Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»दाइजाेमुक्त समाज निर्माणकालागि अभियान
    breaking news

    दाइजाेमुक्त समाज निर्माणकालागि अभियान

    मिलापत्रमिलापत्र५ महिना अगाडि2 Views

    पश्चिम् नवलपरासी, पुस ११ गते । समाजमा जकडिएर रहेको दाइजो प्रथा र यसबाट सिर्जित हिंसा अन्त्यका लागि पश्चिम् नवलपरासीका मुस्लिम धर्मगुरु तथा मदरसाका शिक्षकहरूले संगठित अभियान सुरु गरेका छन्। दाइजोविरुद्ध सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।

    ​मदरसामा शिक्षण गर्ने शिक्षक र धार्मिक सभाहरूमा प्रभाव राख्ने धर्मगुरुहरूले अब पठनपाठन र धार्मिक प्रवचनको क्रममा अनिवार्य रूपमा दाइजोविरुद्ध सचेतना फैलाउने निर्णय गरेका छन्। ओल्मा काउन्सिलका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसेन मन्जरीका अनुसार, यो अभियान मदरसामा मात्र सीमित नभई गाउँ–गाउँमा हुने धार्मिक कार्यक्रमसम्म लगिने बताइएको छ ।

    अध्यक्ष मन्जरीले भन्नुभयो, “दाइजोले महिलामाथि हिंसा मात्र बढाएको छैन, यसले समाजलाई नै विकृत बनाएको छ। मुस्लिम समाजलाई दाइजोमुक्त बनाएर हामीले अन्य समुदायका लागि पनि उदाहरण प्रस्तुत गर्नुपर्छ।”

    ​अगुवाहरूले आफ्ना छोराछोरीको विवाह गर्दा दाइजो लेनदेन नगर्ने भनी शपथ लिएका छन्। दाइजोलाई कानुनी र धार्मिक दुवै दृष्टिले अपराधको रूपमा अथ्र्याउँदै वक्ताहरूले यसलाई जरैदेखि उखेल्नु पर्नेमा जोड दिएका छन् ।

    ​कार्यक्रममा दाइजो प्रथाका अतिरिक्त मुस्लिम समाजमा बढ्दै गएको अन्य विकृतिहरूजस्तै ​जुवातास र मदिरापान, ​मिटरब्याज (शुदखोरी) र ​धार्मिक कट्टरता र विसंगति​जस्ता विषयमा कडा निगरानी राख्ने र सुधारका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    नेपालको विकासमा मुस्लिम समुदायको अहम् भूमिका रहने उल्लेख गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै एकजुट हुनुपर्ने सन्देश दिएका छन्। धर्म र संस्कृतिको नाममा छिरेका कुरीतिहरू हटाएर मात्र समुन्नत समाजको निर्माण सम्भव हुने उनीहरूको निष्कर्ष छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ८ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.