Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»सात वर्षको हुँदा‌ बेपत्ता, २२ वर्षपछि फर्किए बादल
    breaking news

    सात वर्षको हुँदा‌ बेपत्ता, २२ वर्षपछि फर्किए बादल

    मिलापत्रमिलापत्र११ महिना अगाडि29 Views

    बुटवल,  २५ जेठ ।

    बुटवल/ गुल्मी ईस्माका बादल कुँवर ७ वर्षको उमेरमा काठमाडौं हानिए । तर उनलाई त्यो काठमाडौंले २२ वर्षसम्म आफ्ना बुवा आमासंग भेट हुन दिएन । किनकी उनी त्यहीं काठमाडौंबाट फ्रान्सेली नागरिकको छोरा बनेर फ्रान्स पुगे । छोरा छोरी नभएका जोडीले बादललाई आफ्नै छोरा बनाएर त्यहाँ लगे । यो कुरा बादलका बुवाआमाले सुईकोसम्म पाएनन् । बादलले पनि बिस्तारै घरपरिवार भुल्दै गए । उनलाई नपुग्दो केही भएन ।

    जब बादल बयस्क हुँदै गए, उनलाई आफन्तको याद त आउन थाल्यो तर त्यतिबेलासम्म उनले नेपाली भाषा भुलिसकेका थिए। उनलाई बुवाआमा कसरी भेट्ने भन्ने राम्रोसंग थाहा नै भएन ।
    इस्मा गाउँपालिका -१ हर्पुकोटका बादलका बुवा टिकाबहादुर कुँवर नेपाली सेनामा कार्यरत हुँदा उनि बुवासङ्गै काठमाण्डौ गएका थिए । र, पछि उतैबाट हराएका थिए । त्यतिबेला उनकी आमा अम्बिका कुँवर वैदेशिक रोजगारीका शिलशिलामा साउदी अरब थिईन । छोरा बेपत्ता भएपछि श्रीमान श्रीमतिबीच मनमुटाव बढ्नु स्वाभाविक थियो, किनकी आफ्नै काखबाट पतिले छोरा गुमाएका थिए । टिकाकी पत्नीलाई छोराको राम्रो ख्याल गरेको भए हराउने थिएन की भन्ने लाग्नु स्वाभाविकै हो । छोराको बारेमा लामो समयसम्म कुनै कुरा थाहा नलागेपछि माया मारेर बसेको बेला फ्रान्समै रहेका छिमेकी प्रकाश बोहराले बादललाई फ्रान्समै भेटेर परिचय गर्ने क्रममा पत्ता लगाए । यसपछि सुरु भयो घरमा भिडियो कल । लगत्तै उनै प्रकाशले बादललाई लिएर घरमै आएका हुन ।

    त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लेपछि बादलले आफू फ्रान्सबाट तीन पटक नेपाल आएको प्रकाशलाई बताए । त्यतिबेला आफ्नो घर कहाँ हो भन्ने जानकारी नहुँदा नेपाल बस्न नपाएको तितो अनुभव समेत उनले सुनाए । आफ्ना बुवाआमा नेपालमै छन भन्ने जान्दाजान्दै पनि खोजबिन गर्न सकेनन् । कुनै आधारबिना खोज्न सकिने कुरा पनि भएन ।

    यता घरमा जब छोरो बेपत्ता भए, आमा डिप्रेशनको शिकार बनिन् । औषधि उपचारले उनी बाँचेकी हुन । शुक्रबार राति एक्कासि छोरा आउँदा बिच बाटोमै लिन आएकी आमाले छोरालाई धेरैबेर अंगालोमा बाँधिन र डाँको छोडेर रोईन । बादल पनि धेरैबेरसम्म आमाको अङ्गालोमा लुट्पुटिदै आँशु खसालेका थिए ।

    बादलले बुवाआमाको मुहार बिर्सेपनि दाजु आकाशलाई बाल्यपनमा सङ्गै खेलेकोले नबिर्सिएको बताए। बिमानस्थलमा दाजु आकाशलाई देख्दासाथ बादल अङ्गालो हालेर रोएका थिए ।
    बादल आमाबुबा र आफन्त भेटेपछि औधि खुसी छन् । आज बिहान आफूले सानो छँदा पढेको बिध्यालय हेरे र छिमेकमा भेटघाटमा रमाए । जे सुकै परिस्थितिमा बादल लामो समयसम्म बेपत्ता भएपनि अबदेखि उनले बुवाआमा र आफन्तको आँशु पुछ्ने काम भने गर्नैपर्दछ ।
    प्रेम सुनारको सहयोगमा अजरन्यूज डटकम Prem Sunar #hiddenstory

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.