Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पुराना शक्ति अब पाखा लाग्नेछन् : विश्वदीप
    breaking news

    पुराना शक्ति अब पाखा लाग्नेछन् : विश्वदीप

    मिलापत्रमिलापत्र३ महिना अगाडिUpdated:३ महिना अगाडि25 Views

    बुटवल, १७ फागुन । रुपन्देही क्षेत्र न–ं २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले बुटवल क्षेत्रमा तीन दशकदेखि एउटै व्यक्तिको शासन रहेको भन्दै त्यसलाई तोड्न आफू चुनावी मैदानमा आएको बताउनुभएको छ ।
    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तारा चुनाव चिन्हका उम्मेदवार पाण्डेले यसपटक जनताले कांग्रेस, एमालेजस्ता पुराना शक्ति र दृष्टिकोणविहीन दलहरुलाई पाखा लगाउने जिकिर समेत गर्नभयो । आफूहरुले शुरु गरेको घरदैलो अभियान आज आईतबार ठीक एक महिना पुगेको उल्लेख गर्दै उहाँले यसबीचमा करिब २२ हजार घरधुरीका ६० हजारभन्दा बढी मतदातासंग भेटघाट गर्दा देखिएको मतदाताको मनोविज्ञानबाट यस्तो निष्कर्षमा पुगेको बताउनुभयो ।
    एक महिनाको बीचमा रुपन्देही क्षेत्र नं– २ र देश तथा विदेशमा रहेका मतदातासंग प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा जोडिने अवसर प्राप्त भएको भन्दै उहाँलेआज रुपन्देही– २ परिवर्तनको गंभीर मोडमा उभिएको उल्लेख गर्नुभयो । उहाँले मतदाताले अबका सिमित दिन र घण्टामा यस क्षेत्र लगायत देशकै भविश्यको दिशा तय गर्ने जिकिर गर्नुभयो ।
    ‘यदि तपाईंहरुले तारा चुनाव चिन्हमा मत दिनुभयो भने मात्रै वास्तविक परिवर्तन संभव छ’ उम्मेदवार पाण्डेले मतदातालाई लक्षित गर्दै भन्नुभयो, ‘यसपटक परिवर्तन, विकास र स्थिर एवं सक्षम नेतृत्वका लागि तपाईको अमूल्य मत प्रयोग हुनुपर्दछ ।’ उहाँले आफ्नो लडाई रुपन्देही– २ लाई पछाडी धकेल्ने पुरानो प्रवृतिसंग भएको उल्लेख गर्नुभयो ।
    पाण्डेले भौतिक संरचनाको निर्माण वा विस्तार मात्रै विकास नभएको बताउनुभयो । बुटवल, सैनामैना र तिलोत्तमा आसपास भौतिक संरचना केही हदसम्म विस्तार हुँदा पनि सामाजिक विकास कमजोर रहेको भन्दै उहााले आफूले यसलाई बदल्न चाहेको बताउनुभयो ।
    ‘रुपन्देही–२ का लागि हामी धेरै काम गर्न सक्नेछौँ । विशेषतः नवयुवा पुस्ता, उद्योगी व्यवसायी, सहरिया मध्यम, बौद्धिक तथा श्रमिक वर्ग लक्षित कार्यहरू गर्न सक्नेछौँ ।’ आफनो चुनाव चिन्ह तारामा मतदान गर्न आग्रह गर्दै उहाँले भन्नुभयो ।
    उहाँले आजको नेपाली राजनीतिमा जोसँग नयाँ सपना र दृष्टिकोणको अभाव छ र जसका हातखुट्टा सत्ता स्वार्थका अनेक जालोले बाँधिएका छन, उनीहरु नै पुरानो शक्ति भएको उल्लेख गर्नुभयो । वर्षौंवर्षसम्म सत्ताको दोहन गर्नेहरूसँग ठगी र काण्डहरूको बोझबाहेक केही नभएको उहाँको दाबी छ ।
    उम्मेदवार बिश्वदीपले प्रतिनिधि सभालाई देखिने, सुनिने र महसुस हुने जनताको मञ्च बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्नुभयो । आफूले संसदमा हरेक प्रकारका बहस जनतालाई केन्द्रमा राखेर गर्ने संकल्प लिएको भन्दै उहाँले आफ्नो पक्षधरता मुठ्ठीभर बिचौलियाको पक्षमा नभई आम मानिसको हितमा हुने ठोकुवा समेत गर्नुभयो ।
    निर्वाचन आयोगले भोली फागुन १८ गते राति १२ बजेदेखि मौन अवधी शुरु हुने भएकाले चुनाव प्रचारप्रसार निषेध गरेको छ ।

     

     

     

     

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.