Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»तिलोत्तमा मेलामा नमूना लण्डन ब्रिजको आकर्षण
    breaking news

    तिलोत्तमा मेलामा नमूना लण्डन ब्रिजको आकर्षण

    मिलापत्रमिलापत्र५ महिना अगाडि32 Views

    रुपन्देही, २२ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।
    लण्डन शहरको टेम्स नदीमाथि बनाइएको ऐतिहासिक पुल (लण्डन बिज्र) को नमूना बनाइएको उक्त गेटमा दर्शकहरुले टिकटक बनाउने तथा फोटो खिच्ने गरेका छन् । लण्डनमा पर्यटकको एक महत्वपूर्ण गन्तब्य रहकोे लण्डान ब्रिजको आकृतिले महोत्सवमा आउने दर्शकहरुलाई आकर्षित गरेको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताउनुभयो ।
    महोत्सव स्थलको लण्डन ब्रिजमा टिकटक बनाउदै गर्नुभएका तिलोत्तमाका स्थानीय मुना नेपालले भन्नुभयो, ‘मेला हेर्नमा भन्दा पनि टिकटक बनाउन लण्डन ब्रिजमा आएका हौं, निकै रमाईलो लागेको छ ।’
    त्यस्तै होत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, जलपरी, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ । महोत्सको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने गरेको जीएमले उल्लेख गर्नुभयो ।
    महोत्सव स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र प्रचारप्रसार गर्न उपयुक्त अवसर सुजना गरेको र साना ठूला सबै उद्योगी ब्यवसायीले यसको सदुपयोग गर्नुपर्ने आयोजकको भनाई छ ।
    मंसिर १५ गतेबाट शुरु भएको महोत्सव पुस १ गतेसम्म चल्नेछ । मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने गरेको सांस्कृतिक कार्यक्रम संयोजक युवराज पराजुलीले बताउनुभयो ।
    मेला सफल पार्न तिलोत्तमाका सबै संघ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाको सहयोग रहेको पराजुलीले बताउनुभयो । मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा ब्यापार संघ रहेका छन् ।
    महोत्सवमा तीन सय स्टलहरु सहभागी गराइएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।
    त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिताहरु जारी रहेका छन् । सोमबार कलाकारहरु रबि रिमाल, जमुना राना, बसन्त लम्साल, जिया भूसाल, दुर्गा गुरुङ तथा सोनी डान्स ग्रुप र गोेल्डेन स्टार केला केन्द्रको प्रस्तुति रहेका थिए । मंगलबार कलाकारहरु सिर्जना खत्री, लक्ष्मी बस्नेत, दामोदर बस्याल लगायतको प्रस्तुति रहने छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.