Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»सहकारीमा पच्चीस करेाड अपचलन
    breaking news

    सहकारीमा पच्चीस करेाड अपचलन

    मिलापत्रमिलापत्र११ महिना अगाडि10 Views

    बुटवल, असार १९ गते । रुपन्देहीको तिलोत्तमामा रहेको दूरगामी बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा फसेको छ । बचतकर्ताको करोडौँ रकम अपचलन गरी अध्यक्ष, सचिव र व्यवस्थापक फरार भएका छन् भने सहकारीमा वडा कार्यालयको रोहवरमा सञ्चालक समितिका अन्य पदाधिकारी तथा सदस्यले तालाबन्दी गरेका छन् ।

    सहकारी आर्थिक सङ्कटमा फसेपछि संस्थाका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुली मोबाइल स्विच अफ गरी फरार हुनुभएको छ भने सहकारीको कार्यालयमा उपाध्यक्षसहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यले निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालाबन्दी गरेका छन् ।

    तिलोत्तमा–३, सिर्जना चोकमा रहेको उक्त सहकारी सङ्कटमा परेपछि ठुलो सङ्ख्यामा बचतकर्ताले बचत रकम फिर्ताको माग गर्दै निवेदन दिएका छन् । संस्थामा करिब २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशङ्का गरिएको छ ।

    सोमबार संस्थामा भएको बैठकमा अनियमितताबारे छानबिन गर्न छानबिन समिति बनाउने र उक्त छानबिन समितिलाई सघाउन स्वतन्त्र लेखा परीक्षण गर्ने निर्णय भएको थियो । संस्थाका कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले त्यसपछि  मङ्गलबार बसेको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिँडेपछि माहोल बिग्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक रूपमा हेर्दा १०–१२ करोड अपचलन भएको देखिन्छ, तर कतिपय फाइल र ऋण प्रवाह भएका कागजपत्र कमजोर देखिएकाले अपचलन भएको रकम बढ्न सक्छ ।”

    माइन्युट च्यातेर अध्यक्ष, सचिव र व्यवस्थापक हिँडेपछि बाँकी रहेका पदाधिकारीले सहकारीमा तालाबन्दी गर्ने निर्णय गरेका थिए । गत सोमबार संस्थाका अध्यक्ष र सचिवले जग्गा धितो राखेर अपचलन भएको रकम मिलाउने गरी माइन्युट गरेकोमा उक्त माइन्युट नै लगेर फरार भएपछि अन्य पदाधिकारी तथा सदस्यले संस्थामा थप आर्थिक हिनामिना रोक्न भन्दै मङ्गलबार तालाबन्दीको निर्णय गरेका थिए ।

    उनीहरूले सहकारीमा सुरक्षाको माग गर्दै प्रहरी कार्यालय ड्राइभरटोलमा निवेदन दिएपछि ड्राइभरटोलको प्रहरी टोली पनि सहकारीमा गई मुचुल्का गरेको थियो ।

    ड्राइभरटोल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जीवन खड्काले सहकारी संस्थाबाट सुरक्षाको माग गर्दै निवेदन आएकाले स्थलगत निरीक्षण गरी मुचुल्का उठाउने काम गरिएको र आवश्यक वस्तुस्थिति बुझ्दा सहकारी संस्थाको ठुलो रकम अपचलन भएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवस्थापकले मात्रै पनि पाँच/सात करोड लगेको भन्ने कुरा आएको छ, यो सबै डिभिजन सहकारी कार्यालयले हेर्ला, बचतकर्ताको ठुलो रकम हिनामिना भएको देखिन्छ ।”

    सहकारीबाट पाँच लाख रुपियाँ ऋण लगेका व्यक्तिको ८५ लाखको कागजमा ल्याप्चे लगाइएको छ भने १२/१३ लाख बराबरको धितोमा ९५ लाख रुपियाँ ऋण प्रवाह गरेको समेत देखिएको छ ।

    त्यस्तै सेयर सदस्य नै नभएका व्यक्तिको जग्गा धितो राखेर लाखौँ रकम कर्जा प्रवाह गरेको समेत भेटिएको छ । उक्त सहकारीको कुल पुँजी ३८ करोड रुपियाँ छ । तिलोत्तमा नगरपालिका–३ का वडाध्यक्ष कल्याण पौडेलले सहकारीबाट २२ देखि २५ करोड रुपियाँ बचत अपचलन भएको देखिएको बताउनुभयो । उहाँले अध्यक्ष, सचिव र व्यवस्थापक भागेपछि बाँकी सञ्चालक समिति र वडा कार्यालयकै रोहवरमा थप हिनामिना हुन नदिन संस्था सिल गरिएको जानकारी दिनुभयो ।

    सहकारीमा करिब एक हजार नौ सयको हाराहारीमा सेयर सदस्य रहेका छन् । यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुलीलाई सम्पर्क गर्र्ने प्रयास गरिएकोमा फोन स्विच अफ भएकाले सम्पर्क हुन सकेन ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.