Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»न्यायिक समितिमा धेरै घरायसी मुद्दा
    breaking news

    न्यायिक समितिमा धेरै घरायसी मुद्दा

    मिलापत्रमिलापत्र११ महिना अगाडि7 Views

    बुटवल, असार १६  । उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति बुटवल उपमहानगरपालिकामा घरायसी विवादका मुद्दा धेरै दर्ता हुने गरेकामा अधिकांश मिलापत्रमै टुङ्गो लाग्ने गरेको छ । घरेलु हिंसा, जग्गाको किचलो, लेनदेन र घरायसी झगडा जस्ता मुद्दा न्यायिक समितिमा समाधानका लागि आउने गरेकोमा अधिकांश मिलापत्र गरेर टुङ्ग्याउने गरिएको हो ।

    बुटवल उपमहानगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा ७२ वटा विवादका मुद्दा दर्ता भएका थिए भने २०८०/८१ मा १०८ वटा मुद्दा दर्ता भए । त्यसमध्ये ९० प्रतिशत बढी मुद्दा फस्र्योट भइसकेको छ । उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति अन्तर्गत १९ वटै वडामा मेलमिलाप केन्द्रको समेत व्यवस्था गरिएको छ । अधिकांश विवादका घटना वडामा रहेको मेलमिलाप केन्द्रबाटै मिलाउने प्रयास गरिएको छ । त्यहाँ नमिलेका मुद्दा मात्रै उपमहानगरमा आउने गरेका छन् ।

    बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालले मेलमिलाप केन्द्रलाई प्रभावकारी बनाइएका कारण अधिकांश किचलो र विवादका कुरा वडाबाटै मिलापत्र हुने गरेको बताउनुभयो ।

    उहाँले वडामा समाधान नभएका मुद्दा मात्रै उपमहानगरको न्यायिक समितिमा आउने गरेको र त्यसमध्ये धेरै मुद्दा समाधान गरी पठाउने गरेको बताउनुभयो ।  आव २०८१/८२ मा कुल ७० वटा विवादका मुद्दा न्यायिक समितिमा दर्ता भएका थिए । जसमा जग्गा विवादको २६, लेनदेन र घरायसी झगडाका १० तथा जालसाजीका १२ वटा मुद्दा आएका थिए । उपप्रमख अर्यालले तीमध्ये अधिकांश विवादका मुद्दा आपसी सहमतिमा टुङ्गो लगाएर पठाउने गरिएको बताउनुभयो । उहाँले न्यायिक समितिमा समाधान नभएका मुद्दा मात्रै अदालत पठाउने गरिएको जानकारी दिनुभयो ।

    उपप्रमुख अर्यालले न्यायिक समितिको भूमिका प्रभावकारी बनाउन मुद्दा फस्र्योटलाई पनि प्रभावकारी बनाएको बताउनुभयो । बुटवल वडा नं. १५ मेलमिलाप केन्द्र सदस्य राधा बन्जाडेले वडामा विशेष गरी घरेलु हिंसा, जग्गा लेनदेन, लेनदेन र घरायसी तथा पारिवारिक झगडाका मुद्दा धेरै आउने गरेको बताउनुभयो । तीमध्ये अधिकांश वडाबाटै मिलापत्र भई समाधान हुने गरेको छ भने वडामा समाधान नभएका विवादका मुद्दा मात्र न्यायिक समितिमा पठाउने गरिएको छ ।

    नेपालको संविधानको धारा २१७ अन्तर्गत स्थानीय तहमा न्यायिक समिति गठन गर्ने व्यवस्था छ । न्यायिक समितिको नेतृत्व उपप्रमुखले गर्ने व्यवस्था छ । आगामी दिनमा न्यायिक समिति र मेलमिलाप केन्द्रलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, वडास्तरमा मेलमिलाम केन्द्रका संयोजकलाई कानुनी तालिम दिनेलगायतका कार्यक्रम गरेर पालिकाबाटै न्याय पाउन सकिन्छ भन्ने विश्वास बढाउने बुटवल उपमहानगर न्यायिक समितिको भनाइ छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.