रुपन्देही, १४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि सांघातीक आक्रमण भएको छ । वडाबासी वर्ष ४० का थिरलाल पाण्डेलाई गत शुक्रबार विहान १० बजे तिलोत्तमा वडा नं. ५ निवासी चिनजानका ब्यक्ति वर्ष ५२ का मुकुन्द तिवारीले अत्यावश्यक काम भएको भनी वडाकार्यालयमा बोलाएर तीन जनाले आक्रमण गरेका हुन् । आक्रमणपछि गम्भीर घाईते हुँनुभएका पाण्डे बुटवल ११ स्थित चौराहा अस्पतालमा आईसीयू कक्षमा उपचाररत रहेको परिवारले जनाएका छन् ।
तिवारीसहित वडा नं. ७ का ४९ बर्षीय बासुदेव भट्टराई र वडा नं. ३ निवासी वर्ष ३२ का अर्जुन भट्टराईले पाण्डेमाथि सांघातिक आक्रमण गरेको वडा नं. ३ का वडाअध्यक्ष कल्याणप्रसाद पौडेलले पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, ‘वडा कार्यालयमा उहाँहरु लेनदेनबारे छलफल गरिरहनुभएको थियो, केही कामले म केहीबेर बाहिर निस्केको थिएं, केहीबेरपछि थिरलाल पाण्डेमाथि कुटपिट भएको थाहा पाएपछि हामीले आक्रमणकारीलाई प्रहरीको जिम्मा लगाएका हौं ।’
शुक्रबारै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको भएपनि भोलिपल्ट शनिबार परेको भन्दै आफ्न्तको जिम्मामा छोडेको पीडित पाण्डेका भाई सुन्दर पाण्डेले बताउनुभयो । उहाँका अनुसार आईतबार किटानी जाहेरी दिन जाँदा इलाका प्रहरी कार्यालय बुटवलले जाहेर लिन आनाकानी गरेको सुन्दरले उल्लेख गर्नुभयो । आज सोमबार पनि प्रहरीले किटानी जाहेरी लिन आलटाल गरिरहेको गुनासो उहाँले गर्नुभयो । आक्रमणकारीले प्रहरीमा पहुँच लगाएर छुट्ने प्रयास गरिरहेको उहाँको दाबी छ । नेकपा एमाले तिलोत्तमाका एकजना पूर्व सांसदले ती आक्रमणकारीलाई बचाउन प्रहरी प्रशासनलाई दबाव दिइरहेको पीडितका परिवारको आरोप छ ।
पीडितका भाई सुन्दरले आफ्ना दाजु थिरलालको नाक, मुख तथा टाउँकोमा गम्भीर चोट लागेको र स्वाथ्य अवस्था नाजुक रहेको उल्लेख गर्नुभयो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमनबहादुर जीसीले घटनाबारे थप जानकारी लिने काम भइरहेको उल्लेख गर्नुभयो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

