Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»कञ्चन र गैडहवामा नेकपाकाे चुनाव परिचालन कमिटी गठन
    breaking news

    कञ्चन र गैडहवामा नेकपाकाे चुनाव परिचालन कमिटी गठन

    मिलापत्रमिलापत्र४ महिना अगाडि9 Views

    बुटवल, १२ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वकिल मुसलमानलाई विजयी गराउने उद्देश्यले गैडहवा र कञ्चन गाउँ कमिटीले निर्वाचन परिचालन समिति गठन गरेका छन् ।
    सोमबार बसेको दुवै गाउँ कमिटीको विस्तारित बैठकले एक पालिकामा ५०१ जना सदस्य रहने गरी छुट्टा छुट्टै निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकबाट कञ्चन गाउँ कमिटीको संयोजकमा विनोद कुमार पुन र सह–संयोजकमा रामबहादुर बिक चयन भएका छन् भने गैडहवा गाउँ कमिटीको संयोजकमा दानबहादुर घर्ती, सह–संयोजकमा कल्लु प्रसाद थारु र पुष्परतन पाण्डे चयन भएको निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक हिराबहादुर रोकाले जानकारी दिए ।
    विस्तारित बैठकलाई सम्बोधन गर्दै नेकपा रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वकिल मुसलमानले जनताको साथ र सहभागितामा क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू यस क्षेत्रको अवस्था र आवश्यकताबारे राम्रोसँग जानकार रहेको उल्लेख गर्दै उनले सिँचाइ परियोजना विस्तार, बाटोघाटो निर्माण, लालपुर्जा वितरणलगायतका विकासका कामहरू जनतालाई साथमा लिएर अघि बढाइने बताए ।
    बैठकमा नेकपा लुम्बिनी प्रदेश सदस्य बराराम बस्याल, हस्तबहादुर सावर तथा पार्टी नेताहरू मौसमी थापा, रोमनाथ न्यौपाने र सागर पुनले निर्वाचनमा पार्टीका सबै तहका नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्न आग्रह गरे । उनीहरूले संगठनलाई अझ सुदृढ बनाउँदै घर-घरमा पुगेर पार्टीको नीति र कार्यक्रम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।
    बैठकले आगामी निर्वाचनमा नेकपाको पक्षमा जनसमर्थन सुदृढ बनाउने र उम्मेदवार वकिल मुसलमानको जित सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने निर्णय गरेको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.