Author: मिलापत्र

बुटवल, असार २२ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आज रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित एक समारोहकाबिच ४ सय ५१ जना अव्यवस्थित वसोबासीलाई जग्गाको पुर्जा वितरण गर्नुभएको छ । उहाँले ९८ बर्षीय भानुभक्त उपाध्यायलाई जग्गाको पुर्जा दिदै जग्गाधनी पुर्जा वितरणको सुरुवात गर्नुभयो । कञ्चन ५ गरगरेमा आईतबार आयोजित कार्यक्रममा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्वासीलाई जग्गाको मालिक बनाउने प्रतिवद्धता अनुसार काम गरिररहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले मुलुकको समग्र समस्याको समाधान गर्ने संकल्प बोेकेको  बताउँदै त्यही समस्यामध्येको एक सुकुम्वासी समस्या समाधान गर्ने सरकारको प्रतिवद्धता रहेको उल्लेख गर्नुभयो । सरकारले सवै सुकुम्वासीलाई जग्गाको मालिक वनाउने…

Read More

तानसेन, असार २१ गते । पाल्पाको तिनाउ–५, चर्चरेनजिकै गएको पहिरो व्यवस्थापन नहुँदा सो क्षेत्रको सिद्धार्थ राजमार्ग जोखिममा परेको छ । डेढ वर्षअघिदेखि चर्चरेनजिकै डुम्रेखोलामा खसेको पहिरो व्यवस्थापनको काम नहुँदा सडक एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको छ । सिद्धार्थ राजमार्गको तल्लो भाग डुम्रेखोलादेखि खसेको पहिरो समयमै नियन्त्रण गर्न नसक्दा यस वर्षको बर्सातमा यात्रुले सास्ती बेहोर्नुपर्ने बाध्यता बनेको छ । खोलाको तल्लो भागदेखि खसेको पहिरो नियन्त्रणको काम यस वर्ष नहुँदा बर्सातमा सबै सडक खोलामा खस्ने भय उत्पन्न भएको छ । समयमै पहिरो नियन्त्रणको काम भएको भए सडक बच्ने अवस्था थियो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले काम नहुँदा यो वर्षको वर्षामा सडक खस्ने सम्भावना रहेको…

Read More

बुटवल, असार १९ गते । रुपन्देहीको तिलोत्तमामा रहेको दूरगामी बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा फसेको छ । बचतकर्ताको करोडौँ रकम अपचलन गरी अध्यक्ष, सचिव र व्यवस्थापक फरार भएका छन् भने सहकारीमा वडा कार्यालयको रोहवरमा सञ्चालक समितिका अन्य पदाधिकारी तथा सदस्यले तालाबन्दी गरेका छन् । सहकारी आर्थिक सङ्कटमा फसेपछि संस्थाका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुली मोबाइल स्विच अफ गरी फरार हुनुभएको छ भने सहकारीको कार्यालयमा उपाध्यक्षसहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यले निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालाबन्दी गरेका छन् । तिलोत्तमा–३, सिर्जना चोकमा रहेको उक्त सहकारी सङ्कटमा परेपछि ठुलो सङ्ख्यामा बचतकर्ताले बचत रकम फिर्ताको माग गर्दै…

Read More

बुटवल, असार १६  । उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति बुटवल उपमहानगरपालिकामा घरायसी विवादका मुद्दा धेरै दर्ता हुने गरेकामा अधिकांश मिलापत्रमै टुङ्गो लाग्ने गरेको छ । घरेलु हिंसा, जग्गाको किचलो, लेनदेन र घरायसी झगडा जस्ता मुद्दा न्यायिक समितिमा समाधानका लागि आउने गरेकोमा अधिकांश मिलापत्र गरेर टुङ्ग्याउने गरिएको हो । बुटवल उपमहानगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा ७२ वटा विवादका मुद्दा दर्ता भएका थिए भने २०८०/८१ मा १०८ वटा मुद्दा दर्ता भए । त्यसमध्ये ९० प्रतिशत बढी मुद्दा फस्र्योट भइसकेको छ । उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति अन्तर्गत १९ वटै वडामा मेलमिलाप केन्द्रको समेत व्यवस्था गरिएको छ । अधिकांश विवादका घटना वडामा रहेको मेलमिलाप केन्द्रबाटै मिलाउने प्रयास गरिएको छ ।…

Read More

कपिलवस्तु, असार १३  । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई आत्मनिर्भर बनाउन माछा पालनलाई प्रवर्द्धन गरिएको छ । नगरपालिकाले इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहकार्यमा १ करोड ६७ लाख रुपियाँको घुम्ते कोष स्थापना गर्दै माछा पालनका परियोजनाहरू सञ्चालनमा ल्याएको हो । नगरप्रमुख केशवकुमार श्रेष्ठले घुम्ती कोषबाट प्राप्त लगानीले समुदायमा आयआर्जन बढाउने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने गरी योजना बनाएको बताउनुभएको छ । तालहरूको निर्माण र संरक्षणसँगै खेतीका लागि सिँचाइमा सहयोग पुगेको स्थानीयहरूले बताएका छन् । “खडेरीका बेला खेत सिँचाइमा यी तालहरू उपयोगी छन् । साथै, वन्यजन्तु र भूमिगत जल व्यवस्थापनमा समेत टेवा पुगेको छ । तर समुदायसँग पर्याप्त लगानी भने छैन ।…

Read More

बुटवल, १३ असार । नेपालबाट जापान गएका धेरै युवाहरुमाझ लोकप्रिय सामाजिक ब्यक्तित्व रञ्जित महर्जनले एनआरएनए जापानको लागि राष्ट्रिय परिषद् अन्तर्गत युवा संयोजक पदमा उम्मेदवारीको घोषणा गरेका छन् । उनले प्रवासी भूमिमा रहेका नेपाली युवाहरूको हकहितमा काम गर्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् । एनआरएनए गुन्माकेनको लामो अनुभव र कोरोनाकालमा नेपालीलाई जुनसुकै समयमा पनि हरसम्भव सहयोग गरेकाले उनको जीत सुनिश्चित भएको एनआरएनए गुन्माकेन १९–२१ का सचिव राजकुमार कार्कीको भनाई छ । कोरोनाको समयमा नेपालबाट गुन्माकेनको मायाबासी आएका नयाँ बिद्यार्थीलाई खान बस्ने राम्रो प्रबन्ध मिलाएकाले उनको योगदानको राम्रो चर्चा एनआरएनए गुन्माका सल्लाहकार कृष्णबहादुर पाण्डे क्षत्रीले बताए । जापानको गुन्माकेन, तोचिगीकेनमा नेपाली फुटबल…

Read More

काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘म अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्नँ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु,’ प्रचण्डले भनेका छन् । साथै, रास्वपाका नेता कार्यकर्ताले पनि सो कुरा विस्तारै बुझ्दै जाने उनको भनाइ थियो ।

Read More

बुटवल, ९ असार । भूमि समस्या समाधान आयोगले बुटवल क्षेत्रका भूमिहीनलाई लालपुर्जा बितरणको तयारी थालेको छ । आयोगले रूपन्देही जिल्ला अन्तर्गत बुटवल उपमहानगरपालिकाको वार्ड नम्बर २, ४, १२, तथा १३ का अब्यवस्थित भूमिहीनलाई जग्गाको स्वामित्व दिलाउने गरी जग्गा नापजाँच काम अघि बढाएको छ । यसै अन्तरगत आईतारदेखि बडा नं. १२ को ढबाहमा जग्गा नावजाँचको काम सुरु गरिएको छ । भूमि समस्या समाधान आयोग रूपन्देहीका अध्यक्ष कुमार थापाको रोहवरमा ढवाहामा जग्गा नापजाँच सुरु गरिएको हो । उक्त अवसरमा धारणा राख्दै थापाले वर्षौदेखि भूमिको स्वामित्व नपाएका नागरिकले अब छिटै स्वामित्व ग्रहण गर्ने विश्वास ब्यक्त गर्नुभयो । भूमि समस्या समाधान गर्न आफूले सक्दो…

Read More

बुटवल, ८ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्णरूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ । आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो । “निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा सडकमा यातायात सञ्चालन…

Read More

मनसुन प्रणाली देशभर फैलियो गोरखापत्र अनलाइन शेयर गर्नुहोस:  बुटवल, ६ असार । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो । मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताउनुभयो । “हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग…

Read More