Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ३ घण्टा अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    ८ घण्टा अगाडि

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक अनुगमन

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»को हुन् पाल्पा–२ का रास्वपा उम्मेद्वार डा. माधव थापा ?
    breaking news

    को हुन् पाल्पा–२ का रास्वपा उम्मेद्वार डा. माधव थापा ?

    मिलापत्रमिलापत्र३ महिना अगाडि153 Views

    भुवन कार्की
    बुटवल, १४ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि देशभर उम्मेद्वारले चुनावी गतिविधिहरु गरिरहेका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको पाल्पा जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । पाल्पा क्षेत्र नं. २ को निर्वाचनमा यसपटक निकै रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । केही पुराना र केही नयाँ उम्मेद्वारबीच चुनावी लडाई हुन लागेको हो । यस क्षेत्रमा नेपाली काँग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेकपा एमालेबाट ठाकुर गैरे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट सोमप्रसाद पाण्डे, राप्रपाबाट डुलबहादुर कुँवर लगायत अरु विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् ।
    यस निर्वाचन क्षेत्रमा यसअघि पुराना राजनीतिक दल नेपाली काँगे्रस र नेकपा एमालेको प्रतिस्पर्धा हुने गरेको भएपनि यसपटक भने भिन्न परिस्थिति देखिएको छ । साविकको नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी मिलेर बनेको नेपाली कम्युष्टि पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार पनि यस क्षेत्रमा अहिले बलिया उम्मेद्वारका रुपमा देखिएका छन्, जसका कारण यसक्षेत्रमा कस्ले जीत हात पार्छ भनेर अनुमान गर्न गाह्रो छ । नयाँ पार्टी रास्वपाका उम्मेद्वार डा. माधव थापाले पनि यस क्षेत्रमा यसपाली राम्रै प्रतिस्पर्धा गर्न सक्ने जानकारहरु बताउँछन् । उनी एक नयाँ आशालाग्दा युवा नेता हुन् ।
    को हुन् डा. माधव थापा ?
    पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ बतासेमा वि.सं. २०३७ साल कात्तिक ४ गते जन्मिनु भएका डा. माधव थापा स्वास्थ्य क्षेत्रका एक कुशल नक्षत्रको रुपमा परिचित अनुहार हो । सामान्य किसानी परिवारमा जन्मिनुभएका थापाले लामो संघर्षपछि राजनीतिक जीवन पनि सुरु गर्नुभएको हो । हुन त विगत १५ बर्षदेखि नेपाली काँग्रेसको सदस्यता लिएर राजनीतिमा पनि भाग लिंदै आउनुभएका थापाले अहिले भने रास्वपा प्रवेश गरेर राजनीतिक उचाई बढाउने कोशिस गर्नुभएको छ । रास्वपा प्रवेश गरेको छोटो अवधिमै उम्मेद्वार समेत बन्ने अवसर पाउनुभएका डा. थापालाई चुनावी प्रतिस्पर्धामा खरो उम्मेद्वारको रुपमा लिइएको छ । युवा पुस्ताको अभियानको अगुवा बन्ने चाहना राख्नुभएका थापाले पुराना दलका उम्मेद्वारलाई यसपटक पराजीत गर्न हरसंभव कोशिस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुराना दल र नेताहरुले गरेको विकास अधुरो र अपारदर्शी छ, कैयौं बिचलनहरु देखिएका छन्, जनतामा निराशा धेरै छ, ती समस्या समाधानको लागि मेरो उम्मेद्वारी हो । मैले सुशासन, सामाजिक न्याय, भ्रष्टाचार निवारण र दिगो विकासका लागि काम गर्ने अठोट लिएको छु ।’
    डा. थापाले बदलिंदो राजनीतिक परिस्थिति अनुसार युवा तथा जेन्जी आन्दोलनको भावना अनुसार काम गर्ने चाहना अनुरुप उम्मेद्वारी दिएको उल्लेख गर्नुभयो । विशेषगरी देशबाट युवा पलायन रोक्न र देशमै केही गर्न सकिन्छ भन्ने ध्ययका साथ रोजगारमूलक नीति कार्यक्रमहरु ल्याउन जरुरी रहेको उहाँको भनाई छ ।
    स्वस्थ्य क्षेत्रका साथै सामाजिक सेवाको क्षेत्रमा लागेर बुटवलमा घेरै चर्चा कमाउनुभएका थापाले होमियोप्याथिक चिकित्सामा विज्ञता हासिल गर्नुभएको छ । आरकेडीएम होमियोप्याथिक अस्पताल मध्यप्रेश भारतबाट होमियोप्याथिक चिकित्सा सम्बन्धी अध्ययन गर्नुभएका थापाले थुप्रै पक्षघातबाट बिरामीहरुको जीवन बचाएको अनुभव सुनाउनुहुन्छ । माध्यामिक तहसम्मको शिक्षा पाल्पा रिब्दीकोटको कुसुमखोलामा हासिल गर्नुभएका थापाले चिकित्सा विज्ञानको अध्ययन भने भारतमा गर्नुभएको हो ।
    बुटवलमा कालिका होमियोप्याथिक अस्पताल संचालन गर्नुभएका डा. थापाले कोभिड १९ को बेला विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा रोगप्रतिरोधात्मक औषधिको निःशुल्क वितरण गरेको बताउनुभयो । लुम्बिनी प्रदेशमा हजारौं मानिसलाई औषधि वितरण गरिएको उहाँले उल्लेख गर्नुभयो ।
    अहिले रास्वपाले लिएको देशब्यापी अभियानमा आफू जोडिन पाउँदा खुसी लागेको बताउने डा. माघव थापाले जेन्जी आन्दोलनको मर्म अनुसार संसदीय प्रणालीद्धारा पार्टीका आधारभूत मान्यता र एजेण्डाहरुलाई स्थापित गर्न आफू दृढ रहेको बताउनुभयो । पाल्पा क्षेत्र नं. २ का जनताले चाहेको विकास र समृद्धिको चाहना पुरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै आफ्नो उन्नत अभियानमा सघाउन आफूलाई घण्टी चुनाव चिन्हमा मतदान गर्न उहाँले पाल्पाबासीलाई अपिल गर्नुभयो । चुनावमा हारजीत जेसुकै भएपनि आफू सधै पाल्पाली जनताको सेवामा लाग्ने दृढ संकल्प लिएको पनि उहाँले बताउनुभयो ।

    Related Posts

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ३ घण्टा अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    ८ घण्टा अगाडि

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक अनुगमन

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ हप्ता अगाडि741 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि392 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    breaking news ३ घण्टा अगाडि

    काठमाडौँ, वैशाख २ गते । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ…

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    ८ घण्टा अगाडि

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक अनुगमन

    १ दिन अगाडि

    संविधान शंसाेधनकाे बहस : दुई महिनाभित्रै आधारपत्र

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.