Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
काठमाडौँ, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिहीबार पहिलो पटक मतदानमा सहभागी नयाँ मतदातामा सुनौलो उत्साह देखियो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्म अनुसार भएको निर्वाचनमा नयाँ मतदाताले उत्साहपूर्वक सहभागिता जनाए । जीवनकै पहिलो मतदानमा सहभागी दिनिसा केसीलाई आफ्नो पहिलो मतदान कस्तो होला भन्ने कुतूहल काठमाडौँको सङ्कटास्थित मतदान केन्द्र पुगेपछि झन् बढ्यो । उहाँले भन्नुभयो, “सुरुमा त अलिक नर्भस थिएँ, आफ्नो नाम अनलाइनमा हेरेर गएको थिएँ, त्यहाँ पुगेपछि सरसर्ती काम भएको देख्दा फरक अनुभूति गरेँ ।” भर्खर १८ वर्ष पुग्नुभएकी उहाँका लागि निर्वाचनमा मतदान गर्नुसँगै यो माहोल सबै नयाँ थियो । पहिले पहिले निर्वाचनका विषयमा…
देशका दुईथरी अतिबाद चिर्न मलाई भोट दिनुहोस् : विश्वदीप बुटवल, १८ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नं. २ बाट नेपाली कन्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) को चुनावी अभियान अन्तरगत सोमबार विशाल र्याली निकालिएको छ । नेकपाको चुनाव चिन्ह तारामा मतदान गर्न आग्रह गर्दै गीतसंगतिका साथ उम्मेदवार पाण्डेले चुनावी र्याली गर्नुभएको हो । नेकपाका नेता, कार्यकर्ता तथा सयौं सुवेच्छुक मतदाताले र्यालीमा सहभागिता जनाए । उनीहरुले विश्वदीपलाई जिताउन आग्रह गर्दै विभिन्न चुनावी नारा समेत लगाए । र्यालीमा सहभागीले तिलोत्तमाको मणिग्रामबाट जुलुस शुरु गरेर योगीकुटी, बुटवलको देविनगर, मिलनचोक, चौराहा, मिलनचोक, सुख्खानगर, दीपनगर, ट्राफिकचोक, गोलपार्क,…
बुटवल, १७ फागुन । रुपन्देही क्षेत्र न–ं २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले बुटवल क्षेत्रमा तीन दशकदेखि एउटै व्यक्तिको शासन रहेको भन्दै त्यसलाई तोड्न आफू चुनावी मैदानमा आएको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तारा चुनाव चिन्हका उम्मेदवार पाण्डेले यसपटक जनताले कांग्रेस, एमालेजस्ता पुराना शक्ति र दृष्टिकोणविहीन दलहरुलाई पाखा लगाउने जिकिर समेत गर्नभयो । आफूहरुले शुरु गरेको घरदैलो अभियान आज आईतबार ठीक एक महिना पुगेको उल्लेख गर्दै उहाँले यसबीचमा करिब २२ हजार घरधुरीका ६० हजारभन्दा बढी मतदातासंग भेटघाट गर्दा देखिएको मतदाताको मनोविज्ञानबाट यस्तो निष्कर्षमा पुगेको बताउनुभयो । एक महिनाको बीचमा रुपन्देही क्षेत्र नं– २ र देश तथा विदेशमा रहेका…
बुटवल, १७ फागुन । रुपन्देही क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही नेतालाई पैसाले किन्न खोजेको राप्रपाले आरोप लगाएको छ । आईतबार पत्रकार भेटघाट कार्यक्रम गरी राप्रपा रुपन्देहीले यस्तो प्रतिक्रिया दिएको हो । राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणाले आफ्नो पार्टीले नेपाली कांग्रेका उम्मेदवार पौडेललाई समर्थन गर्ने कुनै निर्णय नलिएको तर काँग्रेस उम्मेदवारले आफ्नो पार्टीका केही नेतालाई पैसा दिएर किन्ने प्रयास गरेको राणाले बताउनुभयो । राप्रपा क्षेत्र नं. २ का अध्यक्ष रामबहादुर थापा लगायतका नेता कार्यकर्तालाई नेपाली काँगे्रसले आर्थिक प्रलोभनमा पारेर गलत प्रचार गरेको राणाको भनाई छ । थापा र राणाले आईतबार…
काठमाडौं, १७ फागुन- नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी गर्नु भएको छ । उहाँले भिडियो सन्देशमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ । सम्बोधनमा उहाँले जेन्जी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गर्नुभयो। देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्वपूर्ण भूमिका खेलेको बताउँनुहुँदै त्यसको मूल्याङ्कन इतिहासले गर्ने बताउँनुभएको छ । सरकारको नेतृत्वमा रहँदा सुशासन सुरु गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको तथा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको…
बुटवल, १६ फागुन । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शनिबार बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ का विभिन्न वस्तीमा आफ्नो पक्षमा मत माग्दै घरदैलो गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता बिश्वदीपले सयांै नेता कार्यकर्तासंगै घरदैलोमा पुग्दा आफूहरुले पाएको जनसमर्थन, माया र उत्साहले आफूहरु जीत नजिक पुगेको बताउनुभयाे । अबका सिमित दिनहरु विजयका लागि निकै महत्वपूर्ण रहेको भन्दै उहाले मतदान सम्पन्न नहुँदासम्म मतदाता अत्यन्तै चनाखो रहनुपर्ने उल्लेख गर्नुभयाे । घरदैलोका क्रममा बुटवलका वडा नं १२ र १३ का विभिन्न टोल र वस्तीमा पुगेका उम्मेदवार पाण्डेले मतदातालाई आफ्नो भोट सुरक्षित गर्दै तारा चिन्हमा…
रुपन्देही, १६ फागन । रुपन्देही क्षेत्र नंं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनधि सभा सदस्य पदका उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले चुनावी अभियान तिब्र बनाउनुभएको छ । स्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका डा. थापाले अब संसद्मा पुगेर नीतिगत सुधार र देशको समृद्धिका लागि नेतृत्व गर्नुपर्ने आवाज यतिबेला रुपन्देहीका बस्ती–बस्तीमा सुनिन थालेको छ । घरदैलो अभियानका क्रममा थापाको टोली शुक्रबार सुद्धोधन गाउपालिका पुगेको थियो । गाउपालिका वडा नं. ४ निवासी स्थानीय शोभा कुमारी आलेले विगतमा सही नेता छान्न नसक्दा देशले दुख पाएको धारणा व्यक्त गर्नुभयो । डा. थापा जस्तो सक्षम व्यक्तित्व आवश्यक भन्दै नेता चुन्न नजान्दा देश…
पाल्पा, १६ फागुन । प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माघव थापाले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान जारी राख्नुभएको छ । घरदैलोको क्रममा मतदाताले निकै उत्साहपूर्वक प्रतिक्रिया जनाएको उहाँले बताउनुभयो । पुराना राजनीतिक दलप्रति वितृष्णा बढेको आफूले प्रत्यक्ष सुन्न र अवलोकन गर्न पाएको भन्दै उम्मेदवार थापाले जनताले चाहे अनुसार आफूले केही नयाँ काम गरेर देखाउने अठोट लिएको बताउनुभयो । मतदाताको घरदैलोमा पुगेर गाउँ बस्तीका समस्याहरु बुझ्ने काम गरिरहेको भन्दै थापाले निर्वाचनमा हारजीत जेसुकै भएपनि जनताको सेवामा सधै लागिरहने प्रतिबद्धता जनाउनुभयो । पुराना राजनीतिक दलका उम्मेदवारले बिगतमा आश्वासन धेरै दिएको तर…
बुटवल, १५ फागुन । नेपाली कम्युनिनष्ट पार्टी (नेकपा) का रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताउनुभएको छ । सयांै नेता कार्यकर्ताको सहभागितामा बुटवल क्षेत्रका विभिन्न ठाँउमा मतदाता भेटघाट गर्दै उहाँले सुशासन, विकास र समृद्धीका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । मोटरसाईकल र्याली सहित वस्तीका विभिन्न चोकमा पुगेर मतदातासंग भोट माग्दै रुपन्देही क्षेत्र नं– २ मा तारा चुनाव चिन्हका उम्मेदवार बिश्वदीपले मतदाताको विश्वास, समर्थन र मतदानले मात्रै आफूहरुले आवश्यक जिम्मेवारी पूरा गर्न सक्ने बताउनुभयो । ‘घरदैलो…
बुटवल, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले छिमेकीबिचको सन्तुलन मिलाएर जानुपर्ने बताउनुभएकाे छ । बुटवलमा आयोजित चुनावी सभामा बोल्दै नेपाल भारत र चीनको बीचमा रहेकाले चर्को कुराले मात्रै नहुने बताउनुभयाे । भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने पार्टी कांग्रेस मात्रै भएको जिकिर गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। तपाईँले मलाई प्रधानमन्त्री बनाउनुभो, मैले प्रधानमन्त्री भएर चमत्कार गर्ने कसैले चमत्कार गर्दैन। कसैले चमत्कार गर्न पनि सक्दैन। डेमोक्रेसी भनेको चमत्कार व्यक्तिले गर्ने पद्धति नै होइन।” उहाले अबको पाँच वर्ष खेर जान नदिन आफूले टीम नेपालको काम गर्ने बताउनुभयाे ।…
