Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १६ मिनेट अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»तिलोत्तमा मेला सकियो, १० करोडको कारोवार
    breaking news

    तिलोत्तमा मेला सकियो, १० करोडको कारोवार

    मिलापत्रमिलापत्र५ महिना अगाडि42 Views

    रुपन्देही, ३ पुस । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८ विहिबार समापन भएको छ । “स्थानीय बजारमा खरिद गरांै, स्थानीय बजारको प्रवद्र्धन गरांै, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं” भन्ने मुल नाराका साथ तिलोत्तमा उद्योग ब्यापार संगठनले सञ्चालन गरेको महोत्सव सकिएको हो ।
    मेला मुल आयोजक समिति संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमका अनुसार महोत्सवको साढे तीन लाख दर्शकले अवलोकन गरेका छन् भने १० करोडको आर्थिक कारोबार भएको छ ।
    समापन समारोहमा नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले स्थानीय बजारको प्रवद्र्धन र स्वदेशी वस्तुको प्रयोगको लागि मेलाले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । उहाँले स्वदेशी बस्तुको उत्पादन गर्ने उत्पादक र खरिदकर्ताको प्रत्यक्ष जमघट गराउन पनि यस्ता मेला महोत्सवले सहयोग गर्ने बताउनुभयो ।
    नेपाल उद्योग व्यापार महासंघ केन्द्रिय महासचिव खिमनारायण पराजुली, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स उपाध्यक्ष झविन्द्र कडेल, उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णु पाण्डे लगायत राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिले धारणा राख्दै मेलाले स्वदेशी उत्पादनको प्रचार प्रसारमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
    महोत्सवमा तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता पनि सम्पन्न भएको थियो । खेल संयोजक विवस थापाका अनुसार प्रतियोगितामा वडा नं. ८ प्रथम, ७ दिद्धिय, १ तीतृय र सान्त्वना वडा नं. ११ भएका थिए । प्रतियोगितमा बिजेताले ५० हजार दोस्रोले ३०, तेस्रोले २० तथा सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गरेका छन् । विजेताहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिएको छ । त्यस्तै विभिन्न प्रतियोगिताका बिजेता तथा सहयोगी संघसंस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
    महोत्सवमा खासगरी रसीयन युवतीहरुले माछाको आकृतिमा सजिएर पानीभित्र खेल्ने खेललाई जलपरीको स्टल, गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा पनि दर्शकको आकर्षण रहेको थियो ।
    त्यस्तै महोत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको थियो । मंसिर १५ गतेबाट शुरु भएको महोत्सव १७ दिन चलेको थियो । मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा ब्यापार संघ रहेका थिए

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १६ मिनेट अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news १६ मिनेट अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.