रुपन्देही, १६ फागन । रुपन्देही क्षेत्र नंं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनधि सभा सदस्य पदका उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले चुनावी अभियान तिब्र बनाउनुभएको छ ।
स्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका डा. थापाले अब संसद्मा पुगेर नीतिगत सुधार र देशको समृद्धिका लागि नेतृत्व गर्नुपर्ने आवाज यतिबेला रुपन्देहीका बस्ती–बस्तीमा सुनिन थालेको छ । घरदैलो अभियानका क्रममा थापाको टोली शुक्रबार सुद्धोधन गाउपालिका पुगेको थियो । गाउपालिका वडा नं. ४ निवासी स्थानीय शोभा कुमारी आलेले विगतमा सही नेता छान्न नसक्दा देशले दुख पाएको धारणा व्यक्त गर्नुभयो । डा. थापा जस्तो सक्षम व्यक्तित्व आवश्यक भन्दै नेता चुन्न नजान्दा देश यो अवस्थामा पुगेको उहाँको भनाई थियो ।
त्यस्तै शुद्धोधन गाउँपालिका वडा नं. ७ निवासी दिवेश चौधरीले पनि डा. थापाको उम्मेदवारीलाई देशको भविश्यसंग तुलना गरिएको बताउनुभयो । पेशाले आफैँ स्वास्थ्यकर्मी रहेका चौधरीका अनुसार स्वास्थ्य क्षेत्रमा व्याप्त विकृतिहरू हटाउन र संसद्मा विज्ञको आवाज पु¥याउन डा. थापाको जित अनिवार्य रहेको बताउनुभयो ।
रुपन्देही–३ का विभिन्न टोल र वस्तीहरूमा डा. थापाको चुनावी अभियानलाई स्थानीयले उत्साहजनक साथ दिइरहेका छन् । पुराना राजनीतिक दलहरूको विकल्प खोजिरहेका मतदाताहरूका लागि डा. थापा एक भरपर्दो पात्रका रूपमा उदाएको मतदाताको भनाई छ । फागुन २१ को चुनावले रुपन्देही–३ मा नयाँ नेतृत्व स्थापित गर्नेमा यहाँका मतदाता निकै आशावादी देखिएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

