Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»श्रीगनरलाई हिल स्टेशनको रुपमा विकास गर्नुपर्छ : नेता पाण्डे
    breaking news

    श्रीगनरलाई हिल स्टेशनको रुपमा विकास गर्नुपर्छ : नेता पाण्डे

    मिलापत्रमिलापत्र३ महिना अगाडि11 Views

    रुपन्देही,  १८ माघ ।
    आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार सोमप्रसाद पाण्डेले पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक शहर बनाइने बताउनुएको छ ।
    नेता पाण्डेले आईतबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी आफ्ना चुनावी एजेण्डाहरु बताउनुभएको हो । पाल्पाको तानसेनलाई भक्तपुर जस्तै ऐतिहासिक पर्यटकीय शहर बनाउन चाहेको बताउनुभयो । तानसेनलाई लुम्बिनीसंग जोडेर बुद्ध गार्डेनका रुपमा विकास गर्न श्रीनगरमा बौद्ध मन्दिर बनाउने अवधारणा आफूले ल्याएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनीमा आउने पर्यटकलाई तानसेन ल्याउन र पर्यटकीय शहरका रुपमा यसलाई विकास गर्न तानसेनमा विशाल बौद्ध मन्दिर बनाउने अवधारणा मैले लिएको छु ।’ उहाँले पाल्पाको श्रीनगरलाई हिल स्टेशनको रुपमा विकास गरिने पनि बताउनुभयो ।
    पूर्वमन्त्री समेत रहनुभएका उम्मेद्वार पाण्डेले तानसेनसंग जोडेर माडीमा चक्रपथ निर्माण, हार्थोक–छहरा, तानसेन—पोखरा सडकको स्तरोन्नति लगायतका विकास निर्माणका काममा आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो ।
    उम्मेद्वार पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको भन्दै पहिलो पटक विं.सं २०७५ सालमा तत्कालिन अर्थमन्त्री युवराज खतिवडालाई प्रस्ताव पेश गरेको बताउनुभयो । सुरुङमार्ग निर्माणको लागि आफूले सडक विभागसंग समन्वय गर्दा विभागले सुरुङमार्ग सम्बन्धी बिज्ञ इन्जीनियर नेपालमा नभएको बताएपछि आफूले स्वीजरल्याण्डका राजुतलाई विज्ञ झिकाउन र सहयोग गर्न अपिल गरेर डिजाइन गरिएको पाण्डेले बताउनुभयो । स्रोत सुनिश्चित गरी बजेट ब्यवस्थापन समेत गरेर हाल निर्माण भइरहेको सुरुङमार्गले तिनाउबासी मात्र नभएर पाल्पा आउनेजाने सबै यात्रुलाई अब सहज हुने उहाँले उल्लेख गर्नुभयो ।
    नेता पाण्डेले पाल्पाबासीसंग सुखदुःखमा सधै संगै रहेको भन्दै पाल्पाली जनताको मतकोे सम्मान गर्ने र हारजित जेसुकै भएपनि जनतासंगै रहने बचनबद्धता ब्यक्त गर्नुभयो । उहाँले पाल्पामा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा थप नयाँ कार्ययोजनाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनको पक्षमा सधै काम गर्ने प्रयत्न आफूले गरेको भन्दै नेता पाण्डेले भविश्यमा पनि समय सहाउँदो विकास निर्माणका काममा आफूले हरसंभव प्रयास गर्ने बाचा गर्नुभयो ।

     

     

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.