Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    १० घण्टा अगाडि

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»अनलाइनबाट नागरिता सिफारिसले नागरिकलाई सहज
    breaking news

    अनलाइनबाट नागरिता सिफारिसले नागरिकलाई सहज

    मिलापत्रमिलापत्र१० महिना अगाडि54 Views

    तम्घास(गुल्मी), असार ४ गते । गुल्मीमा वडाबाटै अनलाइन नागरिकता सिफारिस हुँदा सेवाग्राही र कर्मचारी दुवैलाई सहजता भएको छ । पहिले वडाले सिफारिस गरेको अनुसूची फारम बोकेर जिल्ला प्रशासन आउँदा कागजपत्र नपुगेर समस्या झेल्दै आएका सेवाग्राहीहरुले अव उक्त समस्या झेल्न नपर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लाका दुई वटा नगर र १० वटा गाउँपालिका गरी १२ स्थानीय तहका सबै वडाबाट अनलाइन नागरिकता सिफारिस हुने गरेको बताउनुभयो ।

    अहिले सिसिआइएमएस (केन्द्रीय नागरिकता ब्यवस्थापन प्रर्णली)मा आधारित अनलाइन नागरिकता सिफारिस हुने गरेको उहाँले बताउनुभयो । नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने सबै कागजपत्रहरु स्क्यान गरेर सफट्वेयरमार्फत पठाउँदा विश्वासिलो हुनुका साथै दीर्घकालीनसमेत हुने गरेको गैरेले बताउनुभयो । जसका कारण सेवाग्राहीहरुलाई कागजपत्र पुगेन भनेर फिर्ता हुनुपर्ने झन्झट नहुनुका साथै कर्मचारीहरुले पनि सबै कागजपत्र स्क्यान गर्नुपर्ने झन्झटबाट मुक्त भएको उहाँले बताउनुभयो । केही अपुग भएमा वडाले सफटवेयरमार्फत नै अपडेट गर्न सक्ने भएकाले सेवाग्राही फिर्ता हुनुपर्ने छैन ।

    पछिल्लो समयमा बढ्दो प्रविधिको उच्चत्तम प्रयोगका कारण सेवाग्राहीका साथै कर्मचारीहरुको पनि समय बचत हुनुका साथै सहज रुपमा सेवा प्रवाहमा थप टेवा पुग्ने उहाँले दाबी गर्नुभयो । यसले गर्दा कम कर्मचारीले पनि सहज रुपमा धेरै काम गर्न सक्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पहिले दैनिक ८० नागरिकता दिँदै आएकोमा अहिले १५० सम्म नागरिकता प्रदान गर्न सकिने अवस्थामा भएको गैरेले बताउनुभयो ।

    सफटवेयरमार्फत अनलाइन सिफारिस हुँदा अन्य समयमा पनि आवश्यक पर्ने कागजपत्र सुरक्षित रहनुका साथै बिचमा कसैले बदमासी गर्न नसक्ने गैरेले बताउनुभयो । वडाले सिफारिस गरेको अनलाइन कोडमार्फत सबै स्क्यान  डकुमेन्ट हुने हुँदा  नागरिकता प्रिन्ट गर्नमा समय नलाग्ने नागरिकता फाँटकी खरिदार लक्ष्मी बम्रेलले बताउनुभयो । जसले गर्दा आफूहरुको पनि समय बचत हुने र सेवाग्राहीहरुले पनि छिटो छरितो रुपमा सेवा पाउन सक्ने उहाँले बताउनुभयो ।

    पहिलेभन्दा अहिले नागरिकता प्राप्तिका लागि लामो समय लाइनमा बस्नुपर्ने अवस्था नरहेको सेवाग्राही अनिष पाण्डेले बताउनुभयो । अनलाइनबाट नागरिकता सिफारिस गर्दा आफूहरु पनि ढुक्क हुने गरेको चन्द्रकोट ८ तुराङका वडा सचिव लक्ष्मी अर्यालले बताउनुभयो । आफूहरुले गएको चैत महिनादेखि अनलाइन नागरिकता सिफारिस गर्दै आएको उहाँले बताउनुभयो ।

    गत हप्ता ३९१ जनाले नयाँ नागरिकता बनाउँदा २२३ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र २४, राहदानीका लागि आवेदन सङकलन तीन सय, राहदानी वितरण १४६, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ७९२, परिचयपत्र वितरण ५७६ र २३ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

    Related Posts

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    १० घण्टा अगाडि

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि742 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    breaking news १० घण्टा अगाडि

    काठमाडौँ,  वैशाख ७ गते । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म  काठमाडौँ जिल्ला अदालतमा दुई…

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    ५ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.