आगामी दिन सुख्खा खडेरी मौसम भएकाले त्यस्ता समयमा जानी जानी वा अन्जानमा वन जंगलमा आगो लाग्ने लगाउने प्रवल सम्भावनालाई मध्यनजर राखी कोही कसैले वन जंगलमा जाँदा आगोजन्य सलाई, लाईटर तथा अन्य कुनै पदार्थ बोक्न र प्रयोग गर्न सक्त मनाही गरिएको छ । यदि वन जंगल जस्तो महत्वपूर्ण वन सम्पदामा आगलागी हुन गएमा हाम्रो साझा अमूल्य सम्पत्ति रुख, बिरुवा, बन्यजन्तु पंक्षी लगायत जैविक विविधता तथा जनधन समेत नष्ट हुने भएकाले आगजनी हुन नदिन हामी सबैको कर्तब्य हुनेछ । यदि कोही कसैबाट बन सम्पदा नष्ट गर्ने अभिप्राय राखी आगजनी गरेमा वन ऐन २०७६ को दफा ५० (३) अनुसार क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
जाबुने सामुदायिक वन उपभोक्ता समूह, बल्ढेङगढी, पाल्पा