Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बल्ढेङगढीलाई राष्ट्रिय पार्क बनाउने उम्मेदवार साेम पाण्डेयकाे प्रतिबद्दता
    breaking news

    बल्ढेङगढीलाई राष्ट्रिय पार्क बनाउने उम्मेदवार साेम पाण्डेयकाे प्रतिबद्दता

    मिलापत्रमिलापत्र३ महिना अगाडिUpdated:३ महिना अगाडि35 Views

    पाल्पा, १० फागुन । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले पाल्पाको मुहार फेर्ने संकल्पसहित आफ्नो २५ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । तानसेनमा साेमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले पर्यटन, कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्दै पाल्पालाई पर्यटकीय हबका रूपमा विकास गर्ने मार्गचित्र प्रस्तुत गर्नुभयो।

    पाण्डेयले तानसेनलाई ऐतिहासिक शहरलाई विकास गरी नयाँ तथा पुराना घरहरुको मौलिकता कायम राख्दै टेलिया र भक्तपुरे इँटा जस्ता परम्परागत सामग्रीको प्रयोग गरी पर्यटकीय आकर्षणको सुन्दर शहर बनाउने योजना अघि सार्नुभएको छ । उहाँको योजनामा तानसेनलाई ‘हिल स्टेसन’का रूपमा विकास गर्ने र सिद्धबाबादेखि राम्दीघाटसम्म एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने विषय समेटिएका छन् । पाल्पाको पहिचानका रूपमा रहेको मगर संस्कृतिलाई विश्वमा चिनाउन राष्ट्रिय स्तरको ‘मगर संग्रहालय’ र ‘मगर गाउँ’ स्थापना गर्ने विषयलाई उहाँले विशेष जोड दिनुभएको छ।

    बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको तानसेन र आसपासका क्षेत्रलाई लुम्बिनीसँग जोड्न श्रीनगरमा नेपालकै ठूलो बुद्ध मूर्ति स्थापना गर्ने र विभिन्न विहारहरूको जीर्णोद्धार गरी आकर्षक तीर्थस्थल बनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ । यसैगरी, माडीमा माण्डव्य आश्रम तथा बुडुवा र माण्डव्य ताल र रुरुक्षेत्रमा ऋषिकेश मोक्षधाम सरोवर निर्माण गर्ने, तथा नेपाल–अङ्ग्रेज युद्धको विजयगाथा झल्काउने ’एङ्ग्लो–नेपाल वार गार्डेन’ र ’युनिफिकेसन ट्रेल’ निर्माणका लागि एकीकृत गुरुयोजना तयार गरिने उहाँले बताउनुभयो ।

    ऐतिहासिक रणउजेश्वरी भगवती मन्दिरको पुनर्निर्माण र सौन्दर्यकरण दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राख्नुभएका पाण्डेयले तानसेनलाई ‘इभेन्ट टुरिजम’को केन्द्र बनाउन ३५०० सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको स्मार्ट सभाहल निर्माण गर्ने उद्घोष गर्नुभएको छ । यसका साथै बल्ढेङ्गढीलाई राष्ट्रिय पार्कका रूपमा विकास गर्ने र नेवारी संस्कृति झल्काउन तानसेनमा ‘नेवाः छेँ’ सहित ’टक्सार लिभिङ म्युजियम’ बनाउने योजनाले पाल्पाको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ऐतिहासिक फड्को मार्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

    त्यसैगरी तानसेन बहुप्राविधिक क्याम्पस र दमकडा क्षेत्रलाई आवासीय शैक्षिक हबका रूपमा विकास गर्ने र पश्चिम नेपालकै शैक्षिक धरोहरको रूपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेन शैक्षिक अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने योजना अघि सार्नुभएको छ । अन्य शिक्षण संस्थाहरूमा व्यावसायिक तथा प्राविधिक शिक्षाका लागि पहल गर्दै पाल्पा अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार र विशेषज्ञ सेवासहितको अस्पतालको रूपमा विकास गर्ने देखि पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पताललाई अन्तर्राष्ट्रियस्तरको मेडिकल रिसर्च सेन्टर, अध्ययन, अध्यापन केन्द्रको रूपमा विकास गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

    सिद्धार्थ राजमार्गको बुटवल–तानसेन–रिडी खण्डलाई ३ वर्षभित्र स्तरोन्नति गर्ने । साथै, हार्थोक–छहरा मोटरबाटो २ वर्षभित्र कालोपत्रे गर्ने, दोभान–भोटेगाउँ–मरक–काशीनगर–दुर्गुट–बतासे–सातमुडे–गुल्मी सडक निर्माण गर्ने, उद्योगमन्त्री र सांसद रहँदा सुरु गरेको भूतखोला–कर्चल, जगात–गोठादी, र मायाथोक–देवदह, माडीफाँट–हर्दिनिया जस्ता दर्जनौं सडकहरूलाई पूर्णता दिई ग्रामीण सहकार्यमा बाह्रै महिना गाडी चल्ने व्यवस्था गर्ने, पाँच वर्षभित्र पाल्पा क्षेत्र नंं. २ मा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत लगायतका सेवाको पहुँच सुनिश्चित गर्दै कृषि उत्पादनको आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको आयवृद्धि र स्वरोजगारी सृजना गर्ने योजना पाण्डेयको रहेको छ ।

    पाल्पामा उत्पादित सुन्तला, अदुवा, खुर्सानी, बेसार, अलैँची, एभोकाडो, ड्रागन फ्रुट, कफीलगायतको छुट्टै पकेट क्षेत्र घोषणा गरी उत्पादित सामग्रीको विविधीकरण गर्न लघु उद्योग र बजारीकरणमार्फत युवा उद्यमशीलताको विकास गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । बाँदर, बँदेल, दुम्सी, चितुवालगायतका वन्यजन्तुबाट हुने कृषिजन्य र मानवीय क्षति रोकथाम गर्न आवश्यक कानुन निर्माण गर्ने र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्दै बाँझो जमिनलाई प्रयोगमा ल्याई व्यावसायिक कृषिमार्फत युवा रोजगारी सृजना गर्ने बगनासकाली, तानसेन हिल र रानीमहललाई समेटेर अन्तर्राष्ट्रियस्तरको साइकलिङ ट्र्याक सञ्चालन गर्ने योजना रहेको पाण्डेयले बताउनुभयो ।

    बढ्दो बसाइँसराइलाई रोक्नको लागि तानसेनमा पर्यटन र शिक्षाबाट आयआर्जनको विकास गर्ने, तिनाउलाई खानेपानी र जडीबुटी, रैनादेवी छहरा र रिब्दीकोटलाई अक्कर, सुन्तलाजात र मसालाजन्य वस्तुको उत्पादन, बगनासकालीमा मकैको बिउ उत्पादन जोन, सुन्तला कागती कफी लगायतको उत्पादनबाट आयआर्जन र रोजगारीको व्यवस्था गर्ने र सिद्धार्थ राजमार्गको बुटवल–तानसेन–रिडी खण्डमा दुबैतर विभिन्न प्रकारका फूलहरू रोप्ने र विभिन्न ठाउँहरूमा फलफूल निर्माण गरी सौन्दर्यकरण गर्ने योजना छ ।

    पाल्पाका अमूर्त सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने ।राष्ट्र, राष्ट्रियता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र मुलुकको समृद्धिको पक्षमा निरन्तर लागि पर्ने उम्मेदवार पाण्डेयको भनाई छ । कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी पाल्पाका निर्वाचन परिचालन समितिका संयोजक यादव बहादुर रायमाझीको अध्यक्षता र निर्वाचन प्रचार प्रसार समिति २ का संयोजक अनिलकिशोर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ५ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.