Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
बुटवल, १४ फागुन । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्नुभएकाे छ । सयौ नेता कार्यकर्ताले आज बिहीबार बुटवल बजार क्षेत्रमा मोटरसाईकल र्याली सहित विभिन्न चोकमा पुगेर मतदातासंग भोट माग्दै आफ्ना चुनावी ऐजेण्डा बताउनुभएकाे छ । उनीहरुले बुटवल क्षेत्रका टोल–टोल र वस्तीमा विभिन्न सवारी साधन र पैदल पुग्दै भोट मागेका छन् । आज बुटवलको सबैभन्दा धेरै मतदाता रहेको वडा नं ११ मा घरदैलो गरिएको नेकपाले जनाएको छ । घरदैलोका क्रममा विभिन्न ठाँउमा मतदातालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डेले जनताको हौसला र साथले आफूहरु जीतको नजिक पुगेको बताउनुभयाे…
नारायण न्यौपाने पाल्पा, १४ फागुन । पाल्पामा सांसद जनप्रतिनिधिहरुले निर्वाचन आचारसंहिताको ब्यापक उल्लंघन गरेका छन् । निर्वाचन आचारसंहिता अन्तरगत सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुले कुनै दलको पक्षमा भोट माग्न मिल्दैन तर पाल्पामा सांसद जनप्रतिनिधिहरुले नेपाली कांग्रेसका उम्मेदवारहरुको मत माग्दै आचारसंहिताको ठाडो उल्लंघन गरेको भन्दै सर्वत्र आलोचना भएको छ । प्रदेश सभा सदस्य खुलेआम कांग्रेसलाई भोट माग्दै प्रदेशसभा सदस्य बीर बहादुर रानाले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन गर्दै नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठसँगै फुलमाला लगाएर टोल टोलमा पुगेर नेपाली कांग्रेसको पक्षमा मत मागिरहेका छन् । नेपाली कांग्रेसका युवा नेता अर्जुन कार्कीको टिकटक एकाउन्टमा उक्त भिडियो प्रष्ट छ । (भिडियो सुरक्षित छ…
राना भन्नुहुँछ– युवाप्रति आशा पलाएको छ पाल्पा, १३ फागुन । गाउँमा सबैले उहाँलाई प्रेम सरको नामले चिन्छन् । लामो समयसम्म विद्यालयको प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएकोले पाल्पाको मस्याम क्षेत्रमा उहाँको छुट्टै पहिचान बनेको छ । सामान्य कृषक परिवारमा जन्मनुभएका प्रेमबहादुर राना २०८१ सालमा शिक्षण पेशाबाट अवकाश लिएपछि आफ्ना छोरीहरूलाई भेट्न अमेरिका जानुभएको थियो । केही समय अमेरिका बसाइपछि हालै स्वदेश फर्किनुभएका राना २०५१ सालदेखि नै शिक्षण पेशासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो । २०६१ सालमा स्थायी शिक्षक बनेपछि उहाँले आफ्नो जिम्मेवारीलाई थप गम्भीरतापूर्वक निर्वाह गर्नुभयो । त्यसपछि २०६४ सालदेखि २०८१ सालसम्म लक्ष्मी आधारभूत विद्यालय, तिनाउँ–६ चिदिसमा प्रधानाध्यापकको रूपमा…
रुपन्देही, १२ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रुपन्देही क्षेत्र नं २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’संग रुपन्देहीको सैनामैनाबासीले सुकम्बासी समास्या सामाधान गरिदिन आग्रह गरेका छन् । दशकौंसम्म यहाँका बासिन्दाले जग्गाको लालपुर्जा नपाएपछि स्थानीयले प्रायः सबै पार्टीका उम्मेदवारलाई यही याचना गर्ने गरेका छन् । सुकुम्वासी वस्तीका वासिन्दाको मुख्य गुनासो छ– अघिपछि गाउँघरमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर दिनदिनै भोट माग्न आउँछन् । आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन् । जनताले गुनासो गरिरहेको यहीं समयमा मंगलवार दिउँसो रुपन्देहीको सैनामैना– १ पेरिसडाँडा टोलमा टुपलुक्क पुग्नुभयो रुपन्देही– २ का उम्मेदवार विश्वदीप । उहाँलाई पनि स्थानीयले उही गुनासो गरे ।…
रुपन्देही १ मा यादवको घरदैलो अभियान जारी रुपन्देही, १२ फागुन । आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार घनश्याम यादवले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान जारी राख्नुभएको छ । उम्मेदवार यादवले तिलोत्तममा नगरपालिका अन्तरगतका आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ९ वटै वडाहरुमा एक चरणको घरदैलो अभियान पुरा गरेको निर्वाचन परिचालन समिति तिलोत्तमाका संयोजक प्रेम जीएमले जानकारी दिनुभयो । घरदैलो अभियानको क्रममा मतदाताले उत्साहपूर्वक भेटघाट र सुझाव समेत दिएको जीएमले बताउनुभयो । आईतबार र सोमबार तिलोत्तमाका ९ वटै वडाहरुमा घरदैलो गरिएको जीएमले बताउनुभयो । मंगलबार रोहिणी गाउँपालिका अन्तरगतका…
रुपन्देही, १० फागुन । रुपन्देहीको तिलोत्तमा नगरबासी मतदाताले रुपन्देही क्षेत्र नं –२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या डरलाग्दो बन्दै गएको भन्दै समस्याको समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । मतदाताले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तारा चुनाव चिन्ह लिएर उम्मेदवार रहेका पाण्डे समक्ष विभिन्न अपेक्षा राख्दै छाडा चौपायाका कारण खेप्नु परेको सास्तीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । र, तिलोत्तमा वडा नं – १ मा रहेको गौशाला अन्यत्र सार्न माग गरेका छन् । तिलोत्तमा नगरपालिकाभित्र रहेका छाडा चौपायाले समस्या पारिरहेका बेला भैरहवामा रहेका छाडा चौपाया समेत गौशालामा ल्याईने र केही दिनमै छाडिने…
रुपन्देही, ९ फागुन । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार घनश्याम यादवले भ्रष्टाचार निवारण र सुशासनको लागि निर्वाचन हुन लागेको बताउनुभएको छ । यसअघिको सरकारले सामाजिक संजाल नियन्त्रणको नाममा जनताको आवाज बन्द गर्न खोजेकाले जनविद्रोह भएको उहाँले उल्लेख गर्नुभयो । जेन्जी आन्दोलनले उठाएका जायज मागहरुलाई अब आउने सरकारले सम्बोधन गर्नुपर्ने बताउँदै नेता यादवले राजीनितक अस्थिरताको अन्त्य र सुशासनको पक्षमा काम गर्न नसके देश आन्तरिक द्धन्द्धमा फस्ने बताउनुभयो । शनिबार रुपन्देही क्षेत्र नं. १ को वडा नं. ९, १० र ११ मा चुनाबी, घरदैलो अभियानको क्रममा यादवले…
बुटवल, ९ फागुन । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले लामो समयदेखि सडक नबन्दा हैरानी खेपिरहेका स्थानीयबासीसमक्ष लिखित प्रतिबद्धता जनाउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका पाण्डेले चुनावी घरदैलो अभियानका क्रममा मौखिक आश्वासन मात्रै पर्याप्त नभएको भन्दै सडक निर्माणलाई प्राथमिकतामा राख्ने लिखित प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । स्थानीयवासीले विगतमा पटक–पटक आश्वासन मात्रै पाएको गुनासो गरेपछि काम पूरा गर्ने स्पष्ट समयसीमा र पहल गर्ने प्रतिबद्धता कागजमै उतार्नुपरेको उहाँले बताउनुभयो । शुक्रबार रुपन्देही निर्वाचन क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमा–५ मा आयोजित घरदैलो अभियानका क्रममा उहाँले ‘नागपथ’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त…
नेकपा (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग÷व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएका छन् । पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। घोषणापत्रमा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने उल्लेख छ । शिक्षा क्षेत्र : एमालेले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । यसअन्तर्गत विद्यालय तथा कलेजको भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा…
