिमा सजिएर पानीभित्र खेल्ने खेललाई जलपरी भनिन्छ । यस खेलमा विदेशी युवतीहरुले आफ्नो पौडीकला देखाउने गरेका छन् । जलपरीको स्टलमा दर्शकको आकर्षण बढेको आयोजकले जनाएका छन् । जलपरी स्टल अवलोकन गर्न आउनुभएका बुटवलका बिरबहादुर दर्लामीले निकै रमाईलो खेलका रुपमा जलपरी स्टल रहेको बताउनुभयो । जलपरीको उचित ब्यवस्थापनको लागि पानीको प्रबन्ध गरिएको खानेपानी तथा विद्युत ब्यवस्थापन संयोजक सुर्य चापागाईले बताउनुभयो । महोत्सवमा मंसिर २९ गते सोमबारदेखि तिलोत्तमा नगर वडास्तरीय भलिवल…
रुपन्देही, २२ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ । लण्डन शहरको टेम्स नदीमाथि बनाइएको ऐतिहासिक पुल (लण्डन बिज्र) को नमूना बनाइएको उक्त गेटमा दर्शकहरुले टिकटक बनाउने तथा फोटो खिच्ने गरेका छन् । लण्डनमा पर्यटकको एक महत्वपूर्ण गन्तब्य रहकोे लण्डान ब्रिजको आकृतिले महोत्सवमा आउने दर्शकहरुलाई आकर्षित गरेको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताउनुभयो । महोत्सव स्थलको लण्डन ब्रिजमा टिकटक बनाउदै गर्नुभएका तिलोत्तमाका स्थानीय मुना नेपालले भन्नुभयो, ‘मेला हेर्नमा भन्दा पनि…
गुल्मी, मङ्सिर २० गते । गाउँमा युवा जनशक्ति दैनिक पलायन भइरहेको छ । काम गर्ने उमेरका युवाहरु गाउँमा नभएपछि उर्वर जमिन बाँझा बन्दै गएका छन् । भरथेग गरेर उद्यम गरिरहेका युवाहरुमा पनि लामो आशा र सपना देखिदैन् । सोही अवस्थाको अन्त्य गर्न रेसुंगा नगरपालिकाले ‘मिसन रोजगारी’ कार्यक्रम प्रारम्भ गरेको छ । यो कार्यक्रमले उद्यमशीलतामा अभिवृद्धि, नयाँ खोज, व्यवसायीक सीप र रोजगारी प्रवर्धका लागि युवा उद्यमीलाई प्राथमिकता दिनेछ । दायित्वको सहकार्यमा एक सय ८० दिनको परिणाम आउने गरेर ‘मिसन रोजगारी’ तीन चरण सञ्चालन गर्ने दायित्व कार्यक्रमका संयोजक संजय पोखरेलले बताउनुभयो । भर्खरैबाट आवेदन आह्वान गरिएको छ । यो कार्यक्रमबाट ४० व्यवसायिक…
