Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»सुक्न थाले चापाकल
    breaking news

    सुक्न थाले चापाकल

    मिलापत्रमिलापत्र११ महिना अगाडि2 Views

    बुटवल, जेठ ३०  । रुपन्देहीमा लामो समयदेखि पानी नपर्दा चापाकलसमेत सुकेका छन् । लामो समय पानी नपर्दा किसानले भूमिगत पानी (ट्युबेल) को प्रयोग गरी धानको ब्याड राख्दै आएका कारण अहिले तराईमा चापाकलमा पानी नआउने समस्या बढेको छ । रुपन्देहीका चापाकल करिब एक सय फिट गहिराइका छन् तर ट्युबेलले दुई सयदेखि तीन सय फिटसम्मको पानी तान्दै आएका कारण चापाकल सुक्ने समस्या बढेको हो ।

    रुपन्देहीमा भूमिगत पानीको स्रोतका रूपमा रहेको डिप ट्युबेलमार्फत पानी वितरण गर्दै आएका विभिन्न खानेपानी संस्थाले समेत पानीको स्रोतका रूपमा रहेको भूमिगत पानी सुक्दै गएका कारण समस्या उत्पन्न भएको बताएका छन् । मुर्गिया खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाँले चापाकलको समस्या मात्रै होइन, तीन सय फिट तलबाट पानी तान्दा  पनि पानी नआएको बताउनुभयो ।

    उहाँले तराईमा धेरै दिनदेखि गर्मी बढेका कारण भूमिगत पानीको स्रोत सुकेको बताउँदै तराईमा धानको ब्याड राख्दासमेत घर घरका चापाकल र डिप ट्युबेल प्रयोग गरिएका कारण पानीको समस्या भएको बताउनुभयो ।

    पानीको स्रोत सुकेका कारण केही दिनयतादेखि किसानले तरकारीमा पानी सिँचाइ गर्नसमेत नपाएको बताएका छन् । रुपन्देहीको खडवा बनगाईका किसान रामऔतारे लोँधले चापाकलमा मोटर जोडेर सिँचाइ गर्दै आए पनि अहिले भूमिगत पानीको स्रोत नै सुक्दै गएका कारण तरकारी बाली सुक्न थालेको बताउनुभयो । यता लामो समयदेखि पानी नपरेका कारण रुपन्देहीका थारू समुदायका महिलाले पानीको माग गर्दै भगवान् इन्द्रदेवको पूजा गरेका छन् ।

    रुपन्देहीको सैनामैना नगरपालिकाका थारू समुदायका महिलाले बुधबार मलमल चौरा बाबाको पूजा गर्दै यो वर्ष वर्षायाममा रोगब्याध नलागोस्, अन्नपातको उब्जनी बढोस् भन्दै पूजा गरेका हुन् । त्यस क्रममा उनीहरूले थारू कल्याणकारी सभा सैनामैनाका सभापति दुलबहादुर थारूलाई नुहाइदिएर गोरु बेराइसमेत गरेका हुन् ।

    गाउँका मुखिया वा अगुवालाई नुहाइदिने, मिठो मिठो खान दिएमा भगवान् इन्द्रदेव खुसी भएर पानी आउँछ भन्ने थारू समुदायमा विश्वास रहेको छ । त्यसैलाई गोरु बेराइ भनिन्छ । थारू कल्याणकारी सभा रुपन्देहीका सल्लाहकार रामवली चौधरीले महिलाले अर्को गाउँको पुरुष अगुवालाई ल्याएर नुहाइदिने, मिठो खान दिने र तेल लगाइदिने गरेमा इन्द्र भगवान्ले पानी बर्साउँछन् भन्न जनविश्वास रहेको बताउनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.