Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बुटवल मेलाकाे तयारी अन्तिम चरणमा
    breaking news

    बुटवल मेलाकाे तयारी अन्तिम चरणमा

    मिलापत्रमिलापत्र५ महिना अगाडि8 Views

    बुटवल, २९ मंसिर । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला पक्षले विशेष दिन आग्रह गर्दै आयोजकलाई साथ दिने प्रतिवद्धता जनाएका छन ।
    सोमबार प्रदर्शनी स्थलमा संघले यस क्षेत्रका सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाको नेतृत्व तथा सुरक्षा उपसमितिका सदस्यहरुबीच आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले प्रदर्शनी र महोत्सवहरुमा विभिन्न स्वार्थ राखेर आउनेहरुको विशेष ख्याल गरिने, आयोजकको तर्फबाट राखिने सुरक्षा संयन्त्रलाई विशेष चनाखो राखिने र सुरक्षा निकायहरुबाट आवश्यक सुरक्षा सर्तकता अपनाइने गरी यसलाई सफल बनाउनुपर्ने जनाएका छन् । आयोजक समितिको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद पराजुलीले सबैका सुझावका आधारमा यसलाई अघि बढाइने जानकारी दिनुभयो ।
    संघका द्वितीय उपाध्यक्ष तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक युवराज आचार्यले आयोजकबाट तयारी गरिएको सुरक्षा सँगै सरकारी सुरक्षा निकायको समन्वयमा सुरक्षा योजना बनाइएको बताउँदै यसका लागि यो क्षेत्रका अनुभवीहरु सँग निरन्तर सुझाव सल्लाह लिइरहने बताउनुभयो ।
    सोमबारको बैठकमा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख इन्द्र बहादुर राना, सशस्त्र प्रहरी बलबाट चन्द्रमणि पौडेल, प्रहरी निरीक्षक डम्बरदेव गिरी सहित नेपाल उद्योग परिसंघका लुम्बिनी अध्यक्ष एजाज आलम, चेम्बर अफ कमर्शका लुम्बिनी अध्यक्ष टंक पोखरेल, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष माधव पौडेल, निवर्तमान अध्यक्ष दिलिप सापकोटा, उद्योगी भूपाल कुमार श्रेष्ठले लामो समयको प्रदर्शनीको अनुभवमा अपनाइएका सुरक्षा रणनीति अपनाउन सुझाव दिनुभएके थियो । बैठक महासचिव सुमन बस्यालले संचालन गर्नुभएको थियो ।
    प्रदर्शनीका सम्पन्न गर्नका लागि संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरेर सबै तयारी अन्तिम चरणमा छ । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्र्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुने र यसको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने र स्वदेशी उत्पादनलाई मात्रै यहाँ स्थान दिइनेगरी संघले दर्ता हुने स्टलहरुलाई कडा नियम बनाएको छ ।
    अहिले स्टल निर्माणको काम अन्तिम चरणमा भइरहेको र प्रचारको काम पनि सबैतिर भएको प्रचार संयोजक ई किरण खरेलले जानकारी दिनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ८ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.