Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»परिवर्तनकाे अभियानमा साथ दिन विश्वदीपकाे आग्रह
    breaking news

    परिवर्तनकाे अभियानमा साथ दिन विश्वदीपकाे आग्रह

    मिलापत्रमिलापत्र३ महिना अगाडिUpdated:३ महिना अगाडि4 Views

     

    बुटवल, १५ फागुन । नेपाली कम्युनिनष्ट पार्टी (नेकपा) का रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताउनुभएको छ ।

    सयांै नेता कार्यकर्ताको सहभागितामा बुटवल क्षेत्रका विभिन्न ठाँउमा मतदाता भेटघाट गर्दै उहाँले सुशासन, विकास र समृद्धीका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    मोटरसाईकल र्याली सहित वस्तीका विभिन्न चोकमा पुगेर मतदातासंग भोट माग्दै रुपन्देही क्षेत्र नं– २ मा तारा चुनाव चिन्हका उम्मेदवार बिश्वदीपले मतदाताको विश्वास, समर्थन र मतदानले मात्रै आफूहरुले आवश्यक जिम्मेवारी पूरा गर्न सक्ने बताउनुभयो ।

    ‘घरदैलो अभियान अन्तिम चरणमा पुगे पनि तपाईंहरूको दुःख–सुखमा साथ रहने हाम्रो प्रतिबद्धता भने अब सुरु हुँदैछ।’–उहाँले भन्नुभयो, ‘यसपटक तारा चुनाव चिन्हमा मतदान गर्नुहोस्, हामी सदनबाट तपाईंका आवाज, समस्या र अपेक्षासँग प्रत्यक्ष जोडिनेछौ ं।’

    निरन्तर घरदैलोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले आज शुक्रबार बुटवल क्षेत्रका वडा नं ३, ४, ५ र ६ का टोल–टोल र वस्तीमा पुग्दै भोट मागेका छन् । उम्मेदवार घरदैलोमा पुग्न नसकेका ठाँउमा स्थानीय कार्यकर्ताले मतदाताको घरमा पुगेर आफ्ना उम्मेदवारको पक्षमा सहयोग मागेका छन् ।

    झण्डा, माईक, व्यानर र प्रतिवद्धतापत्रसहित मतदाताका टोल–टोल र घर–घरमा पुगेर चुनावी ऐजेण्डा प्रस्तुत गर्ने गरिएको निर्वाचनपरिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’ले बताउनुभयो ।

    उहाँका अनुसार उम्मेदवारसहितको घरदैलो निर्वाचन आचारसंहिताले तोकेको समय सीमासम्म जारी रहने छ । संयोजक जीसीले प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको बतानुभयो । पछिल्लो समय मतदातामा देखिएको उत्साह र सहयोगको वचनवद्धताले आफूहरु निकै उत्साहित भएको उहाँले उल्लेख गर्नुभयो ।

     

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ५ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.