Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»रुपन्देही २ का उम्मेदवार विश्वदीपको पक्षमा विशाल र्याली
    breaking news

    रुपन्देही २ का उम्मेदवार विश्वदीपको पक्षमा विशाल र्याली

    मिलापत्रमिलापत्र२ महिना अगाडि31 Views

     

    देशका दुईथरी अतिबाद चिर्न मलाई भोट दिनुहोस् :  विश्वदीप

    बुटवल, १८ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नं. २ बाट नेपाली कन्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) को चुनावी अभियान अन्तरगत सोमबार विशाल र्याली निकालिएको छ ।

    नेकपाको चुनाव चिन्ह तारामा मतदान गर्न आग्रह गर्दै गीतसंगतिका साथ उम्मेदवार पाण्डेले चुनावी र्याली गर्नुभएको हो । नेकपाका नेता, कार्यकर्ता तथा सयौं सुवेच्छुक मतदाताले र्यालीमा सहभागिता जनाए । उनीहरुले विश्वदीपलाई जिताउन आग्रह गर्दै विभिन्न चुनावी नारा समेत लगाए । र्यालीमा सहभागीले तिलोत्तमाको मणिग्रामबाट जुलुस शुरु गरेर योगीकुटी, बुटवलको देविनगर, मिलनचोक, चौराहा, मिलनचोक, सुख्खानगर, दीपनगर, ट्राफिकचोक, गोलपार्क, अमरपथ तथा सैनामैनाका विभिन्न्न स्थानको परिक्रमा गरी सैनामैनाको मुर्गियामा भेला भएका थिए ।

    भेलामा उपस्थित बाक्लो जनसमुदायलाई सम्बोधन गर्दै उम्मेदवार विश्वदीपले आफूलाई तारा चिन्हमा भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले यो विशेष परिस्थितिको निर्वाचन भएकाले विशेष सुझ्बुझका साथ आफूलाई सघाउन आग्रह गर्नुभयो । देशका दुईथरी अतिबादकाबीच आफू र आफ्नो पार्टीले देशको गहन जिम्मेवारी लिनुपर्ने अवस्था आएको उहाँको भनाई थियो । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन दबाउने नाममा विद्यार्थीलाई गोली हान्ने एकथारि अतिबाद र अर्कोदिन देश जलाउने अर्कोथरी अतिबादी समूह दुबै देशका लागि घातक भन्दै देशलाई सही दिशा निर्देश गर्न आफ्नो पार्टीले चुनाव जित्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

    पार्टीका नेता निर्मल जीसीले भ्रष्टाचार र कुशासनकोबिरुद्धमा भएको जेन्जी आन्दोलनका जायज एजेण्डाहरुलाई नेकपाले आत्मसाथ गरेर निर्वाचनमा होमिएकाले नेकपालाई यसपटक जनताले तारा चुनाव चिन्हमा बहुमत दिएर जिताउने विश्वास ब्यक्त गर्नुभयो । अन्य दलका कैयौं पुराना र अनियमितताको दाग लागेका उम्मेदवारका तुलनामा नेकपाका उम्मेदवारहरु निश्कलंक र युवा बौद्धिक उम्मेदवार भएकाले यसपटक नेकपालाई जिताउन सबैमा अपिल गर्नुभयो । जेन्जी आन्दोलनको बेला नेकपाले मुख्य पहलकदमी लिएर यो ब्यवस्था जोगाएको भन्दै जनताले चुनावमा यसको समीक्षा गर्ने उहाँको भनाई थियो ।

     

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news १ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.