Author: मिलापत्र

सैनामैनाका चार वडामा घरदैलो अभियान रुपन्देही, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार विश्वदीप पाण्डे (सुवास) ले सधैव यहाँका जनताको सेवा गर्ने गरी आफू राजनीतिमा आएको बताउनुभएको छ । निर्वाचनमा हारजीत जेसुकै भएपनि जनताको साथ नछोड्ने उहाँको भनाई छ । मंगलबार बुटवलमा वडा नं. ११ को प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै युवा नेता पाण्डेले देशको पछिल्लो राजनीतिक अवस्थाबारे परिचर्चा गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीले नै जेन्जी आन्दोलनको मर्म र भावना अनुसार काम गर्न सक्ने बताउँदै पार्टीले सोही अनुसार आफूलाइं यस निर्वाचन क्षेत्रमा…

Read More

मिलापत्रखबर संवाददाता बुटवल, १९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि उम्मेद्वारी दिएका रुपन्देही क्षेत्र नं. २ का उम्मेद्वारबीच यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ पाका, पुराना र नाम चलेका नेताहरुलाई चुनौती दिन धेरैजसो युवा नेताहरुले उम्मेद्वारी दिएका छन् । यस निर्वाचन क्षेत्रमा चुनाव जित्दै आएका नेकपा एमालेका सदावहार उम्मेद्वार विष्णुप्रसाद पौडेललाई यसपटक नयाँ उम्मेद्वारले पराजीत गर्ने धेरैको आंकलन छ । यहाँ चुनाव जित्दै आएका पौडेललाई यसपटक अन्य दलका सशक्त युवा नेताले मात्र होइन आफ्नै दलका युवाले समेत चुनौति दिएका छन् । यहाँ पहिलो पटक उम्मेद्वारी दिएका नेपाली काँग्रेसका उम्मेद्वार चुन्नु पौडेल…

Read More

रुपन्देही,  १८ माघ । आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार सोमप्रसाद पाण्डेले पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक शहर बनाइने बताउनुएको छ । नेता पाण्डेले आईतबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी आफ्ना चुनावी एजेण्डाहरु बताउनुभएको हो । पाल्पाको तानसेनलाई भक्तपुर जस्तै ऐतिहासिक पर्यटकीय शहर बनाउन चाहेको बताउनुभयो । तानसेनलाई लुम्बिनीसंग जोडेर बुद्ध गार्डेनका रुपमा विकास गर्न श्रीनगरमा बौद्ध मन्दिर बनाउने अवधारणा आफूले ल्याएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनीमा आउने पर्यटकलाई तानसेन ल्याउन र पर्यटकीय शहरका रुपमा यसलाई विकास गर्न तानसेनमा विशाल बौद्ध मन्दिर बनाउने…

Read More

बुटवल, १५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जी सी निर्मलको संयोजकत्वमा गठित समितिको सह संयोजकमा कमल बस्याल, निर्देशक अनुगमन र मत सर्वेक्षण समितिको संयोजकमा पार्टीका केन्द्रिय सदस्य राम परियार रहेका छन । नेपाली कम्युनिष्ट पार्टीले बिहिबार बुटवलमा निर्वाचन परिचालन समितिको घोषणा गर्दै फागुन २१ गते हुने निर्वाचन नियमित संसदीय निर्वाचन नभई जेनजी आन्दोलनले निम्त्याएको विशेष निर्वाचन भएकोले सम्पूर्ण शक्ति लगाएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएको…

Read More

रुपन्देही, १५ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा रहेको अति पुरानो र चर्चित धार्मीक, पर्यटकीय स्थल श्री रामजानकी शिव मन्दिर (कुटी) मा श्रीमतद्भागवत महापुराण तथा श्रृगारिक महाआरती २०८२ हुनेभएको छ । यही माघ १७ गतेदेखि २३ गतेसम्म संचालन हुने महापुराण तथा महाआरतीको तयारी तीब्र पारिएको छ । बिहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी आयोजक रामजानकी शिव मन्दिर एवं यज्ञ सम्पादन मूल समितिले यसबारे जानकारी गराएको हो । समितिका अध्यक्ष खेमेन्द्र रानाले यो तेस्रो पटक गर्न लागिएको महापुराण तथा महाआरतीको सात दिनको अवधिमा विभिन्न धार्मिक कार्यक्रमहरु गरिने जानकारी दिनुभयो । यसअवधिमा कथावाचक पण्डित चन्द्रकान्त काफ्लेले श्रीमद्भागवत कथा बाचन…

Read More

भुवन कार्की बुटवल, १४ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि देशभर उम्मेद्वारले चुनावी गतिविधिहरु गरिरहेका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको पाल्पा जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । पाल्पा क्षेत्र नं. २ को निर्वाचनमा यसपटक निकै रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । केही पुराना र केही नयाँ उम्मेद्वारबीच चुनावी लडाई हुन लागेको हो । यस क्षेत्रमा नेपाली काँग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेकपा एमालेबाट ठाकुर गैरे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट सोमप्रसाद पाण्डे, राप्रपाबाट डुलबहादुर कुँवर लगायत अरु विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् । यस निर्वाचन क्षेत्रमा यसअघि…

Read More

बुटवल, १३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेद्वार सोमप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको बताउनुभएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ स्थित दोभानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका नेता पाण्डेले शिद्धबाबा क्षेत्रमा सवारी दुर्घटना बढेकाले सुरुङमार्ग निर्माण गर्नुपर्छ भनी पहिलो पटक प्रस्ताव गरेर अर्थमन्त्रालयलाई पहलका लागि दबाव आफूले दिएको उल्लेख गर्नुभयो । पाण्डेले भन्नुभयो, ‘यसै तिनाउ गाउँपालिकामा पर्ने शिद्धबाबा क्षेत्रमा पहिलो पटक सुरुङमार्ग निर्माण गर्नुपर्छ…

Read More

रुपन्देही, १२ माघ । फर्निचर उद्योग संघ रूपन्देहीको आयोजनामा भएको उद्योगीहरूको भेलामा सैनामैना नगर स्तरीय फर्निचर अनुगमन उपसमिति चयन गरिए काे छ । । सैनामैना नगर स्तरिय फर्निचर अनुगमन उपसमितीमा सयोजक प्रकाश पराजुली सह सयोजक नारायणदत शर्मा सचीव सुजन चौधरी,सदस्यहरु सुदन रेस्मी ,ईन्द्र कमल पौडेल ,बिसम्बर मल्लहा ,कमल पाण्डे ,छबिलाल पाण्डे ,कुलराज गौतम ,बिस्नु प्रसाद काफ्ले ,रिमा कुवर ,सरोज श्रेष्ठ सहित १२ सदस्यीय समिती चयन गरेको छ। भेलामा संघका अध्यक्ष जिबकान्त काफ्ले ले फर्निचर संघ रूपन्देही स्थापना कालदेखि नै अनुगमनलाई नियमित गर्दै आएको भन्दै यसबाट बिना दर्ता काम गर्ने समूह घुमन्ते कामदार, ठेकेदार समूहलाई रोक्ने महत्वपूर्ण अभियान भएको बताए ।भेलामा…

Read More

बुटवल, १२ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वकिल मुसलमानलाई विजयी गराउने उद्देश्यले गैडहवा र कञ्चन गाउँ कमिटीले निर्वाचन परिचालन समिति गठन गरेका छन् । सोमबार बसेको दुवै गाउँ कमिटीको विस्तारित बैठकले एक पालिकामा ५०१ जना सदस्य रहने गरी छुट्टा छुट्टै निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकबाट कञ्चन गाउँ कमिटीको संयोजकमा विनोद कुमार पुन र सह–संयोजकमा रामबहादुर बिक चयन भएका छन् भने गैडहवा गाउँ कमिटीको संयोजकमा दानबहादुर घर्ती, सह–संयोजकमा कल्लु प्रसाद थारु र पुष्परतन पाण्डे चयन भएको निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक हिराबहादुर रोकाले जानकारी दिए । विस्तारित…

Read More

बुटवल, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ काे लागि रुपन्देही जिल्ला क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेद्वार शुभाष पाण्डे (विश्वदीप)को संक्षिप्त परिचय यस्तो छ : जनयुद्धदेखि शान्ति प्रक्रियासम्म, संघीय समावेशी गणतन्त्रको स्थापना यात्रादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्म अनि नेपालको ऐतिहासिक राजनीतिक मोडहरुमा शीर्षस्थ नेतृत्वसँगै रहेर उनले निर्वाह गरेको भूमिका उल्लेखनीय छ । आन्दोलन, संक्रमण र राज्यनिर्माणका जटिल चरणहरुमा उनको सक्रिय सहभागिता केवल अनुभव मात्र होइन, जिम्मेवारीको प्रमाण पनि हो । राजनीतिक विरासत र जिम्मेवारी राजनीति र जनसेवा विश्वदीपका लागि सिकाइको विषय मात्र होइन, उनेको विरासत हो । नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित…

Read More