बुटवल, २७ जेठ ।
    फर्निचर उद्योग संघ रूपन्देहीको आयोजनामा भएको उद्योगीहरूको भेलाले देबदह नगर स्तरीय फर्निचर अनुगमन उपसमिति चयन गरेका छ । देबदह नगर स्तरिय फर्निचर अनुगमन उपसमितीमा चन्द्र बहादुर अधिकारीकाे  सयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । जसको सहसयोजक नवराज भट्टराई , सचिब सन्तोष थापा ,कोषाध्यक्ष हरि प्रसाद भण्डारी र सदस्यहरू पदम ढुङ्गाना, सन्दीप ढुङ्गाना, दिनेश चौधरी ,रमेश बिष्ट ,कमल ज्ञवाली रहेका छन् ।
    भेलामा संघका अध्यक्ष तेजप्रसाद पराजुलीले फर्निचर संघ रूपन्देहीले स्थापना कालदेखि नै अनुगमनलाई नियमित गर्दै आएको भन्दै यसबाट बिना दर्ता काम गर्ने समूह घुमन्ते कामदार, ठेकेदार समूहलाई रोक्ने महत्वपूर्ण अभियान भएको बताए । स्थानीय उपभोक्ताको घर घरमा गई फर्निचर उत्पादन गरि दिदा दर्ता भएर संचालनमा रहेका फर्निचर ब्यवसायी मर्कामा परेका छन भने स्थानिय सरकारलाई लाखौको राजस्व कर चुहावट भएको उनले बताए । उद्योगीहरूको उद्योगमा काम नहुदा कामदार पलायन हुँदै जाने समस्या रहेको बताए ।
    कार्यक्रम फर्निचर उद्योग संघ रूपन्देहीका अध्यक्ष तेज प्रसाद पराजुलि को अध्यक्षता र संघ का सल्लाहकार बिनोद न्यौपानेको प्रमुख आतिथ्यतामा भयको थियो।देवदह नगरपालिका भित्र रहेका फर्निचर उधोगिहरुको भेलाले उक्त कार्यसमिति चयन गरेको थियो । उक्त भेला पछी स्थानीय सरकार को साथ सहयोग पछी घुमन्ते कामदार ठेक्कदार समूहलाई दर्ता प्रक्रियामा ल्याउन अनुगमन गर्ने र उधोगी हरु को समस्या लाई समाधान गर्नु पर्ने सल्लाहकार बिनोद न्यौपानेले बताए । उक्त भेलाको सन्चालन संघका महासचिव खिम खड्काले गरेका थिए ।

    Share.
    Leave A Reply