Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»युवा पलायन राेक्न “मिशन राेजगारी” कार्यक्रम
    breaking news

    युवा पलायन राेक्न “मिशन राेजगारी” कार्यक्रम

    मिलापत्रमिलापत्र५ महिना अगाडि4 Views

    गुल्मी, मङ्सिर २० गते । गाउँमा युवा जनशक्ति दैनिक पलायन भइरहेको छ । काम गर्ने उमेरका युवाहरु गाउँमा नभएपछि उर्वर जमिन बाँझा बन्दै गएका छन् । भरथेग गरेर उद्यम गरिरहेका युवाहरुमा पनि लामो आशा र सपना देखिदैन् ।

    सोही अवस्थाको अन्त्य गर्न रेसुंगा नगरपालिकाले ‘मिसन रोजगारी’ कार्यक्रम प्रारम्भ गरेको छ । यो कार्यक्रमले उद्यमशीलतामा अभिवृद्धि, नयाँ खोज, व्यवसायीक सीप र रोजगारी प्रवर्धका लागि युवा उद्यमीलाई प्राथमिकता दिनेछ ।

    दायित्वको सहकार्यमा एक सय ८० दिनको परिणाम आउने गरेर ‘मिसन रोजगारी’ तीन चरण सञ्चालन गर्ने दायित्व कार्यक्रमका संयोजक संजय पोखरेलले बताउनुभयो । भर्खरैबाट आवेदन आह्वान गरिएको छ ।

    यो कार्यक्रमबाट ४० व्यवसायिक फर्म लाभान्वित हुनेछन् । ति मध्येबाट ४० उद्यमीलाई सक्षमीकरण, ४० बाट छनोट भएका २० उद्यमीलाई स्तरीकरण र अन्तिममा १० उद्यमीलाई स्तरोन्नती गरिने पोखरेलले जानकारी दिनुभयो । उद्यमीहरुलाई तालिम, ज्ञान, सीप र प्रविधि हस्तान्तरण गरिनेछ । यो कार्यक्रले उद्यमीलाई अनुदानको भरबाट माथि उठाएर आफैं लगानी गर्न सक्ने अवस्थामा उकास्ने योजना दिनेछ । दायित्वले पूरक साझेदारी गरि लगानी, उत्पादन, बजारीकरण र परिणाम लिनेगरि रोजगारी वृद्धि गर्न सहयोग गर्नेछ ।

    प्रतिस्पर्धात्मक उद्यमी तयार गर्न ‘मिसन रोजगारी’ १८० दिन चल्नेछ । उद्यमीहरुले आवेदन भरेपछि गाउँगाउँमा उद्यमीसँग भेटेरै कार्यक्रम सुरुवात हुनेछ । रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रोजगारी सिर्जना नभए युवाहरुको विदेश पलायन रोक्न असम्भव भएको बताउनुभयो । उहाँले आफ्नै गाउँघरको माटोमा समृद्धि खोज्ने संस्कार, श्रमको सम्मान र समृद्धिका लागि ‘मिसन रोजगारी’ कार्यक्रम शुभारम्भ गरेको बताउनुभयो । आफुहरुले सहयोग र सद्भाव दिइरहेका युवाहरु पनि धमाधम विदेश गइरहेको, उद्यम अलपत्र परेको र फछि परदेशमा समेत दुःख पाएको स्थितिमा ‘मिसन रोजगारी’ एउटा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ८ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.