Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १६ मिनेट अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»तिलाेत्तमा मेलामा जलपरीकाे आकर्षण, साेमबारदेखि भलिबल प्रतियाेगिता
    breaking news

    तिलाेत्तमा मेलामा जलपरीकाे आकर्षण, साेमबारदेखि भलिबल प्रतियाेगिता

    मिलापत्रमिलापत्र५ महिना अगाडिUpdated:५ महिना अगाडि48 Views
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 34;

    रुपन्देही, २६ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ मा जलपरी स्टलमा दर्शकको आकर्षण बढेको छ ।
    खासगरी रसीयन युवतीहरुले माछाको आकृतिमा सजिएर पानीभित्र खेल्ने खेललाई जलपरी भनिन्छ । यस खेलमा विदेशी युवतीहरुले आफ्नो पौडीकला देखाउने गरेका छन् । जलपरीको स्टलमा दर्शकको आकर्षण बढेको आयोजकले जनाएका छन् । जलपरी स्टल अवलोकन गर्न आउनुभएका बुटवलका बिरबहादुर दर्लामीले निकै रमाईलो खेलका रुपमा जलपरी स्टल रहेको बताउनुभयो । जलपरीको उचित ब्यवस्थापनको लागि पानीको प्रबन्ध गरिएको खानेपानी तथा विद्युत ब्यवस्थापन संयोजक सुर्य चापागाईले बताउनुभयो ।
    महोत्सवमा मंसिर २९ गते सोमबारदेखि तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता पनि शुरु गरिने खेल संयोजक विवस थापाले जानकारी दिनुभयो । प्रतियोगितमा बिजेताले ५० हजार दोस्रोले ३०, तेस्रोले २० तथा सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गर्नेछन् ।
    महोत्सवको गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ । लण्डन शहरको टेम्स नदीमाथि बनाइएको ऐतिहासिक पुल (लण्डन बिज्र) को नमूना बनाइएको गेटमा दर्शकहरुले टिकटक बनाउने तथा फोटो खिच्ने गरेका मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताउनुभयो ।
    त्यस्तै होत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ । महोत्सको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने गरेको संगठनका उपाध्यक्ष भूपति न्यौपानेले उल्लेख गर्नुभयो ।
    महोत्सव स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र प्रचारप्रसार गर्न उपयुक्त अवसर सुजना गरेको र साना ठूला सबै उद्योगी ब्यवसायीले यसको सदुपयोग गर्नुपर्ने आयोजकको भनाई छ ।
    मंसिर १५ गतेबाट शुरु भएको महोत्सव पुस १ गतेसम्म चल्नेछ । मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने गरेको सांस्कृतिक कार्यक्रम संयोजक युवराज पराजुलीले बताउनुभयो ।
    मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा ब्यापार संघ रहेका छन् ।
    महोत्सवमा तीन सय स्टलहरु सहभागी गराइएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।
    त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिताहरु जारी रहेका छन् ।

    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
    brp_del_th:null;
    brp_del_sen:null;
    delta:null;
    module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १६ मिनेट अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news १६ मिनेट अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.