Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ५ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»आफ्नै कार्यकर्ताले साथ छोडेपछि रुपन्देही-२ मा विष्णु पौडेललाई सकस
    breaking news

    आफ्नै कार्यकर्ताले साथ छोडेपछि रुपन्देही-२ मा विष्णु पौडेललाई सकस

    मिलापत्रमिलापत्र२ महिना अगाडि233 Views

    मिलापत्रखबर संवाददाता
    बुटवल, १९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि उम्मेद्वारी दिएका रुपन्देही क्षेत्र नं. २ का उम्मेद्वारबीच यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ पाका, पुराना र नाम चलेका नेताहरुलाई चुनौती दिन धेरैजसो युवा नेताहरुले उम्मेद्वारी दिएका छन् ।
    यस निर्वाचन क्षेत्रमा चुनाव जित्दै आएका नेकपा एमालेका सदावहार उम्मेद्वार विष्णुप्रसाद पौडेललाई यसपटक नयाँ उम्मेद्वारले पराजीत गर्ने धेरैको आंकलन छ । यहाँ चुनाव जित्दै आएका पौडेललाई यसपटक अन्य दलका सशक्त युवा नेताले मात्र होइन आफ्नै दलका युवाले समेत चुनौति दिएका छन् ।
    यहाँ पहिलो पटक उम्मेद्वारी दिएका नेपाली काँग्रेसका उम्मेद्वार चुन्नु पौडेल पनि बलिया उम्मेद्वार हुन् । उनी यसक्षेत्रका चिरपरिचत कुशल ब्यापारी भएकाले यसपटक उनले पनि राम्रै प्रतिस्पधा गर्ने देखिएको छ ।
    विष्णु पौडेललाई हराउन उनकै कार्यकर्ता लागेका छन् । उनीहरुमध्ये केहीले त स्वतन्त्र उम्मेद्वारी समेत दिएका छन् । विगतका चुनावमा पौडेलका चुनावी अभियान्ताका रुपमा अग्रपङ्तिमा खटेर लाग्ने युवाहरुले उनको साथ छोडदै गएका छन् ।
    खासगरी एमाले महासचिव शंकर पोखरेलले लुुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्दा विष्णु पौडेलले आन्तरिक फाइदाका लागि अडान त्यागेको भन्दै यहाँका धेरै एमाले कार्यकर्ता रुष्ट छन् । यसैको परिणाम स्वरुप युवाहरुले पौडेलको साथ छोड्दै गएको जानकारहरु बताउँछन् ।
    यस निर्वाचनमा पटक–पटक मन्त्री समेत बनेका पौडेललाई हराउन उनकै पार्टीका युवाद्य गोकुल पाण्डे र वालकृष्ण ज्ञवालीले रुपन्देही २ बाट उम्मेद्वारी दिएका छन् । पौडेललाई हराउन उनीहरुले बागी उम्मेद्वारी दिएका हुन् ।
    मिलापत्र खबरको संवादमा पाण्डे र ज्ञवालीले आफ्नो उम्मेद्वारी भ्रष्टाचार न्यूनीकरण र सुशासनको पक्षमा रहेको बताए ।
    निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पाण्डे र ज्ञवालीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
    उनीहरुसंगै यसअघि उपबिजेता बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सशक्त युवा नेता सुलभ खरेललाई उम्मेद्वार बनाएको छ । अघिल्लो चुनावमा रास्वपाका उम्मेद्वार गणेश पौडेलले विष्णु पौडेललाई चुनाव जित्न निकै धौधौ बनाएका थिए । जम्मा १ हजार ३ सय ६६ मतान्तरले विष्णु पौडेलले चुनाव जितेका थिए । विष्णुले २७ हजार ४ सय ४७ मत ल्याउँदा गणेशले २५ हजार ७ सय ८१ मत पाएका थिए । मतगणनामा विष्णु पौडेललाई जिताउन धेरै तिकडम गरिएको भन्दै रास्वपाले बिरोध समेत गरेको थियो । त्यतीबेला कुल मतदाता संख्या ८१ हजार २ सय २ रहेको थियो भने अहिले १ लाख ३५ हजार ५० मतदाता छन् ।
    यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार सुवास पाण्डे (विश्वदीप) पनि सशक्त उम्मेद्वार भएकाले भोट बाँडिने अवस्था देखिएको छ । डेढ दर्जन कम्युनिष्ट घटकहरु मिलेर बनेको नेकपा उम्मेद्वारको माहोल यस क्षेत्रमा विगतमा भन्दा राम्रो देखिएको छ । कम्युनिष्ट नेता पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराईसंग निकट रहेर विभिन्न राजनीतिक दस्तावेज लेखनमा अनुभव प्राप्त गरेका युवा विश्वदीपले पनि यस क्षेत्रमा राम्रै प्रतिस्पर्धा गर्ने देखिएको छ । हारजीत जेसुकै भएपनि यहाँका जनताको चाहना अनुसार यसै क्षेत्रमा सधैव राजनीति गर्नेगरी आफूले उम्मेद्वारी दिएको उनले बताए । जेन्जी आन्दोलनको म्यान्डेट अनुसार आफू पनि पार्टीको जिम्मेवारीसहित उम्मेद्वार बनेर मैदानमा आएको उनको भनाई छ ।
    त्यस्तै रास्वपाका उम्मेदार सुलभ खरेल पनि सशक्त उम्मेद्वारको रुपमा परिचित छन् । उनको चुनावी प्रचारप्रसार शैली हेर्दा निकै उत्साहजनक देखिएको युवाहरुले बताएका छन् । यसअघि उपबिजेता बनेको रास्वपा यसपटक बिजेता बन्ने करिब निश्चित भएको रास्वपा रुपन्देही सभापति बुद्धि शर्मा बताउँछन् ।
    त्यसैगरी यस निर्वाचन क्षेत्रमा सशक्त स्वतन्त्र उम्मेद्वार डा. कमल भूसाल (निकोलस) ले पनि चुनौति दिइरहेका छन् । उनका पनि थुप्रै समर्थकले चुनावी अभियान थालेका छन् ।
    आफ्नौ पार्टीका युवाले समेत साथ छोडेपछि एमाले उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले यसपटक चुनाव जित्न निकै कठिन हुने अनुमान गरिएको छ । पौडेलले गर्ने गरेको घरदैलो कार्यक्रममा चुनावी कमाण्डर कार्यकर्ताबाहेक सर्वसाधरण जनताले खासै साथ नदिएको कतिपयको टिप्पणी छ ।

    Related Posts

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ५ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि741 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि392 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    breaking news ५ घण्टा अगाडि

    काठमाडौँ, वैशाख ४ गते । अबको तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ को मापदण्डमा स्तरोन्नति हुने…

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक अनुगमन

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.