रुपन्देही, १ पुस । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ पुस ३ गते समापन हुने भएको छ । महोत्सवमा दर्शकको चाप बढेकाले दर्शकको माग अनुसार थप दुई दिन महोत्सव चल्ने आयोजकले जनाएका छन् ।
मेला मुल आयोजक समिति संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमका अनुसार मेलामा दर्शकको चाप बढेकाले दुई दिन समयावधि बढाइएको हो ।
महोत्सवमा तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता पनि जारी रहेको खेल संयोजक विवस थापाले जानकारी दिनुभयो । प्रतियोगितमा बिजेताले ५० हजार दोस्रोले ३०, तेस्रोले २० तथा सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गर्नेछन् ।
मेलामा जलपरी स्टलमा आकर्षण बढेकाे छ । सगरी रसीयन युवतीहरुले माछाको आकृतिमा सजिएर पानीभित्र खेल्ने खेललाई जलपरि भनिन्छ । जलपरीको स्टलमा दर्शकको आकर्षण बढेको आयोजकले जनाएका छन् । त्यस्तै मेला गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा पनि दर्शकको आकर्षण बढेको छ । लण्डन शहरको टेम्स नदीमाथि बनाइएको ऐतिहासिक पुल (लण्डन बिज्र) को नमूना बनाइएको गेटमा दर्शकहरुले टिकटक बनाउने तथा फोटो खिच्ने गरेका छन् ।
त्यस्तै होत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ । महोत्सको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने गरेको संगठनका उपाध्यक्ष भूपति न्यौपानेले उल्लेख गर्नुभयो ।
मंसिर १५ गतेबाट शुरु भएको महोत्सव पुस ३ गतेसम्म चल्ने भएको हो । मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने गरेको सांस्कृतिक कार्यक्रम संयोजक युवराज पराजुलीले बताउनुभयो । उहाँका अनुसार मंगलबार दुर्गेश थापालगायतका कलाकारले मनोरञ्जन दिने र बुधबार शान्तिश्री परियार, रुपक डोटेल लगायतको प्रस्तुति रहने छ ।
मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा ब्यापार संघ रहेका छन् ।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

