Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
तम्घास(गुल्मी), असार ४ गते । गुल्मीमा वडाबाटै अनलाइन नागरिकता सिफारिस हुँदा सेवाग्राही र कर्मचारी दुवैलाई सहजता भएको छ । पहिले वडाले सिफारिस गरेको अनुसूची फारम बोकेर जिल्ला प्रशासन आउँदा कागजपत्र नपुगेर समस्या झेल्दै आएका सेवाग्राहीहरुले अव उक्त समस्या झेल्न नपर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लाका दुई वटा नगर र १० वटा गाउँपालिका गरी १२ स्थानीय तहका सबै वडाबाट अनलाइन नागरिकता सिफारिस हुने गरेको बताउनुभयो । अहिले सिसिआइएमएस (केन्द्रीय नागरिकता ब्यवस्थापन प्रर्णली)मा आधारित अनलाइन नागरिकता सिफारिस हुने गरेको उहाँले बताउनुभयो । नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने सबै कागजपत्रहरु स्क्यान गरेर सफट्वेयरमार्फत पठाउँदा…
दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात्८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनीःखुसी नागरिकको…
२०८२ जेठ ३१ । रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘राजश्व र व्ययको वार्षिक अनुमान’ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक” पनि सभामा पेश गर्नेछन् । सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन,…
बुटवल, जेठ ३० । रुपन्देहीमा लामो समयदेखि पानी नपर्दा चापाकलसमेत सुकेका छन् । लामो समय पानी नपर्दा किसानले भूमिगत पानी (ट्युबेल) को प्रयोग गरी धानको ब्याड राख्दै आएका कारण अहिले तराईमा चापाकलमा पानी नआउने समस्या बढेको छ । रुपन्देहीका चापाकल करिब एक सय फिट गहिराइका छन् तर ट्युबेलले दुई सयदेखि तीन सय फिटसम्मको पानी तान्दै आएका कारण चापाकल सुक्ने समस्या बढेको हो । रुपन्देहीमा भूमिगत पानीको स्रोतका रूपमा रहेको डिप ट्युबेलमार्फत पानी वितरण गर्दै आएका विभिन्न खानेपानी संस्थाले समेत पानीको स्रोतका रूपमा रहेको भूमिगत पानी सुक्दै गएका कारण समस्या उत्पन्न भएको बताएका छन् । मुर्गिया खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाँले चापाकलको समस्या मात्रै होइन,…
नेपालगन्ज, जेठ २९ गते । समयमा मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदातालाई कारबाही गर्दै आन्तरिक राजश्व कार्यालय नेपालगन्जका दुई हजार २०० करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा दर्ता भएका मूल्य अभिवृद्ध कर (मुअकर) दातामध्ये लगातार छ महिना मूल्य अभिवृद्धि कर विवरण नबुझाएका दुई हजार २०० करदातालाई कारबाही स्वरूप राजस्व विभागले निलम्बन गरेको हो । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले कर विवरण नबुझाउने करदाताहरूलाई निलम्बनसँगै ती संस्थाहरूको कारोबार पनि रोक्का गरिएको बताउनुभयो । उहाँले उपभोक्तालाई यस्ता फर्मबाट कुनै पनि वस्तु खरिद नगर्न सूचना समेत जारी गरिएको जनाउनुभयो । प्रमुख न्यौपानेका अनुसार कर विवरण नबुझाएकालाई…
दोधारा चाँदनी , जेठ २८ गते । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो…
काठमाडौं, २७ जेठ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास…
आगामी दिन सुख्खा खडेरी मौसम भएकाले त्यस्ता समयमा जानी जानी वा अन्जानमा वन जंगलमा आगो लाग्ने लगाउने प्रवल सम्भावनालाई मध्यनजर राखी कोही कसैले वन जंगलमा जाँदा आगोजन्य सलाई, लाईटर तथा अन्य कुनै पदार्थ बोक्न र प्रयोग गर्न सक्त मनाही गरिएको छ । यदि वन जंगल जस्तो महत्वपूर्ण वन सम्पदामा आगलागी हुन गएमा हाम्रो साझा अमूल्य सम्पत्ति रुख, बिरुवा, बन्यजन्तु पंक्षी लगायत जैविक विविधता तथा जनधन समेत नष्ट हुने भएकाले आगजनी हुन नदिन हामी सबैको कर्तब्य हुनेछ । यदि कोही कसैबाट बन सम्पदा नष्ट गर्ने अभिप्राय राखी आगजनी गरेमा वन ऐन २०७६ को दफा ५० (३) अनुसार क्षति भएको बिगो असुल…
बुटवल, २७ जेठ । फर्निचर उद्योग संघ रूपन्देहीको आयोजनामा भएको उद्योगीहरूको भेलाले देबदह नगर स्तरीय फर्निचर अनुगमन उपसमिति चयन गरेका छ । देबदह नगर स्तरिय फर्निचर अनुगमन उपसमितीमा चन्द्र बहादुर अधिकारीकाे सयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । जसको सहसयोजक नवराज भट्टराई , सचिब सन्तोष थापा ,कोषाध्यक्ष हरि प्रसाद भण्डारी र सदस्यहरू पदम ढुङ्गाना, सन्दीप ढुङ्गाना, दिनेश चौधरी ,रमेश बिष्ट ,कमल ज्ञवाली रहेका छन् । भेलामा संघका अध्यक्ष तेजप्रसाद पराजुलीले फर्निचर संघ रूपन्देहीले स्थापना कालदेखि नै अनुगमनलाई नियमित गर्दै आएको भन्दै यसबाट बिना दर्ता काम गर्ने समूह घुमन्ते कामदार, ठेकेदार समूहलाई रोक्ने महत्वपूर्ण अभियान भएको बताए । स्थानीय उपभोक्ताको…
बुटवल, २५ जेठ । बुटवल/ गुल्मी ईस्माका बादल कुँवर ७ वर्षको उमेरमा काठमाडौं हानिए । तर उनलाई त्यो काठमाडौंले २२ वर्षसम्म आफ्ना बुवा आमासंग भेट हुन दिएन । किनकी उनी त्यहीं काठमाडौंबाट फ्रान्सेली नागरिकको छोरा बनेर फ्रान्स पुगे । छोरा छोरी नभएका जोडीले बादललाई आफ्नै छोरा बनाएर त्यहाँ लगे । यो कुरा बादलका बुवाआमाले सुईकोसम्म पाएनन् । बादलले पनि बिस्तारै घरपरिवार भुल्दै गए । उनलाई नपुग्दो केही भएन । जब बादल बयस्क हुँदै गए, उनलाई आफन्तको याद त आउन थाल्यो तर त्यतिबेलासम्म उनले नेपाली भाषा भुलिसकेका थिए। उनलाई बुवाआमा कसरी भेट्ने भन्ने राम्रोसंग थाहा नै भएन । इस्मा गाउँपालिका -१…
