Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»दुई हजार करदातालाई निलम्बन
    breaking news

    दुई हजार करदातालाई निलम्बन

    मिलापत्रमिलापत्र११ महिना अगाडि6 Views

    नेपालगन्ज, जेठ २९ गते । समयमा मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदातालाई कारबाही गर्दै आन्तरिक राजश्व कार्यालय नेपालगन्जका दुई हजार २०० करदातालाई निलम्बन गरिएको छ ।

    आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा दर्ता भएका मूल्य अभिवृद्ध कर (मुअकर) दातामध्ये लगातार छ महिना मूल्य अभिवृद्धि कर विवरण नबुझाएका दुई हजार २०० करदातालाई कारबाही स्वरूप राजस्व विभागले निलम्बन गरेको हो ।

    आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले कर विवरण नबुझाउने करदाताहरूलाई निलम्बनसँगै ती संस्थाहरूको कारोबार पनि रोक्का गरिएको बताउनुभयो । उहाँले उपभोक्तालाई यस्ता फर्मबाट कुनै पनि वस्तु खरिद नगर्न सूचना समेत जारी गरिएको जनाउनुभयो ।

    प्रमुख न्यौपानेका अनुसार कर विवरण नबुझाएकालाई निलम्बन गरेसँगै उनीहरूको कारोबार रोकिएको छ भने उपभोक्तालाई पनि यस्ता फर्महरूसँग कुनै कारोबार नगर्न सचेत गराइएको छ ।

    यसअघि विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार छ महिनासम्म कर विवरण नबुझाउने करदाताहरूको नाम सार्वजनिक गरेको थियो । कर विवरण पेस नगर्ने करदाताहरूको करकट्टी रोक्का राखी मुल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो ।

    निलम्बित करदाताहरूले आफ्नो कारोबार निरन्तरता दिन चाहने भएमा बाँकी सबै कर विवरण पेस गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको प्रमुख कर अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

    आन्तरिक राजस्व कार्यालय नेपालगन्जका अनुसार बाँके जिल्लामा आठ हजारभन्दा बढी मुल्य अभिबृद्धि करदाता रहेका छन् । करदाताहरूलाई विवरण बुझाउनु पर्ने जानकारी भए पनि कतिपयले लापरबाही र बेवास्ता गर्दा विभागले कडाइपूर्वक कारबाही गरेको सो कार्यालयले जनाएको छ ।

    प्रमुख कर अधिकृत न्यौपानेले भन्नुभयो, “अघिल्लो समय कानुन अस्पष्ट हुँदा यस्ता कारबाही गर्न कठिनाइ थियो । तर अहिले ऐन, नियम स्पष्ट भएकाले नियमित रूपमा निलम्बनको प्रक्रिया अघि बढाइने छ ।”

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.