Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»रुपन्देही २ मा एमाले उम्मेदवार पाैडेलकाे प्रतिबद्दता
    breaking news

    रुपन्देही २ मा एमाले उम्मेदवार पाैडेलकाे प्रतिबद्दता

    मिलापत्रमिलापत्र३ महिना अगाडि7 Views
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (0.05185185, 0.40416667);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

    नेकपा (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग÷व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएका छन् ।

    पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। घोषणापत्रमा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने उल्लेख छ ।

    शिक्षा क्षेत्र  :
    एमालेले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । यसअन्तर्गत विद्यालय तथा कलेजको भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा गुणस्तरीय शिक्षा सुनिश्चित गरिने उल्लेख छ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी तथा विदेशी विद्यार्थी आकर्षित गरिने तथा नेपाल विश्वविद्यालय स्थापना गर्न आवश्यक सहयोग गरिने जनाइएको छ । त्यस्तै लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन तथा सूचना प्रविधि विषयको विश्वविद्यालयमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ ।

    बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण तथा सञ्चालन, बुटवल बहुमुखी क्याम्पसको स्तरोन्नति, विभिन्न सामुदायिक क्याम्पसमा शैक्षिक भवन तथा छात्रावास निर्माण गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । साथै कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने र प्राविधिक शिक्षालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

    स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य:
    स्वास्थ्य क्षेत्रमा रुपन्देहीका नागरिकलाई उपचारका लागि राजधानी धाउन नपर्ने गरी गुणस्तरीय सेवा उपलब्ध गराउने एमालेको प्रतिबद्धता छ । लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माण पूरा गरी उपकरण र जनशक्ति व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।

    सैनामैना, तिलोत्तमा लगायतका क्षेत्रमा आधारभूत अस्पताल तथा स्वास्थ्य केन्द्रको स्तरोन्नति, आयुर्वेद तथा प्राकृतिक चिकित्सा सेवाको विस्तार तथा सामुदायिक अस्पतालहरूको क्षमता वृद्धि गर्ने योजना सार्वजनिक गरिएको छ ।

    स्वास्थ्य बीमामार्फत सर्वसुलभ सेवा सुनिश्चित गर्ने तथा निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

    रोजगारी र स्वरोजगार सिर्जनामा जोड:
    एमालेले सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने, सफ्टवेयर विकास, डाटा साइन्स, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा उद्योग सञ्चालन गर्न सहुलियत ऋण उपलब्ध गराउने जनाएको छ ।

    युवाहरूका लागि स्टार्टअप कोष स्थापना, सीप विकास तालिम, स्वरोजगार कार्यक्रम तथा विदेशबाट फर्केका युवाको सीप र पूँजीलाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने योजना पनि सार्वजनिक गरिएको छ । साथै अध्ययनसँगै काम गर्ने अवसर सिर्जना गर्ने कार्यक्रम ल्याइने उल्लेख गरिएको छ ।

    सडक, पुल र यातायात पूर्वाधार विस्तार:
    प्रतिबद्धता पत्रमा सिद्धार्थ राजमार्गको बुटवल(पोखरा खण्ड स्तरोन्नति गर्ने, बुटवल(नारायणगढ सडक विस्तार, विभिन्न स्थानमा पुल निर्माण तथा स्थानीय सडक सञ्जाल विस्तार गर्ने योजना समेटिएको छ ।

    तिलोत्तमा, सैनामैना तथा अन्य नगर क्षेत्रमा सडक स्तरोन्नति, लिंक रोड निर्माण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्राथमिकता दिइने जनाइएको छ ।

    शहरी विकास र आधुनिक पूर्वाधार निर्माण:
    बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरी आधुनिक शहरी पूर्वाधार निर्माण गर्ने एमालेको योजना छ ।

    यसअन्तर्गत सडक, ढल, पार्क, पुल, फुटपाथ, वृद्ध विश्राम स्थल, पार्किङ तथा स्मार्ट बसपार्क निर्माण गरिने उल्लेख गरिएको छ । साथै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा ल्याइने योजना पनि सार्वजनिक गरिएको छ ।

    उद्योग, व्यापार र लगानी प्रवर्द्धन:
    औद्योगिक क्षेत्र विस्तार, निजी लगानी आकर्षित गर्ने वातावरण निर्माण, बुटवल औद्योगिक क्षेत्रको स्तरोन्नति तथा एकीकृत जाँच चौकी सञ्चालन गर्ने योजना एमालेले अघि सारेको छ । व्यापारिक क्षेत्रको पुनःव्यवस्थापन, यातायात क्षेत्र सुधार तथा लगानीमैत्री वातावरण निर्माण गरी उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य पनि उल्लेख गरिएको छ ।

    कृषि क्षेत्र आधुनिकीकरण :
    कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, आधुनिक प्रविधि प्रयोग गर्ने, किसानलाई तालिम, ऋण र बजार पहुँच उपलब्ध गराउने योजना पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.