Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»माछापालनलाई ब्यवस्थित गरिदै
    breaking news

    माछापालनलाई ब्यवस्थित गरिदै

    मिलापत्रमिलापत्र११ महिना अगाडि0 Views

    कपिलवस्तु, असार १३  । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई आत्मनिर्भर बनाउन माछा पालनलाई प्रवर्द्धन गरिएको छ ।

    नगरपालिकाले इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहकार्यमा १ करोड ६७ लाख रुपियाँको घुम्ते कोष स्थापना गर्दै माछा पालनका परियोजनाहरू सञ्चालनमा ल्याएको हो । नगरप्रमुख केशवकुमार श्रेष्ठले घुम्ती कोषबाट प्राप्त लगानीले समुदायमा आयआर्जन बढाउने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने गरी योजना बनाएको बताउनुभएको छ ।

    तालहरूको निर्माण र संरक्षणसँगै खेतीका लागि सिँचाइमा सहयोग पुगेको स्थानीयहरूले बताएका छन् । “खडेरीका बेला खेत सिँचाइमा यी तालहरू उपयोगी छन् । साथै, वन्यजन्तु र भूमिगत जल व्यवस्थापनमा समेत टेवा पुगेको छ । तर समुदायसँग पर्याप्त लगानी भने छैन । तालमा पानीको स्रोतको लागी बोरिङको समेत अभाव छ ।” जिसस कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनुभयो। तर माछा पालनलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने दाना खरिदका लागि स्रोत अभाव हुँदा उत्पादनमा असर परेको जनाइएको छ ।

    वडा नम्बर ९ मा रहेको हरियाली सामुदायिक वनअन्तर्गतको १३.२ हेक्टर क्षेत्रफलको बृजा तालमा ४९ लाख रुपियाँभन्दा बढी खर्च गरेर माछा पालन सुरु गरिएको छ । “तालमा पक्की संरचना बनायौँ, भुरा र दाना समुदायको सहभागितामा किन्यौँ । तर पर्याप्त लगानी गर्न अझै चुनौती छ । घुम्ते कोषमा ३१ लाख रकम फिर्ता गरेका छौं,” अध्यक्ष मीना थारुले बताउनुभयो ।

    यसैगरी, तिनघेरवा सामुदायिक वनले ३.३ हेक्टर क्षेत्रफलको तिनघेरवा ताल निर्माणमा ३६ लाख रुपियाँ खर्च गरेको छ । समुदायबाट केही रकम सङ्कलन गरी गरी दाना, भुरा र हेरालुको व्यवस्थापन गरिएको छ ।

    त्यस्तै, टोल बासीको अगुवाइमा वडा नम्बर ४ स्थित बुड्डी तालमा ३० लाख र वडा नम्बर ९ को मैटहवा तालमा १६ लाख रुपैयाँको लगानी गरिएको कार्यक्रम संयोजक सुनीता टण्डनले जानकारी दिनुभयो।

    माछा पालनलाई थप प्रभावकारी बनाउन आवश्यक दाना खरिदका लागि स्रोत अभाव हुँदा उत्पादनमा असर परेको जनाइएको छ । द च्यारिटेबल फाउन्डेसन अस्ट्रेलियाबाट प्राप्त रकम पालिकाको समन्वयमा ५ वर्षभित्र फिर्ता गर्ने शर्तमा लगानी गरिएको थियो । यही कोषबाट दुई वर्षअघि मैटहवा तालमा लगानी गरिएको हो । कोषमार्फत हालसम्म ११ सय घरधुरी लाभान्वित भएको संस्थाको अध्यक्ष शकुन्तला भुसालले बताउनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.